|
|
राजधानीमा विहान ८ बजेदेखि शुरु भएको छलफलमा माओवादी वाहेकको सरकार बने देश
र जनताको लागि दुर्भाग्य हुने उनीहरुको ठहर रहेको छ । सहमतीको सरकार र
समानुपातिक निर्वाचन प्रणाली शीर्षकको सो छलफल कार्यक्रमको आयोजना नेपाली
जनता दलले गरेको हो ।
छलफलमा सहभागी सबै नेताहरुले नेपाल जस्तो भाषिक, जातीय, क्षेत्रीय,
धार्मिक, विविधता रहेको मुलुकमा पूर्णसमानुपातिक व्यवस्था सबैभन्दा बढी
उपयुक्त हुने धारणा राखेका थिए ।
सोह्र दलमा नेपाली जनता दल, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय
प्रजातन्त्र पार्टी, समाजावादी प्रजातान्त्रिक पार्टी, नेपाल राष्ट्रिय
जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा एकिकृत, नेकपा
माले, नेकपा संयुक्त, दलित जनजाति पार्टी, नेपाल सद्भावना पार्टी
आनन्दीदेवी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेपा:
राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरे भावर राष्ट्रिय
एकता पार्टी नेपाल छन् ।
-Santa Bagam in Kathmandu |
|