|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आ-आफ्नै गोरुको बाह्रै टक्का ! काठमाडौं, July 17, 2008- नेपालको प्रथम राष्ट्रपति कसलाई बनाउने भन्ने बारे बहस र विवाद जारी छ । माधव नेपाललाई राष्ट्रपति बनाउन एमालेले माओवादीको समर्थन खोजेपनि नेपालको बिकल्पमा नयाँ र समावेशी व्यक्ति खोज्न एमालेसँग आग्रह गरिएको माओवादीका केन्द्रीय सदस्य डेपुटी कमाण्डर चन्द्रप्रसाद खनाल 'बलदेव' ले बताएका छन् । आफ्नो दलले राष्ट्रपतिमा कसलाई समर्थन गर्नेबारे कुनै टुंगो नलगाएको बताउँदै उनले माधव नेपाललको नाममा एमालेले अडान नछाडेपछि समस्या पैदा भएको दावी गरेका छन् । 'कि त हामी पछि हट्नुपर्ने कि त एमाले पछि हट्नुपर्ने अवस्था आएको छ' राष्ट्रपति कसलाई बनाउने भन्ने बारेमा भएको अन्तकृया कार्यक्रममा माओवादीको तर्फबाट भाग िलंदै भने- 'तैपनि सहमतिका लागि अन्तिम समयसम्म प्रयास जारी रहनेछ ।' उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राष्ट्रपति बन्ने सम्भावनापनि समाप्त भइनसकेको बताए । 'हामी गणितीय भन्दा सहमतीय प्रणालीका पक्षमा छौं' बलदेबको भनाई थियो- 'तैपनि हाम्रो प्राथमिकताको नाम भनेको रामराजाप्रसाद सिंह हुनुहुन्छ।' नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने सहमतिका आधारमा राष्ट्रपति चयन हुने भएमात्र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम अघि सार्ने बताएका छन् । सहमतिको आधारमा राष्ट्रपति चयन प्रकृयामा नगए गम्भीर संकट आउनसक्ने बताउँदै डा. महतले भने- 'सहमतिको राजनीतिलाई पाखा लगाएर गणतीय खेलमा गए दुर्भाग्य हुनेछ ।' ठूलो दलका रुपमा माओवादीले सरकारको नेतृत्व गर्नेभएपछि दोस्रो रोजाई नेपाली कांग्रेसको रहेको भनाई उनलेपनि दोहोर्याए । नेकपा एमालेका केन्द्रीय सदस्य रामचन्द्र झालेपनि माधवकुमार नेपालबाहेक अन्यलाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा नरहेको बताए । 'माओवादी हामीसंग सत्ता साझेदारी गर्न चाहन्छ भने माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गरोस्' एमाले संसदीय दलको सचेतक रहेका झाले भने- 'अन्य विकल्प देऊ भन्छ भने अरु दलसँग साझेदारीमा जाओस् ।' उनले राष्ट्रपतिकालागि माधव नेपालबाहेक अरु नाम अघि नसार्ने र छलफल नगर्नेपनि बताए । माओवादीसंग राष्ट्रपतिमा मात्र नभई प्याकेजमै सहमति बनाइनेपनि बताए । सदभावना पार्टीका महामन्त्री अनिलकुमार झाले नेपालको पहिलो राष्ट्रपति मधेशवादीनै राष्ट्रपति हुनुपर्ने बताए । आफ्नो पार्टीपनि रामराजाप्रसाद सिंहको पक्षमा रहेको बताउँदै झाले भने- 'भरसक मधेशवादीलाई राष्ट्रपति बनाउनुपर्छ हैन भने रामराजाप्रसाद सिंह स्वीकार्य हुनसक्छ ।' एउटा दललाई मात्र साथ लिएर अन्य दललाई बेवास्ता गरिए गम्भीर परिणाम देशले भोग्नुपर्ने चेतावनीपनि उनले दिए । कार्यक्रममा मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य वीपी यादवले आफूहरुले रामराजाप्रसादलाई राष्ट्रपतिमा समर्थन गर्ने बताउँदै मधेशीनै राष्ट्रपति हुनुपर्ने दाबी माओवादी रामराजाप्रसाद सिंहको नामबाट पछि हटेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । उनले मधेशीलाई खेलौंना बनाउने परम्पराको अन्त भएको घोषणा गर्न रामराजालाई राष्ट्रपति बनाउनुपर्ने बताए । एमाले संघीयताको विरोधी भएकाले ऊसंग सहकार्यको सम्भावना नरहेको बताउँदै फोरम नेता यादवले भने-'हामीलाई माधव नेपाल या एमालेको कुनै उम्मेदवार स्वीकार्य हुनेछैन ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||