Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

कांग्रेसका उपसभापति सुशील कोइराला चौंथो स्थानमा
मतगणनाका ४९ मध्ये ३२ स्थानमा माओवादी का उम्मेदवारहरु अग्रस्थानमा

नेपाली समय साँझ ८:०० बजेसम्म
काठमाडौं, April 11, 2008-मतगणना परिणामको यही प्रबॄति कायम रहने हो भने संविधान सभाको २ सय ४० क्षेत्रको निर्वाचनमध्ये अधिकांस क्षेत्रमा माओवादीले विजय हासिल गर्ने देखिएको छ । हालसम्म मतगणना भएका ४९ स्थानमध्ये ३२ स्थानमा नेकपा माओवादी का उम्मेदवारहरु अग्रस्थानमा देखिएका छन् ।

६ स्थानमा अग्रस्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १ स्थानमा विजय हासिल गरेको छ । ललितपुर- ३ की माओवादी उम्मेदवार पम्फा भूषाल विजयको निकट पुगेकी छिन् । नेकपा एमाले जम्मा ७ स्थानमा अग्रस्थानमा छ भने मधेशी जनअधिकार फोरम जम्मा १ स्थानमा अगाडि देखिएको छ । नेपाल मजदुर किसान पार्टी भक्तपुरका दुवै क्षेत्रमा गरी २ स्थानमा अग्रस्थानमा देखिएको छ ।

मत परिणाम अप्रत्यासित आएको छ । देशी-विदेशी संघ-संस्थाहरुले गोप्यरुपमा गरेको मत सर्वेक्षणलाई चुनौति िदंदै माओवादीले अधिकांस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता चुनावकालागि 'घाघडान' पार्टीहरुलाई उछिनेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं- १० मा प्रारम्भिक मत गणनामा करिव २ हजार मतले अग्रता हासिल गरिरहेका छन् । बेलुकी ८ बजेसम्म प्रचण्डले ४ हजार ९ सय ४६ मत पाएका छन् दोश्रो स्थानमा रहेका कांग्रेसका राजेन्द्र केसीले २ हजार ८ सय ८९ मत ल्याएका छन् । तेश्रो स्थानमा रहेका एमालेका सानुकुमार श्रेष्ठले २ हजार २ सय मत पाएका छन् ।

काठमाडौं- २ मा माओवादी उम्मेदवार झक्कु सुवेदीले एमाले महासचिव माधव नेपाललाई चैत्त २९ गते बेलुकीसम्म तेश्रो स्थानमा छोडेकै छन् । एमालेका स्थायी समिति सदस्य बामदेव गौतमपनि बर्दिया २ मा माओवादी उम्मेदवार सरला रेग्मीभन्दा करिव ४ हजार मतले पछाडि छन् । रेग्मीले ६ हजार ३ सय २२ मत ल्याएकी छन् भने गौतमले जम्मा २ हजार १ सय ४ मतमात्र पाएका छन् । कांग्रेसले त्यहाँ १ हजार ३ सय ७३ मत पाएको छ ।

थारु बहुल क्षेत्रमा नेकपा माओवादी ले बर्चश्व स्थापित गर्ने देखिएको छ । मत गणना भएका दाङ्गका ४ मध्ये ४ वटै क्षेत्रमा माओवादीका उम्मेदवारहरु अत्याधिक मतले बढत हासिल गरिरहेका छन् । थारु बहुल जिल्ला बर्दियाको स्थितिपनि यस्तै छ जहाँ ४ वटै निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवारहरुले ठूलो मतान्तरका साथ बढत हासिल गरिरहेका छन् । थारु बहुल अर्को जिल्ला कैलालीमा मतगणना सुरु भएको छैन । त्यहाँपनि माओवादीले आश्चर्यजनक मतका साथ बढत पाउने देखिएको छ ।

बाँके- २ मा उम्मेदवारी दिएका कांग्रेसका उपसभापति सुशील कोइराला मुस्किलले चौंथो स्थानमा छन् । त्यहाँ मधेशी जनअधिकार फोरमका सर्वदेश ओझा ठूलो मतान्तरले अगाडि छन् भने माओवादीका परमानन्द बर्मा दोश्रो स्थानमा छन् । तेश्रो स्थान हासिल गरेका राप्रपा उम्मेदवारपछि चौंथो स्थानमा कोइराला रहेका छन् ।

-Sitaram Baral in Kathmandu










































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®