Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नयाँ नेपालको नयाँ बर्ष: दैनिक १६ घण्टा अँध्यारोमा बस्ने दिन आउँदैछ
विद्युतको माग दैनिक १ करोड ८ लाख युनिट तर उत्पादन ७० लाख युनिट मात्रै

काठमाण्डौं, December 26, 2008- दैनिक १० घण्टा अँध्यारोमा बस्दै आएका जनताहरुले अब थप दैनिक १६ घण्टासम्म अँध्यारोमा बस्नु पर्ने भएको छ । सरकारले पुस १० गते एक कार्यक्रम मार्फत राष्ट्रिय विद्युत संकटको घोषणा गरेको छ ।

बढ्दो विद्युत माग पुरा गर्न तत्कालीन अल्पकालीन र दीर्घकालीन योजना सहित संकटको घोषणा गरिएको हो । जलस्रोत मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जलस्रोत मन्त्री बिष्णु पौडेलले उर्जा संकट छ भन्ने यथार्थ जानकारी दिन र संकट समाधान गर्ने पहल गर्न संकट घोषणा गरिएको बताएका हुन्‌ । पत्रकार सम्मेलनमा संकट समाधान गर्न ३५ बूँदे राष्ट्रिय विद्युत संकट निरुपण कार्ययोजना सार्वजनिक गरिएको छ।

कार्ययोजनामा २५ वटा तत्कालीन, ३ वटा अल्पकालीन र ७ वटा दीर्घकालीन योजना छन् । कार्ययोजनामा २०६८ सालसम्ममा विद्युत उत्पादन गर्न सक्ने आयोजनाले सात वर्षसम्म आयकर छुट पाउने उल्लेख छ । तत्कालीन कार्ययोजनामा २५ मेगावाटसम्मको जलविद्युत आयोजनाका लागि एकमुष्ठ विद्युत खरीद दर निर्धारण गर्ने, भारतबाट विद्युत आयात गर्ने र आयातित विजुली बेच्दा नेपाल विद्युत प्राधिकरणलाई हुने घाटा सरकारले अनुदान दिने कुरा उल्लेख छ । यसैगरी आउँदो फागुनसम्ममा कोशीले बिगारेको प्रशारण लाइन बनाएर पुननिर्माण गर्ने लक्ष्य राखिएको छ ।

माघदेखि कम विद्युत खपत गर्ने सीएफएल चीम प्रयोग अभियान शुरु गरिने र सीएफएल चीम एउटा किन्दा अर्को सित्तैमा दिइने मन्त्री पौडेलले जानकारी दिनुभयो । मध्य मस्र्याङ्दीमा काम पुरा भएको दावी गर्दै मन्त्री पौडेलले परीक्षणको प्रकि्रया बाँकी रहेकोले विद्युत उत्पादन गर्न केही हप्ता लाग्ने बताए । सरकारले भोलीदेखि होर्डिङ बोर्डमा प्रकाश नदिने पनि घोषणा गरेको छ ।

यसैबीच भार प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले आईतवार तालिका सार्वजनिक गर्ने र सोमबारदेखि दैनिक १२ देखि १४ घण्टासम्म लोडसेडिङ गर्ने बताएका छन्‌ । उनले फागुनदेखि लोडसेडिङ बढेर दैनिक १६ घण्टासम्म हुने पनि जानकारीसमेत दिए । माग र आपूर्तिको अवस्था एकदमै असन्तुलित रहेककाले यस्तो निर्णय लिनु परेको भाटले उल्लेख गरे ।

विद्युतको माग दैनिक १ करोड ८ लाख युनिट भएकोमा ७० लाख मात्रै विद्युत उत्पादन हुँदै आएको छ । उर्जा अभावका कारण साना, ठूला उद्योगधन्दा, सुरक्षा, विद्यार्थीको पठनपाठन, विद्युतीय सन्‍चार लगायतका प्राय: सबै क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®