|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
थारु समुदाय र सरकारवीचको पहिलो चरणको वार्ता निश्कर्ष विहिन तराईका २० जिल्लालाई मधेश बनाइएकाले आन्दोलन गर्नु परेको काठमाण्डौ, 10 Mar, 09- तराईका विभिन्न जिल्लामा आन्दोलरत थारु समुदाय र सरकारवीचको पहिलो चरणको वार्ता निश्कर्ष विहिन भएको छ । राजधानीको बबरमहलस्थित होटल रिभिजिटेडमा फागुन २७ गते भएको वार्ता थप अध्ययन तथा तयारीको लागि स्थगित गरिएको सरकारी वार्ता टोली संयोजक शान्ति तथा पुर्ननिर्माण मन्त्री जर्नादन शर्माले बताए । शर्माले आन्दोलनरत समूहको तर्फबाट प्रस्तुत मागको बारेमा थप अध्ययन आवश्यक भएको उल्लेख गरेका छन् । वार्ता फागुन २८ गते पुन हुने मन्त्री शर्माले जानकारी दिए । आजको वार्तामा आन्दोलनरत समूह तर्फबाट दुई टोली सहभागी थिए । थरुहट संघर्ष समितिको तर्फबाट लक्ष्मण थारु तथा थारु कल्याणकारिणी सभाको तर्फबाट राजकुमार लेखीले नेतृत्व गरेका थिए । थरुहट संघर्ष समितिका संयोजक थारुले सरकार विना गृहकार्य प्रस्तुत भएकाले वार्ता निश्कर्ष विहिन भएको प्रतिकि्रया दिएका छन् । उनले राज्यको हरेका निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अन्तरिम संविधानमा उल्लेख भएको तराईका २० जिल्लालाई मधेश लेखिएको प्रावधान हटाउनु पर्ने सरकारले ल्याएको समावेशीकरण सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने लगायतका ९ बुँदै माग प्रस्तुत गरिएको जानकारी दिए । अर्को समूहको नेतृत्व गरिरहेका राजकुमार लेखीले सरकारले अन्तरिम संविधानको पहिलो संशोधन मार्फत तराईका २० जिल्लालाई मधेश बनाइएकाले नै आन्दोलन गर्नु परेको बताए । लेखीले आफूहरुले पनि ९ बुँदै माग प्रस्तुत गरेको जानकारी दिए । उनका अनुसार राज्यले तराईका २१ आदिवासी जनजातिलाई अन्तरिम संविधान र अध्यादेश मार्फत गरिएको मधेशीकरण तत्काल खारेज हुनु पर्ने उल्लेख गरे । विभिन्न आदिवासी जनजाति संघसंगठनको समर्थनमा थारु समुदायले फागुन १८ गतेदेखि तराईका विभिन्न जिल्लामा प्रर्दशन गर्दै आएका छन् । प्रर्दशनका कारण तराईको जनजीवन अस्तव्यस्त बनेको छ । हजारौं हजार यात्रु बाटोमै अलपत्र परेका छन् । आन्दोलनकै क्रममा चितवनमा मारिएका कमल चौधरी र विपिन खड्कालाई सरकारले सहिद घोषणा गरिसकेको छ । चितवनको टाँडीमा सशस्त्र प्रहरी जवान कुमार बुढाथोकीको ज्यान गएको थियो । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||