काठमाण्डु उपत्यकाकै ललितपुरका ३ गाविसमा अझै मोटर
बाटो पुगेको छैन
काठमाण्डौं, December 8, 2008- सुन्दा अचम्म लाग्छ तर कुरा साँचो हो
राजधानीसमेत रहेको काठमाण्डु उपत्यकाकै ललितपुर जिल्लाका ३ वटा गाविसमा अझै
मोटरबाटो पुगेको छैन ।
दक्षिणी ललितपुरका आश्राङ्ग, गिम्दी र ठुला दुर्लुङ्ग गाविसलाई अझै मोटर
बाटोले छोएको छैन।
मोटर बाटोको अभावमा ती गाविसका करिव ६ हजार जनताले नागरिकता बनाउन र जग्गा
पास गर्न अझै पनि ६ घण्टाको पैदल र ५ घण्टाको मोटर यात्रा गर्नुपर्छ ।
त्यति मात्रै होइन ललितपुरका अरु आधा दर्जन गाविसमा कच्चिसडक पुगेपनि
नियमित मोटर चल्दैनन् र वर्षाको बेला धेरै नागरिकले हिँडेरै सदरमुकाम
धाउनुपर्छ ।
ललितपुर जिल्लामै संयुक्त राष्ट्र संघको अत्याधुनिक भवन रहेको छ भने
स्थानीय विकास मन्त्रालय पनि ललितपुरमै छ । देश चलाउने मन्त्रीहरुको निवास
पनि ललितपुरमै छ ।
तर दक्षिणी ललितपुरका डेढ दर्जन गाविस पुग्दा अझैपनि कर्णालीको कुनै गाउँ
घुमेजस्तो लाग्ने गरेको बुखेल गाविस सचिव युवराज भण्डारीले दुखेसो गर्नुभयो
।