|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
शाहीकालका १९ जिविसका सभापति, ८ नगरपालिकाका
प्रमुखहरुलाई कारवाही गरिने काठमाण्डौं, November 12, 2008- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहीकालमा राष्ट्रिय ढुकुटी दुरुपयोग गर्ने १९ जिल्ला विकास समितिका तत्कालीन सभापति, ८ नगरपालिकाका प्रमुख र १२ नगरपालिकाका कार्यकारी अधिकृत र एक उपप्रमुखलाई कारवाही गर्ने भएको छ । यसका लागि १० जना अधिकृतलाई अनुसन्धानमा खटाइएको आयोगले जनाएको छ । रायमाझी आयोगले दिएको प्रतिवेदनका आधारमा ५० हजार रुपैयाँभन्दा बढी रकम खर्च गरी रकम दुरुपयोग गर्नेहरुमाथि आयोगले कारवाही चलाउन लागेको हो । तेर्हथुम, मोरङ, सप्तरी, ओखलढुङ्गा, दोलखा, धनुषा, सर्लाही, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, ललितपुर, कास्की र लमजुङ जिल्ला विकास समितिका तकालीन सभापति कारवाहीको सूचिमा परेका छन्। त्यस्तै नवलपरासी, कपिलवस्तु, वाँके र सुर्खेतका जिल्ला विकास समितिका तत्कालीन सभापतिहरु कारवाहीको दायरामा परेका छन् । मेची नगर, धरान, धुलिखेल, बनेपा, विदुर, वीरेन्द्रनगर, महेन्द्रनगर, अमरगढी नगरपालिकाका तत्कालीन प्रमुख र वीरगन्ज उपमहानगरपालिकाका तत्कालीन उपप्रमुखमाथि अख्तियारले कारवाही अगाडि बढाउने भएको छ । यसैगरी, विराटनगर नगरपालिका बोर्ड, जनकपुर उपमहानगरपालिका, गौर, कलैया, वीरगन्ज, हेटौंडा, भक्तपुर, विदुर, नेपालगन्ज नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत कारवाहीको दायरमा परेका छन् । त्यस्तै बुटवल र सिद्धार्थ नगर नगरपालिका कार्य सन्चालन समितिका तत्कालीन कार्यकारी अधिकृतमाथि अख्तियारले कारवाही अगाडि बढाउने आयोगले जानकारी दिनुभएको छ । -Khagendra Makhim in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||