|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पर्यटक तान्ने सरकारी जुक्ती काठमाडौं, May 1, 2008-नेपालका २ हजार हिम टाकुरा मध्ये ३ सय २६ वटा हिम टाकुराहरुमा आरोहण गर्ने स्वीकृतिका साथ मन्त्री परिषद्ले गरेको निर्णय अनुसार सगरमाथालगायतका हिमाल आरोहण शुल्कमा भारी छुटको व्यवस्था गरिएको छ । नेपालमा रहेका विभिन्न हिम श्रृङ्खलाहरुको आरोहणसम्बन्धमा मन्त्री परिषद्ले एक महिना अघि गरेको महत्वपूर्ण निर्णय बुधबार सार्वजनिक भएको छ । मन्त्री परिषद्ले गरेको सो निर्णय अनुसार सगरमाथालगायतका हिमाल आरोहण शुल्कमा भारी छुटको व्यवस्था गरिएको छ । हालसम्म सगरमाथा आरोहणकालागि जाने आरोहण दललाई सरकारले ७० हजार अमेरिकी डलर िलंदै आएकोमा अब बसन्त ऋतुमा ५२ हजार ५ सय डलर र शरद ऋतुकालागि ३५ हजार डलरमात्र लिइनेछ । यो निर्णयको कार्यान्वयन आगामी साउन १ देखि हुने जानकारी सरकारी अधिकारीहरुले दिएका छन् । सरकारले सगरमाथा आरोहण शुल्कमा मात्र छुट दिएको छैन आरोहण दलका सदस्य संख्यामापनि उदारता देखाएको छ । हालसम्म ७ आरोही बराबर १ आरोहण दल मान्ने गरिएको छ । त्यो आरोहण दलमा ५ जना थपेर १२ जनामात्र बनाउन सकिने व्यवस्थापनि छ । साउन १ देखि लागु हुने नियममा ७ जनालाई १ आरोहण दलकै सदस्य मान्ने निर्णयलाई यथावत राखिएको छ । तर त्यो आरोहण दलले पहिले भन्दा ३ जना बढि सदस्य सामेल गर्न सक्नेछ । अर्थात् त्यो आरोहण दलमा ८ थप सदस्य हुन सक्नेछन् । यस हिसावले अब एक आरोहण दलमा १५ जना सदस्यसम्म हुन सक्नेछन् । जस अनुसार थप हुने प्रत्येक सदस्यले बसन्त ऋतुमा १० हजार र शरद ऋतुमा ५ हजार डलर थप रकम शुल्कबापत बुझाउनुपर्नेछ । वर्षा ऋतुकालागि भने प्रति थप सदस्य बराबर ३ हजार डलर तिरे पुग्ने व्यवस्था सरकारले गरेको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामात्र होइन नेपालमा रहेका अन्य ३ सय हिमालहरुको आरोहणकालागि समेत सरकारले भारीमात्रामा छुटको व्यवस्था गरेको छ । नेपालको पूर्वी र मध्य क्षेत्रमा रहेका हिम श्रृङ्खलाहरुमात्र आरोहण गर्ने प्रचलन छ । पश्चिमी क्षेत्रका हिम श्रृङ्खलाहरु ओझेलमा पर्दै आएका छन् । सरकारले ती हिम श्रृङ्खलाहरुमापनि आरोहणकालागि आकर्षित गर्न आगामी वर्षकालागि आरोहण शुल्क नलिने घोषणा गरेको छ । नेपालमा करिव २ हजार वटा हिम टाकुरा रहेका छन् भने ३ सय २६ वटा हिम टाकुराहरुमा आरोहण गर्ने स्वीकृति विदेशी आरोहीले पाएका छन् । संसारका १४ वटा उच्च हिमालमध्ये नेपालमा ८ वटा उच्च हिमाल छन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®