Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

२२८ उमेदवारहरु बिना नागरिकता प्रमाणपत्र दर्ता, ६६ जनाको उम्मेदवारी रद्द

बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं,
April 2, 2008-
समानुपातिक तर्फका ६६ जनाको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । उमेर नपुगेको भन्दै आयोगले उनीहरुको उम्मेदवारी रद्द गरेको हो । संविधान सभा सदस्य बन्न २५ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान निर्वाचन ऐनमा छ । यसैगरी २२८ उमेदवारहरुले नागरिकता प्रमाण पत्र अहिलेसम्म नबुझाएको निर्वाचन आयोगले बताएको छ ।

उम्मदवारी रद्द हुनेमा एमालेका अर्चना गहतराज २४ वर्ष र अन्‍जु िसंह २२ वर्ष छिन् । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यो जानकारी दिएको हो ।

कांग्रेसकी महिला उम्मेदवार रुपाकुमारी फौजदार २४ वर्ष कोपनि उम्मेदवारी रद्द भएको छ भने माओवादीकी इश्वरी पन्तकोपनि उम्मेदवारी दर्ता रद्द भएको छ । उनको उमेरपनि २४ वर्षमात्र छ । १८ वर्षका हरिशरण जैसीलाई नेपाल जनभावना पार्टीले उम्मेदवार बनाएको भेटिएपछि उनकोपनि उम्मदेवारी रद्द भएको छ । उम्मेदवारी दर्ता गरिएकामध्ये सबैभन्दा कम उमेरका उनै देखिएका छन् ।

आयोगले दिएको जानकारी अनुसार नेकपा एकिकृत र राष्ट्रिय जनशक्ति पार्टीका ४-४ जना, लिग नेपाल शक्ति एकता पार्टीका ३ जना, राष्ट्रिय जनता दल, नेपाल जनता पार्टी, नवजनवादी पार्टी ३-३ जनाकोपनि उम्मेदवारी रद्द भएको छ । उम्मेदवारी सदर वा बदर गर्नकालागि आयोगले उमेरलाई प्रमुख आधार बनाएको देखिएको छ ।

यस आधारमा अन्य कैयौं पार्टीका उम्मेदवारहरुकोपनि उम्मदवारी दर्ता रद्द हुने देखिएको छ । किनभने उमेर खुल्नकालागि प्रयोग हुने नागरिकता प्रमाण पत्र उनीहरुले पेश गरेका छैनन् । आयोगले मंगलबारसम्म सम्बन्धित उम्मेदवारहरुलाई नागरिकता प्रमाण पत्र पेश गर्न भनेको छ । नागरिकता प्रमाण पत्र पेश नगर्नेमा ठूला दल नेका, माओवादी, एमालेदेखि मुस्कान सेना पार्टीसम्मका छन् ।

बताइए अनुसार राप्रपाका ८२, राप्रपा नेपालका ५८, राष्ट्रिय जनशक्ति पार्टीका १९, जनमोर्चा नेपालका १३ र नेपाली जनता दलका ९ जना छन् । यसैगरी नेकाका ४, माओवादीका १, नेकपा माले का ४, लिग नेपाल एकता पार्टीका १, समाजवादी पार्टी नेपालका ४, लोककल्याणकारी पार्टी नेपालका २, संघीय लोकतान्त्रिक संघीय मन्‍चका ६ जनाको नागरिकतापनि आयोगमा बुझाइएको छैन ।

यसैगरी तराई-मधेश लोकतान्त्रिक पार्टीका ४, नेपाली जनता दलका ९, दलित जनजाति पार्टीका ३, नेपाल राष्ट्रिय जनता दलका ३, राष्ट्रिय जनता दल नेपालका ३, ताम्सालिङ्ग नेपाल राष्ट्रिय दलबाट २, राष्ट्रवादी एकता दलबाट एक र मुस्कान सेना नेपालका १ उम्मेदवारकोपनि नागरिकता प्राप्त नभएको निर्वाचन आयोगले बताएको छ ।

-Vivek Baral in Kathmandu














































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®