
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
पूर्व राजाहरुका नामका तीन नगरपालिकाहरुको नाम
परिवर्तन
अहिलेको नेपाल बनाउने राजाको नाम अर्घेलो
काठमाण्डौं, November 5, 2008-
सरकारले पूर्व राजाहरुका नाममा रहेका तीन नगरपालिकाको नाम परिवर्तन
गरेको छ ।
मन्त्री परिषदको कार्तिक २० गते बसेको वैठकले पृथ्वीनारायण नगरपालिकालाई
गोर्खा नगरपालिका, त्रिभुवन नगरपालिकालाई घोराही नगरपालिका र महेन्द्रनगर
नगरपालिकालाई भीमदत्त नगरपालिका बनाउने निर्णय गरेको सरकारका प्रवत्तासमेत
रहेका सूचना तथा सन्चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिए।
यसै बिच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले राजनीतिक
नियुक्त तथा प्रहरीमा बढुवासमेत गरेको छ । वैठकले नेपाल वायुसेवा निगमको
महाप्रबन्धक सुगतरत्न कंसाकार तथा नेपाल विद्युत प्राधिकरणको कार्यकारी
निर्देशक उत्तमकुमार श्रेष्ठलाई बनाउने निर्णय गरेको छ । राष्ट्रिय योजना
आयोगको रिक्त सदस्यमा प्रेम कुँवर, सुनीलबाबु श्रेष्ठ, रामदेव सिंह,
योगेन्द्रप्रसाद यादव, राममणि पोखरेल र अयोदमी यमीलाई नियुक्त गरेको छ ।
नेपाल प्रहरीका एएसएसपीद्धय पार्वती थापा र विमला थापालाई डिआईजीमा बढुवा
गरिएको छ ।
वैठकमा सेना समायोजन विशेष समितिको कार्यविधि तथा काँग्रेसलाई समितिमा
ल्याउने विषयमा पनि छलफल भएको महराले बताए ।
-Santa Bagam in Kathmandu
|
|