Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

एमालेको राष्ट्रिय कार्यकर्ता भेलाले पारित गरेका १९ बुँदे प्रस्तावहरु



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेकपा -एमालेको हालै सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले पारित गरेका प्रस्तावहरु प्राप्त भएको छ । ती प्रस्तावहरु निम्न छन् :

१. कोशी नदीमा बनाइएको बाँध फुटेर जन-धनको अपूरणीय क्षति भएको छ । भारत सरकारले गर्नुपर्ने बाँधको मर्मत समयमै नगरेको र नेपाल सरकारले पनि त्यसमा समयमै आवश्यक ध्यान दिन नसकेकोले कोशी नदीको तटबन्ध भत्केर बाढीका कारण हजारौंले विस्थापित जीवन बिताउनु परिरहेको छ । विस्थापितहरुले आवश्यक सहयोग पाउन सकिरहेका छैनन् भने कोशी नदीलाई पुरानै ठाउँबाट बगाउन बाँधको पुनर्निर्माण गर्ने काम पनि तदारुकताकासाथ भैरहेको छैन । कोशी सम्झौता अनुसार बाढीबाट भएको क्षतिको क्षतिपूर्ति नेपाल सरकारले भारत सरकारसँग अझै माग गरेको छैन र भारत सरकारले क्षतिपूर्ति दिने चासो पनि देखाएको छैन । यो भेला कोशीका बाढी पीडित जनताका लागि आवश्यक सम्पूर्ण व्यवस्था राम्ररी गर्न क्षतिपूर्ति यकिन गरी भारत सरकारसँग दावी गर्न र बाँध मर्मत छिटो गराउन आवश्यक कदम चालियोस् भनी नेपाल सरकारसँग माग गर्दछ ।
२. बाढी डुबान र पहिरोले सुदूरपश्चिम र मध्य पश्चिमका पहाडी र तराईका थुप्रै जिल्लाहरु गम्भीर रुपले प्रभावित भएका छन् । थुप्रैको ज्यान गएको छ र बालीनाली लगायत करौडौंको क्षति भएको छ । भारतले सीमा क्षेत्रमा बनाएको गिरिजापुरी कैलाशपुरी बाँधको ढोका समयमै नखोलिदिएको कारण सुदूरपश्चिमका कैलाली र कन्‍चनपुर जिल्ला डुबान र कटानमा परेका छन् र त्यहाँका जनताले बाढीको विपत्ती भोग्नु परेको छ । त्यस्तै बर्दिया जिल्लामा पनि बाढीबाट जनता पीडित भएका छन् । बाढी पीडितहरुलाई राहत र अन्य आवश्यक सरसहयोग तत्काल पुर् याउन बिग्रे-भत्केका संरचनाहरुको पुनः निर्माण गर्न तथा आगामी वर्षादमा यस्तो समस्या पुनः नहोस् भन्नका लागि भारत सरकारसँग कुराकानी अघि बढाउन यो भेला नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
३. नेपाल-भारतबीच रहेको खुला सीमाना र सीमाको जग्गा मिच्ने भारतीय प्रबृत्तिले गर्दा कालापानी सुस्ता लगायत विभिन्न ठाउँमा नेपाली भूमि मिचिएको छ । मिचिएको भूमि फिर्ता गराउने र आफ्नो सिमानाको रक्षा गर्ने आवश्यक कदम तत्काल चाल्न यो भेला नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
४. नयाँ संविधान निर्माण गरेर देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउन राजनीतिक दलहरुका बीच राष्ट्रिय सहमति अपरिहार्य भएकोले यो भेला सम्पूर्ण प्रमुख राजनीतिक दलहरुलाई यसतर्फ आवश्यक ध्यान दिएर अघि बढ्न हार्दिक आग्रह गर्दछ ।
५. संविधान सभाको निर्वाचन भएको ६ महिना पुगीसक्दा पनि संविधान निर्माणको काम शुरु हुन नसक्नु दुःखद भएकोले यो भेला संविधान निर्माणको लागि तत्काल पाइला चाल्न र संविधान निर्माणको प्रकृया शुरु गर्न नेपाल सरकार र संविधान सभाको ध्यानाकर्षण गर्दछ ।
६. नेपाल र भारतका बीच विद्यमान १९५० को सन्धी परिवर्तनका लागि नेकपा एमाले को नौ महिने सरकारको बेलामा भारत सरकार समक्ष प्रस्ताव राखिएको थियो । तर अझैसम्म पनि उक्त सन्धी परिवर्तन भएको छैन । सन् १९५० को सन्धी लगायत नेपाल-भारतबीच विद्यमान अन्य सन्धीहरुको समेत पुनरावलोकन गरी तिनलाई नेपालको राष्ट्रिय हित अनुकूल बनाउनको लागि आवश्यक पाइला चाल्न यो भेला नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
