|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पेट्रोलियमबाट निगमलाई मासिक ३५ करोड नाफा ! |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, November 2, 2008- हरेक बस्तुको मूल्य आकासिंदै गएका बेला
पेट्रोलियम पदार्थको मूल्य भने घटाइएको छ । हरेक बर्ष अर्वौं रुपैयाँ
घाटामा जाने नेपाल आयल निगम नाफामा गएको छ । विश्वास नगरेपनि यो समाचार पत्याउनै पर्ने भएको छ । एक बर्षभित्र पेट्रोलियम पदार्थको दोब्बर बृद्धि भैरहेको र नेपाल आयल निगम बार्षिक घाटामामात्र गैरहेको नकरात्मक समाचारमात्र आइरहेका बेला निगम नाफामा गएको पेट्रोलियम पदार्थको मूल्य घटेको सकरात्मक समाचार नेपालीले सुन्न पाएका छन्। निगमले एक महिनाभित्र दोश्रो पटक फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री प्रचण्डले 'तिहारपछि सरकारले जनताकालागि राहतका कार्यक्रम ल्याउनेछ' भने झैं मूल्य घटेको यो समाचारले महंगीको मार खेपेका जनतालाई राहत दिएको छ । निगमले शनिवार सार्वजनिक गरेको पछिल्लो मूल्य सूचि अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु ९५ बाट घटेर ९० रुपैयामा झरेको छ । अघिल्लो हप्ता निगमले प्रतिलिटर रु १ सय पर्ने पेट्रोलको मूल्य घटाएर ९५ बनाएको थियो । डिजेलको मूल्यपनि घटेर प्रतिलिटर रु ६५ पुगेको छ यसअघि भने रु. ७० तोकिएको थियो । हवाई इन्धनकोपनि मूल्य घटेको छ जसअनुसार प्रतिकिलोलिटर १४ सय डलर पर्ने हवाई इन्धनको मूल्य अब १३ सय डलर भएको छ । निगमले हवाई इन्धनमा मूल्य घटाएपनि हवाई कम्पनीहरुले भने सोहीअनुसार मूल्य समायोजन गरेका छैनन् । तसर्थ हवाई इन्धन गरिएको मूल्य कमको फाइदा हवाई कम्पनीलेमात्र लिन पाउने भएका छन् सर्वसाधारणले भने होइन । पेट्रोल र डिजेलमा घटाइएको मूल्यले भने सर्वसाधारणहरुलाई ठूलो राहत दिएको छ । अझै नाफा नभएको भन्दै निगमले मट्टितेल र ग्याँसमा भने मूल्य घटाएको छैन । समायोजन गरिएको नयाँ मूल्य सूचिअनुसार निगम पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ नाफामा छ । मासिक १२ हजार किलो लिटर खपत हुने हुँदा पेट्रोलबाट निगमले प्रत्येक महिना १७ करोड ३४ लाख पेट्रोलबाटमात्र नाफा कमाउन सक्छ । डिजेलमा प्रतिलिटर ३ रुपैयाँ मासिक नाफा कमाउने निगमले ३५ हजार किलोलिटर प्रत्येक महिना बेच्ने भएकाले १० करोड ५० लाख नाफा कमाउन सक्नेछ । यसैगरी प्रत्येक महिना १२ हजार किलोलिटर मट्टितेल खपत हुने गरेकोमा प्रतिलिटर ३ रुपैयाँ नाफा हुने गरेकाले मासक ३ करोड ६० लाख नाफा हुने भएको छ भने हवाई इन्धनको मासिक खपत ७ हजार ५ सय हुने र प्रतिलिटर २५ रुपैयाँ नाफा हुने हुँदा मासिक २७ करोड ५५ लाख नाफा कमाउने भएको छ । यद्यपी ग्याँसमा भने प्रतिसिलिण्डर निगम अझै ३ सय ६१ रुपैयाँ घाटामा रहेको बताइएको छ । ग्याँस मासिक ११ हजार किलोलिटर खपत हुने र यस हिसावले २४ करोड मासिक घाटा हुने निगमले बताएको छ । तर सबै पेट्रोलियम पदार्थको नाफा घाटा हिसाव गर्दा निगमले मासिक ३५ करोड नाफा गर्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्हात्तै गिरावट आएपछि नेपालमापनि पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको हो । यसअघि पेट्रोलियम पदार्थको मूल्य प्रति व्यारेल १ सय ४९ डलरसम्म पुगेकोमा अहिले घटेर ६४ रुपैयाँमा झरेको छ । |
|
|
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य समायोजनसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने निगमले बताएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||