|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
२६ वर्षमा २७ लाख, ५७ हजार, ५ सय ५ आंखाका रोगीहरुको उपचार |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Dr. Albert Henning, writer Chandra Shekhar Lalkarna and other guests at the 26th Anniversary ceremony of Sagarmatha Eye Hospital in Lahan. Photo: Dinesh लहान, 12 Feb, 09-हिजो २६ वर्ष पुरा गरेको सगरमाथा चौधरी आंखा अस्पताल लहानले २७ लाख, ५७ हजार, ५ सय ५ आंखाका रोगीहरुलाई जांच गरेको तथ्यांक कार्यक्रममा सार्वजनिक गर्दै डा. अल्वर्ट हेनिङले ६ लाख, २४ हजार, ८ सय, ३५ आंखाका रोगीलाई अपरेशन (शल्यकृया) गरेको बताउंनुभयो । 'आंखा अपरेशनमा विश्वको दोस्रो ठूलो उचाईमा पुर्याउंन डा. अल्वर्ट हेनिङको व्यवस्थापकीय र मेहनतको कुनै मूल्य लगाउंन सकिदैनन् त्यसैले उहां हाम्रो समाजको लागि पहिचान दिने ठूलो आर्टिष्ट पनि हुनुहुन्छ', वरिष्ठ साहित्यकार तथा समाजसेवी चन्द्रशेखर लालकर्णले आज बुधवार एक कार्यक्रममा बताउंनुभयो । आंखा अस्पताल नाफामुलक नभई उपकारमुलक हुनुपर्छ यसको लागि व्यवस्थापनपक्ष र कर्मचारीहरुले सधैं इमान्दारिता देखाउंनुपर्ने कुरामा जोड िदंदै उहांले आंखा प्रत्यारोपणमा पनि विश्वको सेरोफेरोमा पुर्याउंनुपर्ने बताउंनुभयो । सगरमाथा चौधरी आंखा अस्पताल लहानको २६ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै साहित्यकार कर्णले आफ्नै जिबनबारे भने- 'जीवनभर राजनीतिक गरें तर समाजको लागि केही गर्न सकिएन, बुढेसकालमा मैथली कविता लेख्दा आधा दर्जन पुरस्कार पाएँ । र यसबाट मेरी पत्नी सन्तुष्ट छैनन् ।' कार्यक्रमका आकर्षक व्यक्तित्व तथा आंखा विषयका वरिष्ठ अनुसन्धानकर्ता डा. अल्वर्ट हेनिङले 'यस समाजको लागि म आफ्नो पूरै जीवन सम्पर्ण गरेको छु, आउंदो दिनमा हाम्रो सहकर्मीहरुको मेहनत र परिश्रमले आंखाको अन्य क्षेत्रमा पनि सोही अनुरुप अघि बढिरहने' बताउंनुभयो । पूर्व उद्योग राज्यमन्त्री तथा नेपाल नेत्र ज्योती संघको केन्द्रीय सदस्य पद्मनारायण चौधरीले आंखा अस्पतालभित्र आजसम्म कुनै किसिमको विवाद भएको छैन् । यसको लागि सम्पूर्ण राजनीतिक दल र संघसंस्थालाई धन्यवाद िदंदै लहान तथा यस क्षेत्रमा प्रशासनिक दवावले शान्ति कद्दापि हुनसक्दैन् । यसको लागि स्वंम जनता अघि बढेर शान्ति स्थापना गर्नुपर्ने बताउंनुभयो । |
|
![]() Dr. Albert and Lalkarna greeting each other. Photo: Dinesh यसै अस्पतालसंग जोडिएर रहेको जेनरल अस्पतालको हालत खस्किदो छ यसका व्यवस्थापनपक्ष कमजोर रहेको स्वंम त्यस अस्पतालका डा. मिश्रीलाल साहले बताएका छन् । त्यसैले त्यो अस्पताललाई पनि उचाईमा पुर्याउंन सम्पूर्णपक्षलाई समावेश गरेर अघि बढ्नुपर्ने पूर्व राज्यमन्त्री चौधरीले जोड दिनुभयो । कार्यक्रममा डा. संजय िसंह, सुधिर ठाकुर, रवीन्द्र चौधरी, विन्देश्वर महतो, विनोद डालमियां, डा. मिश्रीलाल साह, प्रअ विश्वनाथ महतो, सावित्री साह लगायतकाले आंखा बैंक र आंखाको नानी प्रत्यारोपणवारे बताउंनु भएको थियो । कार्यक्रममा स्थानीय चारवटा विद्यालयका विद्यार्थी र आंखा अस्पतालका कर्मचारीवीच भएको विभिन्न खेलका प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । -Dineshwarprasad Gupta in Lahan |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||