Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भगवान रामको ससुराली क्षेत्रका तीन "राम" हरु राष्ट्रपतिमा
उपराष्ट्रपतिमा कांग्रेस-एमाले ले चुनावमा पराजित व्यक्तिलाई उठाए

काठमाडौं,  July 18, 2008- नयाँ नेपाल बैदिक कालमा कल्पना गरिएजस्तो 'रामराज्य' होला नहोला । तर नयाँ नेपालको पहिलो राष्ट्रपति बन्न प्रतिस्पर्धामा उत्रिएका तीनमध्ये जसले जितेपछि 'राम' नाम गरेका नेता नै राष्ट्रपति हुने भएका छन् । र उनीहरु तीनै जना भगवान रामको ससुराली क्षेत्र जनकपुर वरिपरिका हुन् ।

माओवादीले उठाएका उम्मेदवार रामराजाप्रसाद सिंह छन् भने नेपाली कांग्रेसले रामबरण यादवलाई उठाएको छ । एमालेले रामप्रित पासवानलाई उठाएको छ । माओवादी उम्मेदवारको नामले "राजा भएका अयोध्याका रामका प्रसाद" भन्ने अर्थ लाग्छ भने कांग्रेस उम्मेदवार रामबरणको अर्थ हुन्छ "भगवान रामलाई आफूले लिएको अर्थात् बरण" गरेको व्यक्ति । रामप्रितको अर्थ हुन्छ "रामलाई मन पराउने" व्यक्ति ।

अब हेर्नुछ रामको प्रसादको बिजय हुन्छ वा रामलाई बरण गर्ने व्यक्तिको अथवा रामलाई मन पराउने व्यक्तिको ? संयोगपनि कस्तो परेको छ भने तीनै व्यक्ति रामको ससुराली जनकपुर वरिपरिका हुन् । बरिष्ठ गणतन्त्रबादी नेता सिंह सप्तरीका हुन् भने कांग्रेसका यादव धनुषाका । यसैगरी एमालेका पासवानपनि सप्तरीकै हुन् ।

उता उपराष्ट्रपतिमा भने कांग्रेस-एमाले दुबैले संविधान सभा चुनावमा पराजित व्यक्तिलाई उठाएका छन् । कांग्रेस उम्मेदवार मानबहादुर विश्वकर्मा संविधान सभा चुनावमा अर्घाखाँची- १ मा माओवादी उम्मेदवार टोपबहादुर रायमाझीसँग पराजित भएका थिए । एमालेकी अष्टलक्ष्मी शाक्य काठमाडौं- ८ मा कांग्रेसका नबिन्द्रराज जोशीसँग पराजित भएकी थिइन् । विश्वकर्मा अहिलेपनि विज्ञान तथा प्रविधिमन्त्री छन् भने शाक्य एमाले केन्द्रीय सदस्य हुन् ।

माओवादीले भने उपराष्ट्रपतिमा संघर्षको लामो इतिहास भएकी महिला नेतृ शान्ता श्रेष्ठलाई उठाएको छ । श्रेष्ठ शाहना प्रधान, मंगलादेबी सिंहहरुको समकालिन महिला नेतृ हुन् । उनी २००४ सालमा काठमाडौंमा भएको राणाविरोधी प्रदर्शनकी नेतृत्वकर्ता थिइन् । उनी अन्तरिम व्यवस्थापिकामा माओवादीको तर्फबाट मनोनितपनि भएकी थिइन् ।

फोरम उम्मेदवार परमानन्द झा भने सर्बोच्च अदालतका पूर्व न्यायाधिस हुन् ।

-Sitaram Baral in Kathmandu





   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®