Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from UK

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
विश्व नेपाली वेभक्याम कविता प्रतियोगितामा अमेरिकी नेपाली कवि उत्तमबाबु श्रेष्ठ प्रथम घोषित

UK, 12 Mar,09- अनलाइन विश्व नेपाली वेभक्याम कविता प्रतियोगिता २०६५ को अन्तिम परिणाम घोषणा भएको छ। विश्वका १७ मुलुकमा रहेका १ सय १९ जना नेपाली कवि तथा कवियित्रीहरुको सहभागिता रहेको प्रतियोगितामा अमेरिकाबाट सहभागि उत्तमबाबु श्रेष्ठ प्रथम हुनु भएको छ।

दोस्रो स्थान पोर्चुगलबाट सहभागि अमृत परियार र तेस्रो स्थान अमेरिकाबाटै सहभागि नम्रता गुरागाईले प्राप्त गर्नुभएको छ। जम्मा ८५ वटा प्रतियोगि कविता मध्येबाट उत्कृष्ट १५ बटा छनौट गरिएको छ।

गत श्रीपंचमी अर्थात सरस्वती पूजाको दिन वेभक्याम मार्फत वाचन गरिएका सबै कविताहरुलाई जस्ताको तेस्तै रेकर्ड गरेर साहित्यघर डट्कम (SahityaGhar.com) वेभपेजमा राखिएको छ। उक्त कविताहरुलाई एक महिना अवधिभर हेरेर, सुनेर देशविदेशबाट पाठक, दर्शक तथा स्रोताहरुले भोट गरी लोकप्रिय कविताहरुको पनि चयन गरेका छन् जस मध्ये प्रथम वेलायतबाट सहभागि गोपिकृष्ण प्रसाई, दोस्रो अमेरिकाबाट सहभागि साधना शर्मा र तेस्रो वेलायतबाटै सहभागि लिलासेलिङ मावोका कविता रहेको छ।

यस बर्ष विभिन्न ६ मातृभाषा कविताहरुको सहभागिता रहेता पनि उत्साहजनक सहभागिता भएको लिम्बू भाषाको कविताहरु मध्ये भिमा खजुम (किर्तिपुर) लाई पुरस्कृत गरिएको छ।

विजयी प्रतियोगिहरुले अनलाइन सुविधा सहितको नगद १५ हजार, १० हजार, ५ हजार र लोकप्रिय कविता छनौटमा विजयी हुनु भएकाले अनलाइन सुविधा सहितको नगद ५ हजार, ३ हजार र १ हजार साथै मातृभाषा कवितामा विजयीले नगद १ हजार रुपैया प्राप्त गर्नेछन्‌। विजयी सबैले प्रमाणपत्र र प्रायोजित उपहार प्राप्त गर्नुहुनेछ।

यस बर्षको पुरस्कार प्रायोजन डोमेन र होष्टिङको कारोवार गर्ने www.realDomainHost.com, www.datingHand.com, प्रनेसास (प्रभात) र साहित्य विकास परिषदले गरेका हुन्।

यस बर्षको प्रतियोगितामा क्यानडा, रसिया, पोर्चुगल, अमेरिका, वेलायत, वेल्जियम, दुवई, कतार, मलेसिया, सिंगापुर, भारत, नेपाल, अष्ट्रिया, हङकङ, अफगानिस्तान, इराक र जर्मनीमा रहेका नेपालीहरुले सहभागिता जनाएका थिए।

विभिन्न मातृभाषा अन्तर्गत मगर, गुरुङ, राई, सुनुवार, नेवार, लिम्बू लगायत अंग्रेजी भाषाका कवितालाई पनि समावेश गरिएको छ।
  Poet Uttambabu Shrestha. Photo courtesy: Bishwadip

वाचित सम्पूर्ण कविता साहित्यघर डटकममा हेर्न सकिन्छ। प्रतियोगि कविताहरुलाई नेपाल, अमेरिका, वेलायत र मलेसियाबाट अनलाइनमै मूल्याङ्कन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्य पनि मल्टिमिडियामा प्रवेश गर्नु सुखद अवसर भएको र विश्वभर छरिएर रहेका स्रष्टासर्जकहरुलाई प्रविधि मार्फत एकै ठाँउमा सहभागिता गराउन सक्नु अत्यन्तै ठूलो उपलब्धि भएको कुरा बताउनु भएको छ। डायस्पोरामा रहेका स्रष्टाहरुलाई अनलाइनबाटै समेट्दै प्रतियागितामा सहभागिता गराउनुले नेपाली साहित्य, संस्कार र संस्कृति परिवर्तनको साँधमा रहेको भनी उहाले चर्चा गर्नुभयो।

प्रवासी नेपाली साहित्य समाज (प्रभात), नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अन्तराष्र्ट्रिय नेपाली साहित्य समाज वेलायत च्याप्टर विशेष सहयोगि रहेको उक्त कार्यक्रमका आयोजक अनलाइन नेपाली साहित्य मंच वेलायत रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, सहयोगि ब्यक्ति तथा मिडियालाई आयोजकको तर्फबाट SahityaGhar.com का सम्पादक विश्वासदीप तिगेलाले धन्यवाद ज्ञापन गर्नुभएको छ। कार्यक्रम सम्पन्न गर्न प्राविधिक कठिनाईसगै मंहगो भए पनि स्रष्टासर्जकहरुबाट प्राप्त हौसलाबाट अभिप्रेरित भई आउदो बर्ष अझ शसक्त र ब्यापक आयोजना गर्ने जनाइएको छ।

स्मरण रहोस, वेभक्याम कविता प्रतियोगिता नेपाली साहित्यको इतिहासमा गतबर्ष पहिलो पल्ट आयोजना गरिएको थियो। जसमा विराटनगरका नवराज सुब्बा प्रथम, अमेरिकाका सहदेव पौडेल द्धितिय र जापानका रविन्द्र ढकाल तृतीय हुनु भएको थियो।

-Bishwadip Tigela in Kent, UK

Read our related news:
१७ मुलुकका १२५ नेपाली स्रष्टाहरुले वेभक्याम मार्फत कविता वाचन
अन्य ६ नेपाली मातृभाषाहरुमासमेत कविता पढियो

न्यूयोर्कका नेपाली कवि कवयित्रीहरुले विश्व वेबक्याम कविता प्रतियोगितामा यसरी भाग लिए (7 Photos)
विश्वब्यापी नेपाली वेभक्याम कविता प्रतियोगिता वाचन शुरु
पढ्ने होइन कबिता आफ्नै कम्प्युटरको च्याट रुमबाट?
विश्व वेभक्याम नेपाली कविता प्रतियोगिताको तयारी पुरा

अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा नवराज सुब्बा प्रथम
अनलाइन नेपाली  कविता बाचन प्रतियोगितामा २७ मुलुकबाट १०३ जना कविहरु भाग लिए

अनलाइनमा नेपाली  कविता बाचन प्रतियोगिता
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®