|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिकामा दुई जनसंपर्क समितीबिच बिबाद
टुङ्ग्याउन नेताहरुलाई दबाब Nepali Congress Central Committee Vice-President Gopalman Shrestha speaking at the gathering of independent Nepali Congress supporters, leaders in New York. Photos: eEyeCam न्यू योर्क, December3, 2008- झन्डै ४०० हस्ताक्ष्यर सङ्कलन गरेर नेपालमा नेपाली काङ्ग्रेस सभापति गिरिजाप्रशाद कोइरालालाई बुझाई आनन्द बिष्टले नेतृत्व गरेको नेपाली जन संपर्क समिती अमेरिका र सोही नाममा डा. सुरेन्द्र देबकोटाले नेतृत्व गरेको जन संपर्क समितीबिच एकिकरणको माग गरेका नेपाली काङ्गेसका अमेरिकामा रहेका स्वतन्त्र अगुवाहरुले नेपालबाट आएका केन्द्रिय उपसभापति गोपालमान श्रेष्ठ र केन्द्रिय सदस्य द्वय सुनिलकुमार भण्डारी र अर्जुन जोशीसँग सुलहको खोजी गरेका छन्। तर बिग्रमा कुँडिएको मन र बिद्रोहको घाऊ निको होला त? नेपाली जनसंपर्क समिति, अमेरिका (आनन्द बिष्ट समुह) को प्रथम महाधिवेशन गत नोबेम्बर २८ र २९ मा न्यू योर्कमा नेपाल र अमेरिकाका नेपाली काङ्ग्रेसका नेताहरुबाट एकताको आह्वान र प्रण गर्दै सम्पन्न भए पनि त्यही नाम गरेको अर्को समितिका कुनै काङ्ग्रेसी नेता उपस्थित नहुनुले अमेरिकि नेपाली काङ्ग्रेस भित्रको तिक्तता अझै हटी नसकेको देखिन्छ। अधिबेसनले आनन्द बिष्टलाई तीन बर्षको लागि अध्यक्ष्यमा पुन: निर्वाचन गरेको छ। स्मरणीय रहोस्, डा. देबकोटा समुहले यस अघी गत बर्ष सन् २००७ को सेप्टेम्बर २ मा कनेक्टिकट राज्यको हार्डफोर्डमा अधिबेसन सम्पन्न गरिसकेको छ। यता बिष्ट समुहको नेपालबाट अधिबेसन उद्घाटन गर्न न्यू योर्क आइ पुगेका नेकां केन्द्रिय सदस्य सुनीलकुमार भण्डारीलाई स्वतन्त्र अगुवाहरुले हिजो साँझ डाकेको भेलामा अधिबेसन गरी सकेको एउटा जन संपर्क समिती हुँदा हुँदै किन अर्को अधिबेसन उदघाटन गर्न आ'को भन्दै र्याख र्याख्ती पारेका थिए। |
|
|
Nepali Congress Central Committee Member Sunilkumar Bhandari addressing at the 1st convention of Nepali Jana Samparka Samiti (Anand Bist Group) as chief guest New York. Photos: eEyeCam उता सङ्युक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन आउनु भएका तर बिष्ट समुहको अधिबेसनको अघिल्लो दिन जन संपर्कको अर्को समुह डा. देबकोटा समुहको न्यू योर्कस्थित कार्यालयमा डाकिएको भेलामा सहभागि बनेका र भोली पल्ट बिष्ट समुहको अधिबेसनमा चाँही बिशेष अतिथिको रुपमा उपस्थित भई स्वर्गीय महामानव विपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंहको फोटोमा माल्यार्पण गर्नसमेत पुगेका नेकां केन्द्रिय उपसभापति गोपालमान श्रेष्ठ, नेकां केन्द्रिय सदस्य अर्जुन जोशिलाई स्वतन्त्रहरु अर्थात तेश्रो समुहको भेलाका सहभागिहरुले सोधेको "किन जानु भो त ?" भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ दिन मुस्किल परेको थियो। Nepali Congress Central Committee Member Arjun Joshi speaking in New York. Photos: eEyeCam भेलामा बोल्दै भाषण गर्दा 'अधिबेसन भनेर थाहा भएन, झुक्क्याएर अधिबेसनमा लगियो' सम्म भन्न नचुकेका श्रेष्ठ र जोशीको जवाफ जति गैर जिम्मेवार सुन्नेलाई लाग्थ्यो उत्तिनै केही सहभागीहरुले नेपालका सम्मानित केन्द्रिय नेताहरुलाई टेर पुच्छर नै नलगाइ ठाट्ठाडै हप्काएको देख्दा अमेरिकामा आए पछि ठुलालाई सम्मान र आदरकासाथ सम्बोधन गर्न बिर्सिएको हो कि भन्ने भान हुन्थ्यो। अझ एक सहभागीले नेताहरुलाई महाधिबेसनमा भाग लिन आएर गल्ती गरेको ठहरेमा कार्बाही गराउँछौं सम्म भन्ने आँट निकाले। हाल स्वतन्त्र रहेका न्यू योर्कका काङ्ग्रेसी नेताहरु मृदुला कोइराला, बम्सलाल तामाङ, प्रमोद सिटौला, बिष्णु सुबेदी, मुनिन्द्र नेम्बाङ लगायतले एकता जति सक्दो छिटो गराउन केन्द्रबाट स्पस्ट निती निर्देसन गर्न नेपालबाट आएका तिनै नेताहरु श्रेष्ठ, भण्डारी र जोशीलाई दबाब दिदै त्यसो हुन नसकेमा बिडम्बना हुने बताए। -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 Bamsalal Tamang who resigned from Dr. Devkota Group's Samiti as Organization Department Chief speaking the gathering. Nepalese Democratic Youth Council President Pramod Sitaula speaking at the gathering. Photos: eEyeCam Nepalese Democratic Youth Council Vice President Bishnu Subedi speaking at the gathering. Photos: eEyeCam Participants of the neutral Nepali Congress supporters and leaders in New York gathering. Photos: eEyeCam Participants of the neutral Nepali Congress supporters and leaders in New York gathering. Photos: eEyeCam |
||
|
Read our related news: » नेपालबाट नेका नेताहरु न्यू योर्कमा, जनसंपर्कको बिबाद कायमै (41 Photos) नेपाली जनसंपर्क समिति, अमेरिकाको प्रथम महाधिवेशन सम्पन्न » अमेरिकी नेपाली काँग्रेसमा बिबाद कायमै, एकताको प्रयास जारी नेपालबाट आएका केन्द्रिय नेताले आज अधिबेसन उद्घाटन गर्दै (2 Photos) » अमेरिकी नेपाली काङ्ग्रेसमा चिरा पर्यो एकताका लागि राजिनामा दिनेहरुको लर्को (9 Photos) » न्यू योर्कमा 'नेपाल फेस्टिवल-2008' डिसेम्बर २०-२३ मा हुने (9 Photos) महोत्सबको तयारीसँगै आयोजकहरु विवादको भुङ्ग्रोमा यसरी फँसे » अमेरिकी सरकारलाई माओवादीलाई आतंककारी सुचीवाट नहटाउन दवाव दिइने |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||