|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर र तीन उपप्रधानमन्त्रीहरुको
व्यवस्था हुने काठमाण्डौ, 22 Feb, 09- निकट भविष्यमै माओवादी नेतृत्वको सरकारका मन्त्रीहरुको जिम्मेवारीमा केही हेरफेर हुने भएको छ । शनिवार बसेको माओवादी सचिवालयको बैठकले नेताहरुको जिम्मेवारीमा हेरफेर गरेपछि सरकारमापनि हेरफेर हुने भएको हो । माओवादी सचिवालयको बैठकले संविधान सभा दलको उपनेतामा नारायणकाजी श्रेष्ठ 'प्रकास' लाई ल्याउने निर्णय गरेको छ । सोही जिम्मेवारीमा अर्थमन्त्री डा. बाबुराम भट्टराई छन् । अब भट्टराईलाई उपप्रधानमन्त्री बनाइनेछ । डा. भट्टराई उपप्रधानमन्त्री भएमा अर्का उपप्रधानमन्त्रीको व्यवस्था गर्ने बाध्यतापनि प्रधानमन्त्रीलाई पर्नेछ । माओवादी तर्फबाट नयाँ उपप्रधानमन्त्री बनाइएमा पूर्व सहमति अनुसार परराष्ट्र मन्त्री उपेन्द्र यादवलाईपनि उपप्रधानमन्त्री बनाइनेछ । उपनेतामा प्रकाशलाई ल्याइने भएपछि डा. भट्टराईले उपप्रधानमन्त्रीका अलावा सचिवालयको बैठकले निर्माण गरेको सरकार परिचालन समितिको नेतृत्व गर्नेछन् । युद्धकालमा डा. भट्टराईको संयोजकत्वमा निर्माण गरिएको संयुक्त क्रान्तिकारी जनपरिषद्पनि औपचारिक रुपमा विघटन गरिएको छ । जनपरिषद्ले युद्धकालमा बैकल्पिक सत्ताको रुपमा काम गर्दै आएको थियो । संविधान सभा चुनाव अघि र पछि अन्य राजनीतिक दलहरुसँग परिषद् विघटन गर्ने बताएपनि माओवादीले बल्ल त्यसलाई विघटन गरेको छ । माओवादी सचिवालयको बैठकले प्रधानमन्त्रीलाई सघाउन प्रम कार्यालय सहयोग समिति, पार्टी कार्यालय व्यवस्थापन समिति, मधेश समस्या समस्या छानविन आयोग, सरकार सन्चालन समितिपनि गठन गरेको छ । बैठकले संयुक्त क्रान्तिकारी जनपरिषद्को विघटनसमेत गरेको छ । प्रम कार्यालय व्यवस्थापनकालागि गठन गरिएको समितिमा पार्टी सचिवालय सदस्यहरु बर्षमान पुन अनन्त, टोपबहादुर रायमाझी अनिल, नेत्रबिक्रम चन्द बिप्लब लिलामणि पोखरेल र प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव शक्ति बस्नेत सुरेश िसंह छन् । यो समितिले प्रधानमन्त्रीले लिने महत्वपूर्ण निर्णयहरुमा प्रधानमन्त्रीलाई सहयोग गर्ने बताइएको छ । कार्यालय व्यवस्थापन समितिमा पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता मोहन बैद्य किरण, प्रबक्ता दीननाथ शर्मा र कार्यालय सचिव नारायण दाहाल रहेका छन् । मधेशका समस्या समाधानकालागि माओवादीले मधेश समस्या समाधान आयोगको गठनसमेत गरेको छ । आयोगको संयोजकमा लिलामणि पोखरेल छन् भने सदस्यमा सचिवालय सदस्यहरु पोष्टबहादुर बोगटी दिवाकर, बर्षमान पुन अनन्त र केन्द्रीय सदस्य रामरिझन यादव छन् । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||