नेपालमा २० मुलुकका १५० जना बहिरा प्रतिनिधिहरु
भेला हुँदै
काठमाण्डौं, December 4, 2008- नेपालमा विश्व बहिरा महासंघ एशिया प्रसान्त
क्षेत्रीय सचिवालय सम्मेनल हुनेभएको
छ । सो सम्मेलन मंसीर २५ देखि २७ मंसिरसम्म पोखरामा हुने बताइएको छ ।
सम्मेलनमा विश्व बहिरा महासंघका अध्यक्षसहित २० मुलुकका १५० जना प्रतिनििध
सहभागी भई बहिराहरुको हकहितको सुनिश्चितताबारे छलफल हुने नेपाल राष्ट्रिय
बहिरा तथा सुस्त श्रवण महासंघले जनाएको छ ।
संघका अनुसार नेपालबाट २४ जिल्लाका ४८ बहिराहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा प्रत्येक देशको प्रतिवेदन पेश हुनेछ भने बहिराहरुको चौतर्फी
विकास र नेपालमा भएका कि्रयाकलापको अध्ययन एवं जानकारीपनि गराइने बताइएको छ
।