|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
४३ जातिका १५ सय विद्यार्थीहरुको छात्रवृत्तिकोलागी
आवेदन, राउटे र कुसुण्डाको एक एक![]() आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको कार्यलय Photos: Jayanti काठमाण्डौ, 26 Jan, 2009- छात्रवृत्तिकोलागी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा यस वर्ष करिव १५ सय विद्यार्थीहरुले आवेदन दिएका छन्। उच्च शिक्षा अन्तर्ग सरकारी क्याम्पसमा अध्यान गर्ने आदिवासी जनजाति विद्याथीहरुकोलागी प्रतिष्ठानले प्रत्यक वर्ष छात्रवृत्ति उपलब्ध गराउदै आएको छ। करिब ३५ जिल्लाबाट ४३ जातिका विद्यार्थीहरुले आवेदन दिएको शाखा अधिकृत सरिना गुरुङले जानकारी दिन भयो। उहाको अनुसार ३५ लाख वजेटबाट करिब तीन सय २३ जना विद्यार्थीले आठ हजारदेखि १३ हजारसम्म छात्रावृत्ति पाउने छन्। प्रमानपत्र, स्नातक, स्नातकोत्तर, पीएचडी लगायत प्राविधिकतर्फ तालिम तथा अध्ययन गर्ने विद्यार्थीहरुलाइ छात्रवृत्ति उपलब्ध गराइने छ। आवेदन दिने विद्यार्थीहरुमा धेरैजसो मगर, तामाङ, राई, लिम्बु, गुरुङ छन्। लोपोउन्म्ख जाति राउटे, कुसुण्डाको एक एक वटा आवेदन आएको छ भने वनकरिया र कुसवाधियाको आएको छैन। आवेदन बुझाउन दिइएको ३५ दिन समय गत हप्ता समात्त भएको छ। भक्त प्र. कलेजमा अध्ययनरत धनकुटाका नेत्रहीन भोज लिम्ब् छात्रवृत्ति पाउनेमा आशावादी छन् त्यस्तै उनी जस्तै नेत्रहीन सरगम संगित पाठशालामा अध्ययारत सखुवासभाका छत्रवहादुर तामाड र पशुपति वहुमुखी क्याम्पसमा अध्ययनरत काभ्रेपलान्चोकका सन्जिव तामाड पनि आशावादी छन्। |
|
![]() छात्रवृत्तिकोलागी आवेदन दिन आएका नेत्रहिन विद्यार्थीहरु रामश्वरुप रामसागर वहुमुखी क्याम्पस जनकफरमा अध्ययरत प्रोमोद कुमार मण्डल धानुकको आवेदन बुझाउन काठमाण्डौ आउनु पर्नेमा भने गुनासो छ। आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको शाखा कार्यलय अन्य जिल्लामा नभएको कारण आवेदन फारम हुलाकबाट पठाउनुपर्छ नभए काठमाण्डौनै आउनुपर्ने बाध्यता छ। धानुक भन्छन् 'जिल्लामा शाखा भईदिए सबै आदिवासी जनजाति विद्यार्थीहरुको पहुज हुने थियो।' ![]() छात्रवृत्तिकोलागी आवेदन दिदै विद्यार्थीहरु Photos: Jayanti गत वर्ष छात्रावृत्ति पाउने पाटन क्याम्पसमा अध्ययनरत इलामका वुद्धिकाजी लेप्चाको यस वर्ष पनि पाउनृपर्ने धारणा छ। तर अमृत साइन्स् क्याम्पसमा अध्ययनरत खोटाडका प्रताप राई भने छनोट प्रकि्रयामा सङ्का गर्छन्- 'छात्रावृत्ति पाउनकोलागी ब्याकफोस्र चाहिन्छ भन्छन् आफनो त चिनेको मान्छे छैन, पाएपनि नपाएपनि फर्मचाहि बुझाएको छु।' शाखा अधिकृत सरिना गुरुङले जातिको संख्याको आधार, लोपोउन्म्खलाई प्राथमिकता लगाएतमा आधारित रहेर छनोट गरिने बताउनु भयो। सरकारी संयन्त्र अन्तर्गत २०५४ सालमा आदिवासी जनजाति समितिको नाममा स्थापना भई २०५८ सालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानमा नामकरण गरी आदिवासी जनजातिको भाषा, सस्कृति, शिक्षा लगायत विभिन्न क्षेत्रमा प्रतिष्ठानले काम गर्दै आएको छ। आर्थिक वर्ष २०६५/६६ को लागि प्रतिष्ठानलाई ६ करोड एक लाख बजेट आएको छ। गत वर्षको तुलनामा यो बजेट ७१ लाख बढि हो। -Jayanti Chamling Rai in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||