Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नीति तथा कार्यक्रममा १९ वटा संशोधन दर्ता

काठमाडौँ, September 11, 2008- सरकारको तर्फबाट राष्ट्रपति डा. रामवरण यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १९ वटा संशोधन दर्ता भएको छ ।

संशोधनको लागि भदौ २६ गते साँझ ५ बजेसम्मको समय सिमा निर्धारण गरिएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नीति तथा कार्यक्रममा संविधान सभा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग, नेपाली जनता लगायत सबैलाई धन्यबाद दिए पनि आफ्नो पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धन्यवाद नदिएकोमा आपत्ति जनाएको छ । उनलाई धन्यबाद दिनु पर्ने कुरा संशोधन पत्रमा उल्लेख गरेको छ ।

यसैगरी सरकारले जनयुद्ध, जनमुक्ति सेना जस्ता शब्दको प्रयोग गरेर बृहत शान्ति सम्झौता उलंघन गरेको काँग्रेसको ठहर छ । जनयुद्ध, मधेश आन्दोलन तथा जनआन्दोलन २०६२/६३ वाहेकका आन्दोलनमा सहिद भएकालाई समेत क्षतीपूर्ति दिनु पर्ने कुरामा काँग्रेसले संशोधन हालेको हो ।

अर्को प्रतिपक्ष दल तराई मधेश लोकतान्त्रिक पार्टीले हालेको संशोधनमा द्धन्द्धकालमा डराएर जागिर छाडेकाहरुलाई ससम्मान पूर्वक पदवहाली गर्नु पर्ने उल्लेख छ ।

तमालोपाको संशोधनको १९ औ बुँदामा पेज नम्बर २३ को आठौं हरफमा 'गरेर' पछि' जनआकांक्षा अनुरुपको स्वायत्त मधेश प्रदेश लगायत अन्य प्रदेशहरुको निर्माण गर्दै ।' भन्ने थप्न भनिएको छ । आन्दोलनरत समूहसँग गरिएका सबै सम्झौताहरु ६ महिना भित्र पुरा हुनु पर्ने सो पार्टीको संशोधनमा जनाइएको छ ।

संशोधन हाल्ने अन्य पार्टीहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा संयुक्त, नेकपा एकिकृत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनशक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍च, चुरे भावर राष्ट्रिय एकता पार्टी, सद्भावना आनन्दीदेवी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, दलित जनजाति पार्टी, समाजवादी प्रजातान्त्रिक जनता दल नेपाल छन् ।

यस वाहेक नेकपा एमाले सभासद पासाङ्ग शेर्पा र स्वतन्त्र सभासद सदरुल मिया हकले पनि सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रश्ताव दर्ता गरेका छन् । मनोनित २६ जनामा एमालेको कोटामा परेका शेर्पाले पार्टीको तर्फबाट नभई मन्त्री परिषदबाट मनोनित सभासदको हैसियतमा संशोधन हालेको बताएका छन्।

-Santa Bagam in Kathmandu





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®