|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रथम स्थानमा मधेशी ३४.०९
(१ सय ९६ जना) दोश्रो अन्य समूहबाहुन क्षेत्री गिरी-पुरी-सन्यासीबाट ३३.९१ (१ सय ९६ जना) तेश्रो जनजाति ३३.३९ (१ सय ९२ जना) चौथो महिला ३३.२२ (१ सय ९१ जना) र पाँचौ दलित ८.१७ प्रतिशत (४७ जना) सभासद विजयी राजतन्त्रको अन्त्य हुन अब दिन गन्ती शुरु ![]() संविधानसभा निर्वाचन सफल भएको खुशीयालीमा सामुहिक तस्विर खिचाउँदै प्रधानमन्त्री प्रमुख निर्वाचन आयुक्त अन्य आयुक्त र प्रधानमन्त्रीका स्वकिय सचिव । काठमाडौं, May 9, 2008-आज बसेको सात दलको बैठकले प्रधानमन्त्री गिरिजाप्रशाद कोइरालालाई आगामी जेठ १२-१५ भित्र संबिधान सभाको बैठक बस्ने मिती तोक्न जिम्मा दिएको छ। यस अघी वैशाख २६ गते निर्वाचन आयोगले संविधानसभा निर्वाचनको अन्तिम परिणाम सरकार प्रमुख प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाएको छ । आयोगले कान्तिपथ स्थित आयोगको मुख्य कार्यालयमा संविधानसभामा निर्वाचित २५ दलका सभासदहरुलाई विजयी प्रमाणपत्र बुझाएको थियो । साथै समानुपातिकका बिजयी सभासद्हरुको प्रमाणपत्रपनि आयोगले सम्बन्धित पार्टीमार्फत् प्रदान गरेको छ । प्रमाणपत्र राखिएका झोलाहरु प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पार्टी प्रतिनिधिहरुलाई प्रदान गरेका थिए । प्रमाण पत्र राखिएका झोलाहरु माओवादीका दीननाथ शर्मा, कांग्रेसका शोभाकर पराजुली र एमालेका भीम रावल लगायतका नेताले बुझेका थिए । प्रमाण पत्र बितरणपछि माओवादीले समानुपातिकबाट विजयी आफ्ना सभासद्हरुलाई फूल र मालाले स्वागत एबं जुलुश गरेको थियो । काठमाडौं- २ बाट निर्वाचित माओवादी सभासद् झक्कु सुवेदीले उनीहरुलाई स्वागत गरेका थिए । यद्यपि त्यस कार्यक्रममा मधेशी जनअधिकार फोरम भने सहभागी भएन । फोरम अनुपस्थितीको बारेमा आयोगले केही बताउन चाहेन । फोरम स्रोतले भने महोत्तरी क्षेत्र नं. ६ को निर्वाचन परिणाम संविधानसभा अदालतले अन्तरकालीन आदेश जारी गरी स्थिगीत गरेकाले अनुपस्थित भएको युएसनेपाल अनलाइनलाई बताएको छ । निर्वाचन आयोगले यसअघि महोत्तरी क्षेत्र नं. ६ मा फोरमका शरद्िसंह भण्डारीलाई विजयी भएको घोषणा गरेको थियो । निर्वाचन आयोगले प्रधानमन्त्री कोइरालालाई बुझाएको निर्वाचनमा परिणाममा पनि प्रत्यक्ष तर्फको २ सय ३९ जनाको मात्रै नाम रहेको आयोग स्रोतले जनाएको छ । राजतन्त्रको पूर्ण उन्मुलन हुने आगामी जेठ १६ गतेभित्र नेपालको राजतन्त्रको पूर्ण उन्मुलन हुने भएको छ । निर्वाचन आयोगले निर्वाचनको पूर्ण नतिजा सार्वजनिक गरेको २१ दिनभित्र संविधान सभाको पहिलो बैठक बस्ने सम्बैधानिक प्रावधान छ । संविधान सभाको पहिलो बैठकले राजतन्त्रको टुङ्गो लगाउने कुरापनि संविधानमा उल्लेख छ । यसरी संविधानसभाको पहिलो वैठकले गणतन्त्र कार्यान्वयन गरेको घोषणा गरे पछि ज्ञानेन्द्रको