|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
२ बर्षका लागि म्यान्डेड, २० बर्ष टिक्ने झै कार्यक्रम? काठमाडौँ, September 12, 2008- सरकारको प्रतिबद्धतापछि आधा घण्टा स्थगित भएर सुचारु भएको व्यवस्थापिकाको वैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै काग्रेस सभासद रामचन्द्र पौडेलले कार्यक्रम मार्फत सरकारले जनतामा सपना बाँडने काम गरेको दाबी गरे । सभासद पौडेलले २ बर्षका लागि म्यान्डेड पाएको सरकारले २० बर्ष टिक्ने झै गरेर कार्यक्रम ल्याएको आरोप लगाए । उनले सरकारको नीति तथा कार्यक्रमलाई सिनेमा जस्तो रंगीचंगी दस्तावेजको संज्ञा दिएका थिए । पौडेलले सेना समायोजन प्रकृया, वाईसिएल गतिविधि सम्पति फिर्ता, विस्थापितलाई घर फर्काउने लगायतका पूर्व प्रति बद्धता कार्यक्रममा नआएको भन्दै खिन्नता ब्यक्त गरे । तमलोपा सभासद हृदयेस त्रिपाठीले सरकारको निति तथा कार्यक्रम देश बनाउन ल्याएको हो कि कार्यकर्तालाई आश्वास्त पार्न ल्याएको हो भनी प्रश्न गरे । सभासद त्रिपाठीले दलहरुबीच यूवा दस्ता बनाउने होडबाजीले मुलुकलाई अधोगति तर्फ लैजाने चेतावनीसमेत दिए । बैठकमा नीति तथा कार्यक्रममामाथि संसोधन दर्ता गरेका दलहरु नेकपा संयूक्त, तराई मधेश लोकतान्त्रीक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सदभावना पार्टि आनन्दीदेवी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मजदुर किसान पार्टी लगायतका दलका सभासदहरुले आ-आफ्ना पार्टीले दर्ता गरेका संशोधनको व्याख्या गरेका थिए । उता उदयपुर निवासी प्रदिप खड्काको हत्या सम्बन्धमा सरकारले न्यायीक छानविन गर्ने भएको छ । व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधान सभाको भदौ २७ गतेको बैठकमा बोल्दै गृह मन्त्रीका तर्फबाट जलस्रोत मन्त्री बिष्णु पौडेलले सरकारले घटनाको १५ दिनभित्र निष्पक्ष छानविन गर्न न्यायिक समिति गठन गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । मन्त्री पौडेलले छानविन समितिको सिफारिस बमोजिम दोषिलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ती दिने घोषणा गरे । घटनाको बिरोधमा थालिएको आन्दोलन फिर्ता लिन आग्रह गर्दै मन्त्री पौडेलले घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गरेका थिए । उनले नागरिकको सुरक्षा प्रतिको सचेतता र कानुनी राज्य प्रतिको प्रतिवद्धता ब्यक्त गर्दै शान्ति स्थापना गर्न सबैसँग आब्हान गरे । खड्काको भदौ २५ गते बेलुका ललितपुरको बालकुमारीमा प्रहरीको कुटाईबाट मृत्यू भएको आफन्तजनको आरोप छ । उता प्रहरीले भने उनको मृत्यू दुर्घटनाबाट भएको बताएको छ । यही घट्नालाई लिएर काग्रेस र त्यसको भातृ संगठनले आयोजना गरेको उपत्यका बन्दको क्रममा भएको प्रर्दशनमा प्रहरी हस्तक्षेपमा एक दर्जन प्रर्दशनकारी घाईते भएका छन् भने करिब तीन दर्जन प्रक्राउ परेका छन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||