Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

प्रधानमन्त्री प्रचण्डको मन्त्री मण्डल २४ सदस्‍सीय पुग्यो

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
समाबेशीको नाममा ७ जना जनजाति मन्त्रीहरु, महिला मन्त्रीहरु ४ जना, दलितहरुको प्रतिनिधित्व शुन्य


Deputy Prime Minster Bamdev Gautam taking oath from Prime Minister Prachanda. Photo: Sitaram

काठमाडौं, August 31, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज मन्त्रीमण्डलको विस्तार गरी एक उपप्रधानमन्त्री तथा थप १२ नवनियुक्त मन्त्रीहरुलाई मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपतिको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रम प्रेस पास वितरण बिबादका कारण संचारकर्मीहरुको बहिष्कारबीच मन्त्रीहरुको सपथ कार्यक्रम सम्पन्न भएको छ ।

सपथ खानेमा एमालेको तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, जलश्रोत मन्त्री बिष्णु पौडेल, स्थानीय विकाश मन्त्री रामचन्द्र झा, उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, बन मन्त्री किरण गुरुङ र युवा तथा खेलकुद मन्त्री गोपाल शाक्य छन् भने माओवादीको तर्फबाट सामान्य प्रशासन मन्त्री पम्फा भुशाल, भूमिसुधार मन्त्री मात्रृका यादव, सँस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराती, शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा 'प्रभाकर', र श्रम तथा यातायात मन्त्री लेखराज भट्ट छन् ।

माओवादीकी नवनियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिशिला यमी गैर-आबासीय नेपाली संघ (एन.आर.एन) क्यानाडा पहिलो अधिबेशनमा भाग लिएर फर्किदै भएको कारण सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सकिनन्‌।
 
सपथ खाने अन्य दलका मन्त्रीहरुमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल (जन मोर्चा), वातावरण तथा बिज्ञान प्रविधि मन्त्री गणेश साह (नेकपा एकिकृत) र वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो (सदभाबना) छन् ।

यस अघी विस्तारित मन्त्री मण्डलमा डा. बाबुराम भट्टराई-अर्थ, रामबहादुर थापा मगर 'बादल'-रक्षा, उपेन्द्र यादव- परराष्ट्र, बिजय गच्छेदार- निर्माण तथा यातायात, कृष्णबहादुर महरा- सूचना तथा सन्‍चार, जयप्रकाश गुप्ता- कृषि तथा सहकारी, देब गुरुङ्ग- न्याय तथा कानून र रेणु यादव- शिक्षा छन् ।

समाबेशीको नाम जप्दै आएका सबै दलहरुले जम्मा ७ जना जनजातिहरुलाई मन्त्री बनाउन सके।
आधा आकाश धाक्ने महिला मन्त्री हरुको हालत पनि उस्तैछ्-जम्मा ४ जना मात्र। उता दलितहरुको प्रतिनिधित्व भने शुन्य भएको छ ।

मन्त्रीहरुको मर्यादाक्रमको विषयलाई लिएर माओवादीका निकै ठूलो विवाद सिर्जना भएको छ । मर्यादाक्रमप्रति शपथ ग्रहणप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्री डा. बाबुराम भट्टराई शपथ ग्रहणमा उपस्थित नै भएनन् । काठमाडौंमै रहेरपनि डा. भट्टराई अनुपस्थित रहेपछि आजको शपथ ग्रहण कार्यक्रम खल्लो भएको थियो ।

यो असन्तुष्टि डा. भट्टराईमा मात्र सिमित रहेन । नवनियुक्त मन्त्री मातृका यादवले शपथ नै लिएनन् । यादवलाई भने भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमाले नेता बामदेब गौतमलाई आफूभन्दा मर्यादाक्रममा माथिल्लो स्थानमा राखिएकोमा असन्तुष्टि जनाउँदै डा. भट्टराई असन्तुष्ट भएको बुझिएको छ । शपथ ग्रहण कार्यक्रममा यस अघि नै शपथ लिइसकेका रक्षा मन्त्री रामबहादुर थापा 'बादल', सन्‍चारमन्त्री कृष्णबहादुर महरा र न्याय तथा कानूनमन्त्री देव गुरुङ्ग भने उपस्थित थिए।

उपप्रधानमन्त्री तथा मन्त्रीहरुको आजको शपथ ग्रहण कार्यक्रम पत्रकारहरुले बहिस्कार गरेका छन् । राष्ट्रपतिका कार्यालयको लापरवाहीकाकारण अधिकांस पत्रकारहरु शपथ ग्रहण कार्यक्रमस्थलमा प्रवेश नपाएपछि शपथ ग्रहण कार्यक्रम उनीहरुले बहिस्कार गरेका हुन् ।

राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने भएकाले राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहण कार्यक्रम राखिने गरिएको छ । तर राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई प्रवेश नै दिएनन् ।

राष्ट्रपतिका कार्यालयले स्वीकृति दिएका केही पत्रकारहरुलाईमात्र भित्र प्रवेश गर्न दिइएको थियो । राष्ट्रपति कार्यालयको यस्तो व्यवहारबाट क्रुद्ध पत्रकारहरुले त्यसपछि शपथ ग्रहण कार्यक्रम नै बहिस्कारको घोषणा गरेका थिए ।

पत्रकारहरुलाई शपथ ग्रहण कार्यक्रममा आउन नदिइएको सूचना पाएपछि सन्‍चारमन्त्री कृष्णबहादुर महरा पत्रकारहरुसँग कुराकानीकालागि गएका थिए । उनले सरकारको लापरवाहीकाकारण नभै राष्ट्रपति कार्यालयको लापरवाहीले यस्तो भएकाले बहिस्कारको निर्णय फिर्ता लिएर शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पत्रकारहरुसँग आग्रह गरेका थिए ।

तर पत्रकारहरुले मानेनन् । उनीहरु राष्ट्रपति भवनको मूलगेटबाट नारावाजी गर्दै बाहिरिएका थिए । पत्रकारहरु नआएकाकारण शपथ ग्रहण कार्यक्रमपनि निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको थियो । शपथमा करिव आधा दर्जन पत्रकारहरुमात्र उपस्थित थिए ।

-Sitaram Baral and Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®