Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
दुई माओवादी नेताहरु मन्त्री बने
दलित-मधेशी र थारु समुदायको प्रतिनिधित्वले असन्तुस्टी मथ्थर होला?

काठमाण्डौं,  26 Mar, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मौजुदा मन्त्री मण्डलमा दुईजना मन्त्रीहरु थप गरेका छन् । नयाँ मन्त्री मण्डलमा माओवादीका दुई केन्द्रीय सदस्यहरु मन्त्री बनाइएका छन् ।

मन्त्री मध्ये एकजना पूर्वी मधेशका दलित-मधेशी माओवादी नेता महेन्द्र पासवान छन् भने अर्का पश्चिम तराईका थारु माओवादी नेता रामचरण चौधरी छन् । अब मन्त्री मण्डल २४ सदस्यीय बनेको छ ।

सिरहा- ५ बाट संविधान सभा निर्वाचनमा विजयी पासवान भूमिसुधार मन्त्री बनेका छन् भने बर्दिया- ४ बाट निर्वाचित चौधरीलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पासवान माओवादीले २०५७ मा गठन गरेको मधेशी राष्ट्रिय मुक्ति मोर्चाका पहिलो अध्यक्ष हुन् । उनी मधेशी भित्रकापनि दलित समुदायका हुन् । पासवानलाई मन्त्री बनाएर माओवादीले मधेशी र दलित दुवै समुदायको मन्त्री मण्डलमा प्रतिनिधित्व गराएको छ ।

रामचरण चौधरीपनि माओवादीको जातीय मोर्चा राष्ट्रिय मुक्ति मोर्चाका पहिलो अध्यक्ष हुन् । उनलाई मन्त्री मण्डलमा सामेल गरेर माओवादीले पछिल्लो समयमा मधेशीकरणका विरुद्ध आन्दोलनमा उत्रिएको थारु समुदायलाई सन्तुष्ट पार्न खोजेको छ ।

माओवादीको भागमा परेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी यसअघि माओवादी नेता मातृका यादवले सम्हालेका थिए । सिरहा जग्गा कब्जा प्रकरणमा पार्टीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले मन्त्री पदबाट राजिनामा दिएपछि सोही जिम्मेवारी खाली थियो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय भने नेकपा माले का लागि छुट्याइएको थियो । मालेले भने पहिलेपनि आफूले सम्हाल्दै आएको भन्दै भूमिसुधार मन्त्रालयकै माग गरेको थियो । माले सोही मन्त्रालय नपाए सरकारमा नजाने अडानमा रहेपछि माओवादीले आफ्नै पार्टीको तर्फबाट मन्त्री बनाएको हो ।

उता दाङ्गको घोराहीमा रहेको महेन्द्र अस्पतालको नाम परिवर्तन गरेर राप्ती उपक्षेत्रीय अस्पताल नामाकरण गरिएको मन्त्री महराले बताए ।

-Sitaram Baral & Santa Bagam in Kathmandu






   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®