|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
घामको झुल्को देख्न तनहुँको मानुङकोटमा चढे १५ हजार पर्यटक |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पोहर देशभरि ४७ महोत्सव, यस वर्ष ३३ भन्दाबढी महोत्सव हुँदै पोखरा, January 12, 2009- नेपाल उद्योग वाणिज्य महासङ्घसँग आबद्ध भएर गत वर्ष देशभरि ४७ महोत्सव भए । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चन्द्रकृष्ण कर्माचार्यका अनुसार यस वर्ष ३३ भन्दा बढी महोत्सव हुँदैछन् । देशभर स्थानीय पर्यटकीय धार्मिकस्थल, गाउँठाउँहरुमा अनेकौँ महोत्सव भइरहेका छन् । सबैको उद्देश्य आन्तरिक-बाह्य पर्यटन प्रबद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, संस्कृति, खेलकुद र ती ठाँउको विकास गर्ने रहेका छन् । 'तनहुँ महोत्सव हाम्रो आधार : आर्थिक तथा सामाजिक विकासको पूर्वाधार' भन्ने नारासाथ सुरु भएको तनहुँ महोत्सव भने शुक्रबारदेखि दमौलीमा सुरु भएको छ । महोत्सव माघ ५ सम्म चल्नेछ । दोहोरी र पपसङ्गीतको रमझम, व्यापारिक एवम् स्थानीय उत्पादनका कक्ष राखेर सदरमुकाम केन्द्रित महोत्सव देशव्यापी चलिरहेका बेला तनहुँमा भने पदयात्रा र्याफ्टिङ, चट्टान आरोहण र गुफा दर्शनका प्याकेज राखेर जिल्लाभरिनै महोत्सवको चहलपहल सुरु भएको हो । जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमा महोत्सवका कार्यक्रम केन्द्रित छन् । मगर, गुरुङ र दरै जातिको घना बस्तीको संस्कृतिले मानिसको ध्यान तानेको छ । जिल्लाभर कार्यक्रम छरिँदा समग्र आर्थिक, वातावरणीय र पर्यटकीय गन्तव्यको विकासमा योगदान पुगेको आयोजकको भनाइ छ । 'महोत्सवमा पछिको समयमा पनि पर्यटकीय चहलपहल जिल्लाभर हुन सकुन् भन्ने महोत्सवको उद्देश्य हो'-तनहुँ पर्यटन विकास समितिका अध्यक्ष एवम् महोत्सवका सदस्य हरििसंह गुरुङले बताउनुभयो । महोत्सवस्थलभन्दा धेरै टाढा पर्ने ठाउँमा पदयात्रा, गुफा दर्शन, साहसिक जलयात्रा, धार्मिक क्षेत्रको भ्रमण र मगर, गुरुङलगायत जनजातिका सांस्कृतिक कार्यक्रम राखेर तनहुँ महोत्सवले महोत्सव आयोजनामा नयाँपन दिने कोसिस गरेको छ । त्यसमध्ये सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि मगर जातिको बाहुल्यताको १२०० मिटर अग्लो मानुङकोट पदयात्रामा गत वर्षदेखि मानिसको घुइँचो लागेको छ । लिङ्गेपिङ्ग, कौरा नाच, जैविक विविधता र हिमाली दृश्यावलोकनका लागि सात किलोमिटर दूरीको मानुङकोट पुग्न दमौलीबाट तीन घण्टा लाग्छ । गएको महोत्सवमा १५ हजार मानिस मानुङ्गकोट पुगे । 'बाटो वातावरण र आर्थिक विकास मात्र नभई पर्यटक पाहुना हुन् सत्कार गर्नुपर्छ भन्ने जनचेतना बढेर यो पर्यटकीय गन्तव्य बन्दैछ' महोत्सव संयोजक तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्करलाल राजभण्डारीले उल्लेख गर्नुभयो । पदयात्राकै लागि जिल्लाकै सर्वाधिक अग्लो दुई हजार ३२५ मिटरको छिम्केश्वरी डाँडा पनि नयाँ प्याकेजमा छ । पहाडकी रानी बन्दीपुर, धरमपानी, झारगाउँ, हिलेखर्कसहित गुरुङ संस्कृतिको अवलोकन र धौलागिरिदेखि लाङटाङसम्मको हिमशृङखला, छिम्केश्वरी माइको दर्शन पदयात्राका क्रममा पाइन्छ । साहसिक पर्यटनमा रमाउनेका लागि दमौली-मादीसेती नदीको दोभानदेखि धरमपानी- खहरेसम्मको १८ किलोमिटर लामो जलयात्राले सबैलाई रोमान्चित गर्छ । 'तीन घण्टाको जलयात्राको मज्जासँगै जलचर जीवजन्तु, वनस्पतिको अवलोकन र मगर संस्कृतिको अवलोकन गर्न सकिन्छ' भन्नु हुँदै 'गत वर्ष जलयात्रामा हजारभन्दा बढी सहभागी भएको' महोत्सवका सदस्य अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । |
|
|
साहसिक यात्रामा रमाउनेका लागि पृथ्वी राजमार्गमा पर्ने विमलनगरमा १५० मिटर अग्लो चट्टान आरोहण समावेश छ । एसियाकै ठूलो सिद्ध गुफा अवलोकन र चट्टान चढ्ने सौखिनलाई महोत्सवले थप मौका दिएको छ । मगरजातिको १५६ घर रहेको घाँसी कुवा गाविसको गल्लामा हरेक दिन कौरा नृत्य हुने व्यवस्था गरिएको छ । छाब्दी बाराही, ढोरबाराही, आँधीमूल, अकलाथान, ब्यास र अनन्त गुफाजस्ता स्थलहरुको अवलोकन महोत्सवका थप आकर्षण हुन् । एक रात दुइ दिनको प्याकेजमा रु.५००।- देखि रु.एक हजार ५००।- सम्मका ती प्याकेज कार्यक्रममा पथपर्यटककोसमेत व्यवस्था गरिएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरििसंह गुरुङले जानकारी दिनुभयो । 'महोत्सव दमौलीमा भए पनि जिल्लाभरि नै चहलपहल होस् र आर्थिक विकासमा बल पुगोस् भन्ने उद्देश्य हो' अध्यक्ष शङ्करलाल राजभण्डारीले थप्नुभयो- 'महोत्सवमा १५० स्थानीय उत्पादन, व्यापारिक र खानाका कक्ष छन् । महोत्सवमा दोहोरी नाचगान र हात्तीले पनि मनोराजन दिनेछन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चन्द्रकृष्ण कर्माचार्यका अनुसार 'तनहुँ महोत्सवले देशका अन्य भागमा भएका महोत्सवभन्दा फरक पदयात्रा, जलयात्रा, गुफा, धार्मिकस्थलहरुलाई पनि केन्द्रित गरेर नौलोपन दिएको छ ।' उहाँले सूचना, अटोमोबाइल शिक्षाजस्ता विषय पनि महोत्सवमा थपिनुपर्ने आवश्यकता औल्याउँदै एकै प्रकारका भन्दा पनि बढीभन्दा बढीलाई आकर्षण गर्ने नयाँ र नौलो कार्यक्रम महोत्सवमा हुनुपर्नै उल्लेख गर्नुभयो । -Rajbahadur Gurung in Pokhara |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||