Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

'चुनाव हारेकाहरुलाई होइन, राष्ट्रिय जीवनका प्रतिष्ठित र छुटेका आदिवासी-जनजातिमध्येबाट २६ जनालाई मनोनयन गरिनेछ' -गृहमन्त्री कृष्णप्रसाद सिटौला

काठमाडौं,  June 11, 2008- गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्रले श्रीपेच, राजदण्डसहितका सामाग्री सरकारलाई औपचारिक हस्तान्तरण गरेरमात्र नागार्जुन दरवार जान पाउने बताएका छन् । आज जेठ २९ गते पूर्व राजालाई दिइएको १५ दिने अल्टिमेटम समाप्त हुने बताउँदै गृहमन्त्री सिटौलाले ज्ञानेन्द्रले आजै नारायणहिटी छोड्नेपनि बताएका छन् । 'पूर्व राजा ज्ञानॆन्द्रले बुधबार नारायणहिटी छाड्ने सूचना पाएको छ' राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गृहमन्त्री सिटौलाले भने- '१५ दिने म्यादपनि बुधबार नै सकिदैछ, नारायणहिटी छाड्नुअघि उनले दरवारमा रहेका श्रीपेच, राजदण्डलगायतका सामाग्री सरकारलाई बुझाउनुपर्छ भनिएको छ, सायद उनले ती सामाग्री दिनेछन् ।'

दरवार श्रोतबाट प्राप्त जानकारी अनुसार पूर्व राजाको तर्फबाट श्रीपेच र राजदण्ड नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । दरवारमा रहेका सम्पत्तिहरुको अभिलेख राख्न गठन गरिएको कार्यदलले पटक पटक यसबारेमा ताकेता गरेपछि पूर्व राजा श्रीपेच र राजदण्ड हस्तान्तरण गर्न तैयार भएका हुन् । नागार्जुन दरवार निरीक्षणका क्रममा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले श्रीपेच र राजदण्ड नबुझाए ज्ञानेन्द्रलाई नागार्जुनमापनि बस्न नदिने बताएका थिए । पूर्व राजा ज्ञानेन्द्र भने श्रीपेच र राजदण्ड आफूसँगै राख्ने योजनामा थिए ।

राजतन्त्रको विदाईलाई पूर्व राजा ज्ञानेन्द्रले सहजै स्वीकार गरेकाले उनको आग्रह बमोजिम केही समयकालागि नागार्जुनमा बासस्थानको व्यवस्था गरिएको सिटौलाले बताए । 'ज्ञानेन्द्रले छिट्टै नारायणहिटी छाड्नकालागि मेरो निवास छैन भने त्यसैले नारायणहिटीबाट छिटो बहिर्गमनकालागि नागार्जुनमा केहीसमयकालागि बासस्थानको प्रबन्ध गरिएको हो' नागार्जुनमा बासस्थान मिलाइनुको कारण खुलाउँदै गृहमन्त्रीले भने- 'छिटोभन्दा छिटो नारायणहिटी खालि गराउनमात्र सरकारले यो निर्णय गरेको हो ।' बृद्ध आमा र हजुरआमा सरला शाहकालागिपनि बासस्थानको अभाव रहेको ज्ञानेन्द्रले बताएपछि नारायणहिटी परिसरभित्रै बस्ने व्यवस्था गरिएको उनको भनाई थियो ।

संविधान सभाको चुनावपछि पहिलो संक्रमणकाल समाप्त भएको र चुनावपछि सुरु भएको दोश्रो संक्रमणकाल अरु बढि जटिल भएको बताउँदै गृहमन्त्रीले यस्तो स्थितिमा सबै राजनीतिक दल सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए । संविधान संसोधन, राष्ट्रपतिको चयन र २६ जना सभासदको मनोनयन प्रकृयामा सहमति जुट्न नसकेको जानकारी िदंदै गृहमन्त्रीले यी तीन विषयमा सहमति जुटेपछि संविधान निर्माण कार्य सहज ढंगले अघि बढ्ने दावी गरे । 'यी तीन विषयमा सहमति भएपछि संविधान निर्माण कार्य सहज ढंगले अघि बढ्छ' गृहमन्त्रीले भने- 'त्यसपछि तोकिएको २ बर्षको समयावधिमा नै हामी नयाँ संविधान निर्माण गर्नेछौं ।'

पत्रकारहरुले मन्त्री परिषद्ले मनोनित गर्ने २६ जना सभासद्मा तपाईंपनि पर्दै हुनुहुन्छ ? भन्ने प्रश्न गृहमन्त्री सिटौलासँग सोधेका थिए । 'म चुनाव हारेको मान्छे त्यसैले मनोनित भएर आउने कल्पनासम्मपनि गरेको छैन' गृहमन्त्रीले भने- 'चुनाव हारेकाहरुलाई होइन, राष्ट्रिय जीवनका प्रतिष्ठित र छुटेका आदिवासी-जनजातिमध्येबाट २६ जनालाई मनोनयन गरिनेछ ।'

संविधान सभाको तेश्रो बैठक बुधबार सुरु हुने भएपनि दलहरुबीच सहमति बन्न नसक्दा तेश्रो बैठकको कार्यसूचि अझै तय हुन सकेको छैन । गृहमन्त्री सिटौलाले बुधबार बैठक सुरुहुनुअघि सहमति हुने सम्भावना कम रहेको बताए । 'नयाँ समझदारीले फेरि समस्या नहोस् भन्नेतर्फ सचेत हुनुपर्छ' उनले भने- 'नयाँ समस्या सिर्जना नहोस् भन्नेतर्फ ध्यान िदंदा समझदारीमा ढिलाई भएको हो ।'

-Vivek Baral in Kathmandu































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®