|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संविधानसभामा आदिवासी
जनजातिका ५९ मध्ये २८ जातिको प्रतिनिधित्व भएन आदिवासी जनजाती महासंघका अध्यक्ष शेर्पाले किन राजिनामा दिए? काठमाडौं, May 4, 2008-आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघले संविधानसभामा न्युनत्तम एक जाति एक प्रतिनिधित्व नभएकोमा निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ। नेपाल सरकार र आदिवासी जनजातिवीच भएको २३ बुँदे सम्झौतामा आदिवासी जनजातिमा सूचिकृत सबै जातिको कम्तिमा एक प्रतिनिधित्व सुनिश्चित हुने उल्लेख गरिएको छ । संविधानसभामा आदिवासी जनजातिमा सूचिकृत २८ जातिको सहभागिता नभएकाले यो संविधानसभा समेत समावेशी हुन नसकेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ्ग शेर्पाले युएसनेपाल अनलाईनलाई बताए । शेर्पाले भने "सरकार र दलहरुले महासंघसँग गरेको सम्झौताको पालना गरेन । " संविधानसभामा दर्राई, ताजपुरिया, छन्तयाल, फ्री, लार्के, लेप्चा, सुनुवार, मेचे, धानुक, डोल्मो, बराम, बालुङे, पहरी, तोक्पेगोला, कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, कुसबाडिया, सिङमामा, थुदाम, बोटे, भोटे, छयरोटन, तीनगाउँले थकाली र किसान जातिको एक जना पनि प्रतिनिधत्व भएको छैन । राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको बन्दसूचिमा पठाएका मध्ये सुनुवार, मेचे, धानुक, डोल्मो, बराम, बालुङे, पहरी र तोक्पेगोलाबाट एकजनाको पनि विजयी सूचिमा नाम नपठाएपछि संविधानसभामा प्रतिनिधित्व नहुने जातीहरुको संख्या २८ पुगेको हो । नेपाल आदिवासी जनजाति महासंघले वैशाख २२ गते निर्वाचन आयोगमा बुझाएको ज्ञापनपत्रमा दलहरुले बन्दसूचिमा पारेका सबै जातको उम्मेदवारको नाम विजयी सूचिमा राख्न ध्याकर्षण गराइएको छ । शेर्पा संविधानसभा सदस्य नबन्ने ![]() Pasang Sherpa (center) with former President of United States, Jimmy Carter and Dr. Om Gurung. Phot courtesy: nefin.org.np संविधानसभामा सबै जातिको प्रतिनिधित्व नभएको भन्दै नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ्ग शेर्पा संविधानसभा सदस्य नबन्ने भएका छन् । नेकपा एमालेको विजयी ७० जनामा शेर्पाको नाम पठाइए नैतिकताको आधारमा आफ्नो नाम फिर्ता लिएको शेर्पाले युएसनेपाल अनलाईनलाई बताएका छन् । आफ्नो नाम फिर्ता लिनुमा पार्टी प्रतिको असन्तुष्टी कारण नभएको शेर्पाको भनाई थियो । -Santa Bagam in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®