|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
८०० वटा जिल्ला र १५ वटासम्म राज्यको प्रस्ताव आउँदै काठमाण्डौं, November 10, 2008- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचना कस्तो हुने भन्ने सम्बन्धको राज्य पुनस्रंरचनाका लागि सरकारले अध्ययन सुरु गरेको छ । संस्कृति तथा राज्य पुनस्रंरचनामन्त्री गोपाल किराँतीले आइतबार संचारकर्मीहरुसँगको कुराकानीमा राज्य पुनस्रंरचनाका लागि सरकारले अध्ययन सुरु गरेको जानकारी दिनुभएको हो । मन्त्रालयका तर्फबाट तीन तहको राज्य संरचनाको खाका तयार गरिने बताउँदै मन्त्री किराँतीले आउने दश दिनभित्रै मन्त्रालयको खाका बहसका लागि सार्वजनिक गरिने जानकारी दिनुभयो । 'केन्द्रीय सरकार, राज्य सरकार र स्थानीय सरकार गरी तीन तहको राज्य व्यवस्था कायम गर्न लागिएको छ' उहाँले भन्नुभयो 'त्यसका लागि ८०० वटा जिल्लाको प्रस्ताव तयार भइरहेको छ ।' उहाँले १५ वटासम्म राज्यको प्रस्ताव आगामी साता नै छलफलका लािग ल्याउन लागेको पनि जानकारी दिनुभयो । माओवादीको अवधारणा अनुसार १३ वटा राज्य हुने भनिए पनि त्यो संख्या बढ्नसक्ने बताउँदै मन्त्री किराँतीले अन्तिम निर्णय भने संविधान सभाले नै गर्ने स्पष्ट पार्नुभयो । उहाँले सबैले बुझ्नसक्ने किसिमले प्रस्तावका करौडौं प्रति प्रकाशन गरी आमनेपालीका बीचमा छलफलका लागि पठाइने पनि जानकारी दिनुभयो । मन्त्री किराँतीले भन्नुभयो 'राज्य पुनस्रंरचनाका लागि अहिलेका गाविसहरुलाई संयोजन गर्दा जनस्तरबाट विरोध हुने भएकाले तिनलाई जिल्लाको रुप दिने प्रस्ताव अगाडि सारिएको हो ।' उहाँले गाउँहरु एकअर्कामा मिलाउँदा कुनै क्षेत्रमा विवाद भएको खण्डमा इलाकास्तरमा पनि जनमत संग्रह गरी निर्णय गरिने स्पष्ट पार्नुभयो । जातीय र भाषिक आधारमा राज्यको पुनस्रंरचना हुने माओवादीले भन्दै आएपनि मन्त्री गोपाल किराँतीले भने भूगोल त्यसपछि जाति र भाषाको आधारमा राज्यको पुनस्रंरचना गर्नुपर्ने मान्तताका आधारमा आफूले अध्ययन थालेको बताउनुभयो । -Khagendra Makhim in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||