Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
रमाइलो:
पोखरामा पहिलो संघीय गणतान्त्रिक कप राष्ट्रिय फुटबल प्रतियोगिता शुरु


पोखरा, 18 Feb, 09- नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समितिको आयोजनामा आजदेखि पोखरा रङगशालामा संघीय गणतान्त्रिक कप राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भयो । सो प्रतियोगिताको उद्घाटन रक्षामन्त्री रामबहादुर थापा 'बादल'ले गर्नुभयो ।

सो अवसरमा मन्त्री बादलले राजनैतिक जसरी नै खेलकुदलाई जोड दिएर अगाडी बढाउनु पर्ने कुरा जोड दिनु भयो । बिश्वमा खेलकुद ब्यबसायी बन्दै गएकोले यसलाई अब नेपालमा पनि ब्याबसायिकतातर्फ लैजान सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

उक्त अबसरमा आयोजक तमुवान राज्य समितिले नेपाल सेभेन ए साईड फुटबल महासंघका केन्द्रीय अध्यक्ष नविन पुनलाई सम्मान गरेको छ । हालै भारतमा सम्पन्न सातौ आमन्त्रीत सेभेन ए साईड फुटबल प्रतियोगिता नेपाली सेभेन ए साईटको टोलीले महिला तर्फ प्रथम तथा पुरुष तर्फ दोश्रो भएको भन्दै आज सम्मान गरेको हो ।

यसैबीच आज भएको उद्घाटन खेलमा तमुवान राज्य समितिले थारुवान राज्य समितिलाई १ को बिरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्यो।

आयोजक तमुवान राज्य समितिको तर्फबाट नरेश केसीले खेलको ५४ औं मिनेट पहिलो गोल गरेका थिए भने विष्णु केसीले ६३ औ मिनेटमा अर्को गोल थप्दै आफ्नो टोलीलाई बिजयी तर्फ अगाडी बढाएका थिए । खेलको ७० औ मिनेटमा थारुवानका सागर बलले एक गोल गर्दै आफ्नो टोलीलाई २-१ को स्थितीमा
पुर्यानएका थिए । सागर बलले गोल गरेको ४० सेकेण्डेमै तमुवानकै बिमल मल्लले ७१ औं मिनेटमा गोल गरेका थिए । खेलको ८२ औ मिनेटमा आयोजक तमुवानका क्याप्टेन चन्द्रा गूरुङले पेनाल्टी सुटआउटमा एक गोल गरेका थिए भने खेलको अन्तीम समयमा चन्द्र गूरुङले एक गोल थप्दै गोल अन्तरलाई फराकिलो बनाएका हुन्‌ । तमुवानका खेलाडी बिनोद थापालाई डी एरीयामा बिपक्षी खेलाडीले लडाए पछि पाएको पेनाल्टीलाई चन्द्रले सदुपयोग गरेका हुन्‌ । आजको खेलमा म्यान अफ दी म्याच तमुवानका कृष्ण कुवंर चुनिए ।

प्रतियोगिताको दोस्रो दिन भोलिको खेल ताम्सालिङ राज्य समिति र किरात राज्य समिति बिच दोश्रो क्वाटरफाइृनल खेल हुने भएको छ ।

-Rajbahadur Gurung in Pokhara





   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®