|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेपालको प्रहरी इतिहासमै पहिलो पटक दुई महिला प्रहरी डिआइजी बने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» DIGs Parbati Thapa Magar & Bimala Thapa Sharma of Nepal Police. Photos: Nepal Police. Illustration: eEyeCam काठमाण्डौं, November 7, 2008- नेपालको प्रहरी इतिहासमै पहिलो पटक दुई जना महिला प्रहरी अधिकृतहरु डिआइजी बन्न सफल भएका छन् । यही कार्तिक २० गतेको मन्त्री परिषद्को बैठकले एसएसपीद्धय पार्वती थापा मगर र बिमला थापा शर्मालाई डिआइजीमा बढुवा गरेको हो।
![]() DIGs Bimala Thapa Sharma & Parbati Thapa Magar of Nepal Police. Photos: Nepal Police. सरकारले गरेको यो बढुवालाई जातीय तथा लैङ्गिक हिसावलेपनि समावेशी मानिएको छ । लोकतन्त्रको पुनस्र्थापनापछि राज्यका हरेक निकायलाई समावेशी बनाउने प्रकृया अनुरुप दुई महिला एसएसपीलाई डिआइजी बनाइएको हो । पिछडिएको मगर समुदायका महिलालाई होच्याएर कुनै बेला गायककुमार बस्नेतले 'डल्ली मगर्नी' भन्दै गीत गाएपनि डिआइजी पार्वती थापा मगरले 'डल्ली मगर्नी' हरुपनि नेपाल प्रहरीको उचो स्थानमा पुग्न सक्छन् भन्ने देखाएकी छन् । स्मरण रहोस्, लोक गायक बस्नेतले उनको यो गीतको बारेमा मगर समाजसँग माफि मागी सकेका छन् भने रेडियो नेपालले जातीय र लैङ्गिक अपमान गर्ने गीतहरुलाई नबजाउने नीति अपनाइ सकेको छ। उस्तै इतिहास बिमला थापाले पनि रचेकी छन् । डिआइजीमा बढुवा हुनु पहिले पार्वती पोखरास्थित नेपाल प्रहरीको गण्डकी अन्चल कार्यालयको र बिमला झापास्थित मेची अन्चल प्रहरी कार्यालयको प्रमुख पदमा कार्यरत थिए । |
|
|
मन्त्रिपरिषद्को २० कात्तिकको बैठकले गरेको निर्णयअनुसार नेपाल प्रहरीमा महिला विभाग खडा गर्ने, समावेशी आधारमा महिलाहरुको अवसर र पहुँचलाई बृद्धि गर्नेजस्ता मान्यताबमोजिम प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पार्वती थापामगर र विमला थापाशर्माले नायव महानिरीक्षक 'डिआएजी' मा बढुवा पाएका हुन् । यो पदोन्नतीसँगै नेपालको फौजी इतिहासमा पहिलोपटक महिलाले विशिष्ट श्रेणीको ओहोदा हासिल गरेका छन् । ओहोदामा 'डिआइजी' भएर पनि परिचयमा पार्वती गीतकार पनि हुन् । उनले 'लगन' शीर्षकको गीति एल्बमसमेत निकालेकी छन् । प्रहरी संगठनभित्र महिलामाथि हुने यौनशोषण र विभेदकारी व्यवहार चार दिवारीभित्र लुक्दै आएपनि यी दुई महिला अधिकृतहरुको डिआइजीमा भएको बढुवाले यस्ता विकृति अन्त्य हुने आशा महिला प्रहरीहरुमा पलाएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||