७. बढ्दो महंगीले गर्दा आम नेपाली जनताको जीवन झनझन् कष्टकर बन्दै गएको छ । देशका दुर्गम र पिछडिएका क्षेत्रहरुमा खाद्यान्नको अभाव भइरहेको छ । खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुमा अत्याधिक मूल्य बृद्धि भएको छ । खाना पकाउने ग्याँस र मट्टितेलको अभावले अहिले पनि जनता आक्रान्त छन् । बढ्दो मूल्य बृद्धि नियन्त्रण गर्न र खाना पकाउने ग्याँस-मट्टितेल लगायत दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ बनाउका लागि तत्काल प्रभावकारी कदम चाल्न यो भेला नेपाल सरकारसँग माग गर्दछ।
  ८. नेकपा माओवादी र सात राजनीतिक दलबीच भएका विभिन्न सहमतिहरु अनुरुप र माओवादी नेताहरुले बारम्बार सहमति जनाए अनुरुप द्वन्द्वका समयमा कब्जा गरिएका घर जग्गा लगायतका सम्पत्ति फिर्ता गर्ने काम अझै भएको छैन । लुटिएका सम्पत्ति र कब्जा गरिएका घर-जग्गाहरु फिर्ता गर्ने काममा माओवादी नेताहरुले ध्यान नदिएकोले सम्पत्ति फिर्ता नभएको हो । सहमति कार्यान्वयन नगर्ने प्रवृत्तिको भत्स्रना गर्दै कब्जा गरिएका घर-जग्गा र लुटिएको सम्पत्ति तत्काल फिर्ता गर्न यो भेला नेकपा माओवादीको ध्यानाकर्षण गराउँदछ । माओवादी पीडितहरुलाई आवश्यक राहतको व्यवस्था गर्न र माओवादीहरुद्वारा कब्जा गरिएका घर-जग्गा सम्बन्धितहरुलाई नै फिर्ता गराउन सरकारले तत्काल ठोस पाइला चालोस् भनी यो भेला माग गर्दछ ।
९. सूर्खेत जिल्लाका लोकपि्रय एमाले नेता कमरेड ऋषि शर्मा बर्दिया जिल्लाका लोकप्रिय नेता कमरेड गोविन्द पाण्डे र कास्कीका एमाले कार्यकर्ता ऋषि सुबेदीको हत्या गरिएको छ । हत्याराहरुलाई पक्राउ गरेर कार्वाही गर्न उहाँहरुलाई शहीद घोषणा गर्न र परिवारलाई तत्काल क्षतिपूर्ति दिन यो भेला नेपाल सरकारसँग माग गर्दछ । त्यस्तै सशस्त्र द्वन्द्वको समयमा मारिएका नेकपा एमालेका नेता-कार्यकर्ताहरुलाई शहीद घोषण गरी परिवारलाई क्षतिपूर्ति दिन पनि यो भेला सरकारसँग माग गर्दछ ।
१०. नेकपा एमालेका कार्यकर्ताहरु माथि राजनीतिक षड्यन्त्र र पूर्वाग्रहका कारण लगाइएका विभिन्न मुद्दाहरु तत्काल फिर्ता लिएर राजनीतिक कार्यकर्ताहरुलाई रिहा गर्न यो भेला नेपाल सरकारसँग माग गर्दछ।
११. डिफेन्स आर्मीका नामबाट बिराटनगरका मस्जिदहरुमा गराइएका बम बिष्फोटका घटनाहरुको यो भेला घोर भत्स्रना गर्दछ । सामाजिक सद्भावमा आँच पुर् याउन यस्ता अराजक र िहंसात्मक घटना घटाउने प्रवृत्तिको कडा आलोचना गर्दै यो भेला अपराधीहरुलाई खोजी गरी कार्वाही गर्न घाइतेहरुको राम्रोसँग उपचार गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन नेपाल सरकारसँग माग गर्दछ ।
१२. देशको मध्य तराईमा दिनहुँ बम बिष्फोट गर्ने र व्यक्तिहरुको अपहरण र हत्या गर्ने जस्ता कृयाकलापहरु जारी छन् । अनेकौं सशस्त्र समूहका नाममा अपराधी तत्वहरु कृयाशील भएका छन् । शान्ति सुरक्षाको अभावले त्यहाँबाट मानिसहरु विस्थापित हुँदैछन् । यस्ता अवान्छित र शान्ति-सुरक्षा विरोधी कृयाकलपाहरु तत्काल रोक्न र शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउनका लागि सररकाले तत्काल प्रभावकारी कदम चालोस् भनी यो भेला माग गर्दछ । त्यस्तै पूर्वी पहाडमा विभिन्न नाममा भइरहेका अराजक र िहंसात्मक गतिविधिहरु नियन्त्रण गर्न यो भेला सरकारको ध्यानाकर्षण गर्दछ ।
