नेपालमा ४० प्रतिशत वन सुरक्षा गर्नुपर्ने कानून
बनाइने
सुर्खेत, 6 Feb, 09- वन तथा भू-संरक्षण मन्त्री किरण गुरुङले हरियो वन
नेपालको धन भन्ने भनाई नारामा मात्रै सीमित हुन थालेकोले अब सबै जना वन
संरक्षणमा लाग्नुपर्नेमा
जोड दिनुभएको छ ।
सुदूरपश्चिममा वन अतिक्रमणको अवस्थाप्रति चिन्ता व्यक्त गदै उहाँले
संरक्षणका लागि नयाँ र बिशेष प्याकेज नै बनाउनु पर्ने औल्याउनु भएको छ ।
सुदूरपश्चिममाअञ्चल क्षेत्रीय वन निर्देशननालयले गरेको क्षेत्रीय बाषिर्क
योजना तर्जुमा गोष्ठीको विहिबार समापन गर्दै वन मन्त्री गुरुङले यस्तो
औल्याउनु भएको हो ।
वन संरक्षण गर्ने बिषय स्थानीय तहमा मात्रै बहस चलाएर मात्रै नहुने भन्दै
उहाँले अव संबिधानमा नै नेपालमा ४० प्रतिशत वन सुरक्षा गर्नुपर्ने कानून
बनाउन लागेको जानकारी दिनुभयो ।