|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
चिनीया निम्तोसँगै १५ अर्ब रुपैयाँको ऋण सहयोग |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Prime Minister Prachanda and Chinese Minister Yang. Photo: Santa काठमाण्डौं, December 3, 2008- चिनीया प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणको निम्तो पठाएका छन्। नेपालको तीन दिने भ्रमणमा रहेका चीनका विदेशी मन्त्री याङ जेइचीले मंसिर १८ गते प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा मन्त्री याङले इस्वी संवत २००९ मा कुनै अनुकुल समय मिलाएर चीन भ्रमणको निम्ति पठाएको जानकारी दिए । करिब एक घण्टा लामो भेटवार्तामा मन्त्री याङले आफ्नो देशले नेपाललाई दुई सय मिलियन डलर ऋण सहयोग दिन चाहेको र यसको लागि नेपाल सरकारलाई आवश्यक तयारी गर्न आग्रह गरेका थिए । भेटवार्तामा मन्त्री याङले चीनमा १० करोड बुद्धिष्टहरु रहेको र बुद्धको प्रवित्र जन्मभूमि नेपाल लुम्बिनीमा उनीहरुलाई पर्यटकको रुपमा भित्राउन आफूले पहल गर्ने बताए । दुई देशवीचको सम्बन्ध सुधार गर्न तथा युवा शक्तिलाई प्रोत्साहित गर्न 'युथ एक्सचेन्ज' कार्यक्रम ल्याइने तयारी भईरहेको याङले जानकारी दिए । कसरी कति संख्या जस्ता विस्तृत तयारी भने भईनसकेको उनको भनाई थियो । तिब्बती विरोध आन्दोलनको सन्दर्भमा नेपाल सरकारले खेलेको सुरक्षा ब्यबस्थाको सराहना गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा रहेको याङले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपाल एक चिन नीति प्रति अडिग रहेको र चीनलाई ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीका विदेश परराष्ट्र मामिला सल्लाहकार हिराबहादुर थापाले बताए । |
|
|
प्रधानमन्त्री प्रचण्डले काठमाडौं -खासा रेल मार्गले जोड्न सके दुबै देशको आर्थिक उन्नती हुने बताउँदै यसको लागि पहल गर्न याङ मार्फत चीन सरकारको ध्याकर्षण गराएको पनि सल्लाहकार थापाले जानकारी दिए । प्रधानमन्त्रीले नेपालमा चीनको लगानी आवश्यक रहेको औंल्याएका थिए । नेपालमा विकास, शान्ति र स्थिरता हुँदा नै चीनको पनि हित हुने प्रधानमन्त्रीको भनाई थियो । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||