Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

चुनाव जित्‍ने २५ दलको पहिलो वैठकमा गणतन्त्रबारे सबैको एकै मत


First joint meeting of 25 elected parties in CA election.

काठमाडौं, May 12, 2008-
संविधानसभामा निर्वाचित २५ दलका प्रतिनिधिको पहिलो वैठक वैशाख २९ गते िसंहदरवार स्थित संसद सचिवालयमा बसेको छ । वैठकमा सहभागी सबै दलका प्रतिनिधिहरुले संविधानसभाको पहिलो वैठकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र कार्यन्वयन गर्नु पर्नेमा जोड दिएका छन् ।

वैठकको अध्यक्षता गरिरहेका नेकपा माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले संविधानसभाको पहिलो वैठकबाट गणतन्त्र कार्यन्वयन हुने र महत्वपूर्ण निर्णय गर्दा सबै दलको सहमती लिने अन्य दललाई विश्वास दिलाए । सरकार गठन, २६ जना सभासदको मनोनयन जस्ता कुरामा पनि सहमती जुटाउने प्रयास हुने डा. भट्टराईको भनाई थियो । उनले हिजोका आग्रह पूर्वाग्रह बिर्सिएर नयाँ नेपाल निमार्णमा लाग्न पनि अन्य राजनीतिक दलहरुलाई आग्रह गरे ।

वैठकमा बोल्दै अन्तरिम व्यवस्थापिका संसदका सम्माननीय सभामुख सुभासचन्द्र नेम्वाङ्गले संविधानसभाको पहिलो वैठकको प्राथमिक एजेण्डा गणतन्त्र वाहेक अर्को हुन नसक्ने ठोकुवा गरे । वर्तमान विद्यायिका संसद संविधानसभालाई कार्यभार सुम्पन आतुर रहेको सभामुख नेम्वाङ्गको भनाई थियो । सभामुख नेम्वाङ्गले संविधानसभाको निर्वाचन भन्दा पनि नयाँ संविधान अझै महत्वपूर्ण रहेकोमा जोड दिए ।


First joint meeting of 25 elected parties in CA election.

शान्ति तथा पुनरनिर्माण मन्त्री रामचन्द्र पौडेलले संविधानसभाबाट जनताले दिएका म्याण्डेटको सम्मान गर्न सबै दललाई आग्रह गरे । मन्त्री पौडेलले संविधानसभाको पहिलो वैठको घोषणा वैशाख ३० गते हुन सक्ने जानकारी दिए ।

वैठकमा सहभागी सूचना तथा सन्‍चार मन्त्री कृष्णबहादुर महराले २५ दलवीच सहमतीको विकल्प नरहेको तथा यसको लागि निरन्तर संवादको खाँचो रहेको बताए । यसको लागि संसद सचिवालयमा २५ दलको सचिवालय स्थापना गरिएको मन्त्री महराले स्पष्ट पारे ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधानसभाको पहिलो वैठक अगावै यसलाई आवश्यक नियमावली, कार्यविधि तयार गर्नुपर्नेमा जोड दिए । नेता निधिले गणतन्त्र कार्यन्वयनलाई संविधानसभा वैठकको प्राथमिक एजेण्डामा राख्न पनि आग्रह गरे ।

नेकपा एमालेका नेता भीम रावलले २५ दलको सहमतीमा राष्ट्राध्यक्षको काम, कर्तव्य र अधिकारको व्यवस्था गर्नु पर्ने बताए । उनले संविधानसभा सदस्यमा मनोनयन हुन बाँकी रहेको २६ जनामा सम्बन्धीत विषयका ज्ञाताहरुलाई छुटाउन नहुने धारणा राखे ।

मधेशी जनअधिकार फोरमका नेता विजयकुमार गच्छदारले विगतमा नेपाल सरकार र विभिन्न जातीय संघ, संस्था तथा राजनीतिक दलसँग भएको सम्झौता पालना हुने प्रतिबद्धता आउनु पर्ने माग गरे । नेता गच्छदारले संविधानसभाको पहिलो वैठक अगावै राष्ट्रिय एजेण्डा तय गर्नुपर्नेमा जोड दिए ।


Photos: Santa Bagam Magar

वैठकमा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका नेता जितेन्द्र सोनलले राज्यको पुनरसंरचना गर्दा मधेशी, आदिवासी, जनजाति, दलित, महिला र पिछडिएका क्षेत्रलाई पाखा लगाउन नहुने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहराले सातदलले पहिले स्पष्ट एजेण्डा ल्याउनु पर्ने धारणा राखे । नेकपा मालेका सिपी मैनालीले २६ जना सभासद मनोनयन गर्दा संविधानसभामा प्रतिनिधित्व हुन नसकेकोहरुलाई ल्याउने तयारी भईरहेको जानकारी दिए ।

जनमोर्चा नेपालका लिलामणी पोखरेलले गणतन्त्र कार्यन्वयन पछि राजसंस्थाको पक्षधरहरुको विरोध सामना गर्न दलहरु तयार हुनुपर्ने विचार राखे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी कुन्ती शाहीले भने घुमाउरो भाषामा राजतन्त्रको वकालत गरिन्‌ । नेपाली जनमत गणतन्त्रको पक्षमा भएपनि गणतन्त्र कार्यन्वयन गर्दा राष्ट्रियता र सार्वभौमसक्तालाई ख्याल गर्नु पर्ने शाहीको भनाई थियो ।

आइतवार बेलुकी ४.४५ बजे देखि ८.१५ बजे सम्म चलेको सो वैठकमा नेकपा संयुक्तका चन्द्रदेव जोशी, सद्भावना पार्टीका अनिल झा, राष्ट्रिय जनमुक्ति पार्टीका बयान िसं राई, राष्ट्रिय जनमोर्चाका हुकुमबहादुर िसंह, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले आ-आफ्ना पार्टीको धारणा राखेका थिए ।

यसैगरी राष्ट्रिय जनशक्ति पार्टीका अर्जुन राई, नेकपा एकिकृतका राम सिंह श्रीस मगर , नेपाल सद्भावना आनन्दीदेवीका खुशीलाल मण्डल, नेपाली जनतादलका हरिचन शाह, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चका डिके बुद्धिष्ट, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका हिक्मत देउवा, दलित जनजाति पार्टीका विश्षेन्द्र पासवान, नेपाः राष्ट्रिय पार्टीका डा. केशरमान शाक्य, नेपाल लोकतान्त्रिक समाजवादी दलका लक्ष्मी नारायण, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका केशव मैनाली र नेपाल परिवार दलका एकनाथ ढकालले पनि वैठकमा बोलेका थिए ।

-सन्त वगाम Santa Bagam Magar in Kathmnadu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®