|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
२ सय १९ आदिवासी जनजाति सभासद्हरुद्वारा 'जनजाति सभासद् सभा' गठन काठमाण्डौ, 2 Feb, 09- संविधान सभामा सहभागी जनजाति सभासद्हरुले 'जनजाति सभासद् सभा' गठन गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध सभासद्हरुको माघ १९ गते भएको छलफलबाट उनीहरुले नयाँ बन्ने संविधानमा जनजातिहरुको अधिकार सुनिश्चित गर्ने मूख्य उद्देश्यकासाथ 'जनजाति सभासद् सभा' गठन गरेका हुन् । ललितपुरको सानेपामा भएको छलफलमा सबै राजनीतिक दलबाट प्रतिनिधीमूलक तीन दर्जन जनजाति सभासद् सहभागी थिए । संविधान सभामा २ सय १९ आदिवासी जनजाति सभासद् छन् । जनजाति सभासद् सभाको छलफलले 'संविधान निर्माणमा आत्मनिर्णयको अधिकार, स्वायत्तता तथा स्वशासनसहित सङ्घीय राज्य निर्माण' शिर्षकको मस्यौदापत्र पारित गरेको छ । सभामा प्रत्यक राजनीतिक दलबाट एकजना महिला, एकजना पुरुष गरी दुई दुईजनाको प्रतिनिधित्व हुने गरी जनजाति सभासद् समिति गठन गर्ने सैद्धान्तिक सहमति भएको छ । यो सभाले जनजाति सभासद्हरुलाई जातीय आत्मनिर्णयको अधिकार सहितको जातीय आधारमा संघीय राज्य स्थापनाका लागि संविधान सभामा सशक्त रुपमा प्रस्तुत गराउनका लागि निर्णायक भुमिका खेल्नेछ । 'संविधान सभामा जनजातिको मुद्दामा एक भएर प्रस्तुत हुनका लागि हामीले सहमति गर्यौं ।' जनजाति सभासद्ले संविधान सभामा खेल्ने भूमिकाको विषयलाई टुङ्गो लगाउनका लागि माघ २९ गते 'जनजाति सभासद् सभा'को भेला बोलाईएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणासँगै नेपालका आदिवासी जनजातिहरु 'जातीय आत्मनिर्णयको अधिकारसहित जातीय र क्षेत्रीय आधारमा संघीय राज्य स्थापना' को मुद्दामा एक भएर अगाडि बढिरहेको छन् । संविधान सभामा उल्लेख्य संख्यामा जनजाति सभासद्हरु भएपनि उनीहरुले आफ्नो समुदायगत अधिकारमा एकजुट हुन नसकेको भन्ने आलोचना भईरहेको बेला उनीहरु संगठित भएका हुन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||