Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
२६ जना बिद्रोही प्रहरीहरुको गिरफ्तार
काठमाडौं, July 16, 2008-
बाँकेको शमशेरगन्जस्थित सशस्त्र प्रहरी गणमा विद्रोह गर्ने
प्रहरीहरुसँग गरिएको सम्झौताविपरित सरकारले मंगलबार २६ जना बिद्रोही
प्रहरीहरुलाई गिरफ्तार गरेको छ । पक्राउपछि हतकडी लगाएर उनीहरुलाई मंगलबार
काठमाडौं ल्याइएको छ । पक्राउ पर्नेमा विद्रोह नेतृत्वकर्ता सई तेजबहादुर
बलायरलगायत गोबिन्द लामिछाने, दानबहादुर चन्द, जगतबहादुर थापा छन् ।
विभिन्न माग राखी सशस्त्र प्रहरीको बागेश्वरी गण नियन्त्रणमा लिएका
विद्रोही प्रहरीका माग पुरा गरिने र उनीहरुमाथि कुनै कार्वाही नगरिने
सम्झौता त्यो बेला गरिएको थियो । त्यसपछि विद्रोही प्रहरीहरुले विद्रोह
समाप्तीको घोषणा गरेका थिए । सन्चारकर्मी र मानवअधिकारवादीहरुको रोहबरमा
सम्झौता भएको एक महिना नबित्दै उनीहरुलाई नियन्त्रणमा लिएर काठमाडौं चलान
गरिएको छ ।
विद्रोहका नेतृत्वकर्ता उपरोक्त ४ जना सईका अलवा ४ बरिष्ठ हबल्दार, ११
हबल्दार र ७ प्रहरी जवानलाई विभागीय कार्वाही गरी छानविन सुरु गरिएको छ ।
उनीहरुलाई पक्राउ गर्न २ सय भन्दा बढि सशस्त्र प्रहरी परिचालन गरिएको थियो
। यसै हप्ता नेपालगन्जको क्षेत्रीय तालिम केन्द्र र प्रहरी दंगा गुल्ममा
भएको विद्रोहमा संलग्नहरुलाई नियन्त्रणमा लिएपछि सरकारले कार्वाही नगर्ने
भनी सम्झौता गरेका प्रहरीहरुलाईपनि नियन्त्रणमा लिएर कार्वाही सुरु गरेको
हो ।
-Vivek Baral in Kathmandu
|
|