राजाको हैसियत औपचारिक रुपमै समाप्त हुनेछ । एकातिर अन्तरिम संविधानमै संविधानसभाको पहिलो वैठकबाट राजतन्त्र विधिवत रुपमा सकिने उल्लेख छ भने अर्को तर्फ संविधानसभामा वामपन्थी दलहरुकै वर्चस्व रहेको छ । प्रत्यक्ष र समानुपातिक दुबै प्रणाली मार्फत विजयी ५ सय ७५ मध्ये वामपन्थी विद्यायकहरु ३ सय ५४ जना छन् । उता प्रायशः गैर-कम्युनिष्ट पार्टीहरुको घोषणापत्रमा पनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिने उल्लेख छ । अन्य राजावादी दलहरुले समेत राजतन्त्र प्रति निरपेक्ष देखिएका छन् । राजतन्त्रको खुलेर वकालत गरेको राप्रपा नेपालले जम्मा एक प्रतिशत मत पाएको छ । उसले समानुपातिक तर्फ जम्मा ४ सीट जितेको छ । प्रधानमन्त्री कोइरालाले प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग आफू हिजोकै सहमती अनुसार चल्न चाहेको बताएका छन् । प्रधानमन्त्री निवासमा निर्वाचनको अन्तिम परिणाम बुझेपछि प्रधानमन्त्रीले राजतन्त्रको अन्त्यको संकेत गरे । ![]() संविधानसभा निर्वाचन परिणामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाउदै प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल । Photos: Santa Bagam Magar निर्वाचन परिणाम बुझाउनु अघि प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्रधानमन्त्रीको अठोटले आफूहरुमा निर्वाचन सम्मपन्न गर्ने उर्जा मिलेको बताएका थिए । प्रमुख आयुक्त पोखरेलले भने 'प्रधानमन्त्री र सरकारको सहयोगले निर्वाचन सफल भएको छ ।' कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त पोखरेलले संविधान सभा निर्वाचनकालागि पौने तीन अर्व खर्च भएको बताएका छन् । 'पूर्व अनुमान अनुसार नै खर्च भएको देखिएको छ तर खर्च सम्बन्धी विवरण संकलन गर्ने कार्य जारी छ' सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त पोखरेलले भने- 'सम्पूर्ण विवरण आएपछि सार्वजनिक गर्नेछौं ।' प्रत्यक्ष र समानुपातिक गरी निर्वाचित भएका सभासद्हरुको जातीय लिङ्गीय र क्षेत्रीय पृष्ठभूमि हेर्दा संविधान सभा अहिलेसम्ममै सबैभन्दा बढि समावेशी देखिएको छ । संविधान सभामा समलिङ्गी, अपाङ, बहिराहरुकोपनि प्रतिनिधित्व भएको छ । संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी सबै भन्दा धेरै मधेशी ३४.०९ प्रतिशत (१ सय ९६ जना) निर्वाचित भएका छन् । त्यसैगरी, दोश्रो स्थानमा अन्य समूह बाहुन क्षेत्री गिरी-पुरी-सन्यासीबाट ३३.९१ प्रतिशत (१ सय ९६ जना), तेश्रो स्थानमा आदिवासी-जनजाति ३३.३९ प्रतिशत (१ सय ९२ जना), चौथो स्थानमा महिला ३३.२२ प्रतिशत (१ सय ९१ जना), पाँचौ स्थानमा दलित ८.१७ प्रतिशत (४७ जना) र सबैभन्दा पछाडि पिछडिएको क्षेत्र ३.८३ प्रतिशत (२२ जना) सभासद विजयी भएका छन् । -Sitaram Baral and Santa Bagam Magar in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®