१३. विदेशी र अवान्‍छित शक्तिहरुको स्वार्थ र ईशारामा नेपालको राष्ट्रिय एकता र जनताबीच कायम सद्भावलाई विथोल्न जातीय र क्षेत्रीय भावना चर्काएर द्वन्द्व उत्पन्न गराउने कार्यमा अनेकौं शक्तिहरु लागिपरेका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई अझ बलियो बनाउँदै नेपाली जनताबीच कायम एकता र सामाजिक सद्भावलाई अझ सुदृढ तुल्‍याउन यो भेला सवै प्रकारका गलत विचारहरुका विरुद्ध जुद्धै नेपालीहरु बीचको राष्ट्रिय एकता र सद्भावलाई बलियो बनाएर अघि बढ्न सम्पूर्ण देशवासीमा हार्दिक आव्हान गर्दछ ।
१४. सात राजनीतिक दलहरुका बीच भएको सहमति र प्रधानमन्त्री तथा नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वाई.सी.एल. 'योङ कम्युनिष्ट लिग' को अर्धसैनिक संरचना र व्यारेक प्रणाली खारेज गर्ने भनी सार्वजनिक रुपमा प्रतिबद्धता जनाएको लामो सयम वितीसक्दा पनि सो अनुरुप गरिएको छैन बरु उल्टो वाई.सि.एल. को आतंक कुटपिट र लुटपाट जारी छ । वाई.सि.एल. को आतंक र अराजक गतिविधिको भत्स्रना गर्दै यो भेला आफ्नो बचनबद्धता तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछ ।
१५. गोरखा भूतपूर्व सैनिकहरुले न्याय र समानताको लागि अघि सारेका मागहरुको नेकपा एमाले ले निरन्तर समर्थन गर्दै आएको छ । यस सन्दर्भमा गोरखा भूतपूर्व सैनिक संघ (GAESO) को अगुवाईमा बृटिश अदालत समेतमा पुगेर गरेको आन्दोलनले पाईरहेको सफलताप्रति हार्दिक बधाई ज्ञापन गर्दै बृटिश गोरखा भूतपूर्व सैनिकहरुले न्याय र समानताका लागि अघि सारेका अन्य सवै मागहरु पूरा गर्न नेपाल सरकारले बृटिश सरकारसँग अविलम्ब वार्ता गरोस् भनी यो भेला नेपाल सरकारसँग माग गर्दछ ।
१६. अमेरिका युरोप लगायत विश्व पूँ
जीवादी बजारमा देखा परेको गंभीर वित्तीय संकटले पूँजीवाद र खुला बजार अर्थतन्त्र नै सबै समस्याको समाधान हो भन्ने मान्यतालाई खण्डित गरेको छ र समाजवादको अपरिहार्यतालाई पुनः पुष्टि गरेको छ । विश्व वित्तीय संकटको असरबाट नेपाल प्रभावित नहोस् भन्ने कुरमा सजग रहँदै आवश्यक पूर्व कदमहरु चाल्न नेपाल सरकार समक्ष यो भेला माग गर्दछ ।
१७. विद्युतको अभावका कारण नेपालको अर्थतन्त्र तथा जनजीवन नराम्ररी प्रभावित भइरहेको छ । देशले हप्तामा ३५ देखि ४० घण्टासम्म विद्युत कटौती लोडसेडिङ को सामना गरिरहेको छ । यसबाट उद्योग-व्यवसाय नराम्ररी प्रभावित भई कतिपय उद्योग-व्यवसाय बन्द भएका छन् वा बन्द हुने अवस्थामा पुगेका छन् । हालको माग तथा भविष्यमा जनताको दैनिक जीवनको आवश्यकता परिपूति गर्न तथा नयाँ उद्योग-व्यवसाय स्थापना गर्न र गराउन कति समयावधिमा कति विद्युतको आवश्यकता पर्दछ तथा त्यसको नियमित आपूर्ति कसरी गर्ने भन्ने ठोस योजना बनाई सोही अनुरुप विद्युत उत्पादन गर्नु अपरिहार्य भएको छ । यस्तो अवस्थामा सहजै विद्युत उत्पादन गर्न सकिने नदी-नालाहरुबाट प्राथमिकताका साथ सर्वप्रथम देशको आवश्यकता पूर्ति गर्ने उद्देश्यले विद्युत उत्पादन गर्नुपर्दछ । देशको आवश्यकता पूर्ति गरेर विद्युत निर्यात गरी देशको आय बृद्धि गर्ने कार्य गर्नुपर्दछ । अतः देशका ठूला जल विद्युत आयोजनाहरु संचालन गर्दा सर्वप्रथम राष्ट्रिय हितलाई ध्यानमा राखेर स्थानीय जनताका सरोकार एवं मागहरुलाई संवोधन गरेर मात्र संचालन गर्न यो राष्ट्रिय कार्यकर्ता भेला नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१८. केन्द्रीय प्रचार विभाग सदस्य, सिद्धहस्त पत्रकार तथा लेखक अग्निशिखाको असोज ६ गते असामयीक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धान्‍जली अर्पण गर्दछ । साथै यो भेला शोक-सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछ ।
१९. राष्ट्रिय कार्यकर्ता भेलाको सफलताको लागि विभिन्न किसिमले सहयोग पुर्याउनु हुने सबैप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®