|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'देशको अर्थतन्त्रभित्र ४० प्रतिशत कालो धन छ' काठमाण्डौ, 28 Jan, 09- एकजना उच्च सरकारी अधिकारीले मुलुकमा कालो धन जम्मा गर्नेहरुको संख्या उल्लेख्य रहेको सार्वजनिक खुलाशा गरेका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अर्थसचिव रामेश्वर खनालले देशको अर्थतन्त्रमा ४० प्रतिशत कालो धन रहेको खुलाशा गरेका हुन् । हिजो चप्पल लगाएर हिड्नेहरु आजकल रहस्यमय ढंगले कार चढेर हिड्नेमा बदलिएका छन् । गाउँमा राम्रो घर नहुनेहरु शहरमा छिरेको १० बर्ष पुग्दा नपुग्दै आलिशान बंगलाको मालिक भएका छन् । के उनीहरुले सेता धन कमाएर रातारात यस्तो हैसियत प्राप्त गरेका होलान् ? 'देशको अर्थतन्त्रभित्र ४० प्रतिशत कालो धन छ' खनालले खुलाशा गरे- 'करको दायरामा नआउने कसैलाई छाडिनेछैन, यसरी कालोधन राख्ने तर कर नतिर्नेहरुलाई छापा मारेर जेलमा हालिनेछ ।' कालो धन राख्नेहरु अदृश्य रहेको र तिनलाई खोजी खोजी कारबाही गर्न सरकार लागिसकेको बताए । करको दायरामा आउन माघ महिनाभित्र स्वयंम कर घोषणाका लागि अवसर दिइएको बताउँदै उनले स्वयंकर घोषणा नगरी कालो धन लुकाउनेहरुलाई कुनै छूट नदिने बताए । स्वयं कर घोषणा गर्नुपर्ने उद्योगी व्यवसायीहरुले केही विषयमा व्यक्त गरेको असन्तुष्टिमा बसेर छलफल गर्न तयार रहेको बताउँदै उनले कर नतिर्ने विद्यालयले प्रवेशिका परीक्षा एलएलसीमा सहभागी हुन नपाउने बताए । उनले भने- 'पांच प्रतिशत कर नतिर्ने विद्यालयबाट विद्यार्थीहरु एसएलसीमा सहभागी हुन पाउनेछैनन् ।' निजी बिद्यालयका मालिकहरुले भने यसको विरोध गर्दै आएका छन् । अन्तराष्ट्रिय बजारमा विगतको तुलनामा अत्यावश्यक वस्तुहरुको आधा मूल्य घट्दा पनि देशभित्र नघटेकाले सरकार कडा कदम चाल्ने अवस्थामा पुगेको चेतावनीपनि उनले दिएका छन् । खाने तेल, चामलको मूल्यमा विश्वभर व्यापक गिरावट आउँदा पनि नेपालमा नघटेको बताउदै उनले भने- 'तेल, चामल जस्ता अत्यावश्यक वस्तुको मूल्य नघटाएर सिन्डिकेट लागू गर्न खोजिएको छ, सरकार त्यस्ता व्यापारीविरुद्ध कडा रुपमा प्रस्तुत हुनेछ ।' सो कार्यक्रममा उद्योगी दिवाकर गोल्छापनि थिए । उनी नेपाली कांग्रेसको तर्फबाट संविधान सभाका सदस्यसमेत हुन् । उनीतिर तिर देखाउँदै अर्थसचिवले प्रश्न गरे-'यातायातमा चािहं सिन्डिकेट लागू गर्न हुन्न भन्नुहुन्छ तर व्यापारमा चािहं सिन्डिकेट लागू गर्न मिल्छ ?' सिण्डिकेट जारी राखेर व्यापारीहरुले मूल्यबृद्धिलाई कायमै राखेको अर्थसचिव खनालको आरोप थियो । देशले उच्च दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएपनि अवरोध आएको बताउँदै उनले ऊर्जा संकट र लगनशीलताको कमी ठूलो चुनौती बनेको उल्लेख गरे । 'यही रफ्तारमा जाने हो भने उच्च आर्थिक बृद्धिको उद्येश्य पूरा हुनसक्दैन' खनालले भने- 'वैदेशिक लगानीप्रति विश्वास नगर्ने परिपाठीले समस्या आएको' उनको भनाई थियो- 'वैदेशिक लगानीप्रति नकारात्मक सोच राख्न छाड्ने परम्परा त्याग्नुपर्छ।' |
|
|
कुनैपनि वाद र आग्रह पूर्वाग्रहभन्दा माथि उठेर विदेशी लगानीबाट ऊर्जा संकट अन्त्य गर्ने उपायमा लाग्नुपर्ने बताउँदै हप्तामा १० अर्ब नेपाली रुपियांको विदेशी मुद्रा संचिति हुँदै आएको दावीपनि उनले गरेका छन् । वैदेशिक रोजगारीबाट आउने रेमिटेन्समा पनि सकारात्मक अवस्था रहेको स्पष्ट पार्दै उनले ६२ अर्ब विदेशी सहयोग ल्याउन सकिने दाबी गरे । देशभित्र गरिने विकासको योजना अनुसार वैदेशिक रकम ल्याउन सकिने उनको कथन छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||