सदन सुचारु गर्ने सहमती, दलित समुदायका विद्यार्थीको १५
प्रतिशत आरक्षण कायम काठमाण्डौं,January 6, 2009-
प्रधानमन्त्री निवास बालुवाटारमा पुस २२ गते विहान नौ बजे
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारमा सहभागी ६ तथा काँग्रेस र
तराई मधेश लोकतान्त्रिक पार्टीको बैठकले विभिन्न पक्षको अवरोधका कारण
स्थगित सदन सुचारु गर्न सहमती गरेको छ ।
सदन सुचार गर्ने सहमति भएपछि आजको व्यवस्थापिकाको वैठकमा प्रधानमन्त्री
पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली काँग्रेसको ९ बुँदे माग लगायतका विषयमा
संवोधन गर्ने भएको छ ।
आज दिनको तीन बजे संविधान सभा तथा तीन तीस बजे व्यवास्थापिका संसदको वैठक
बस्ने भएको छ।
यसै गरी आठ राजनैतिक दलवीच यस अघि दलित समुदायका विद्यार्थीलाई दिँदै आएको
१५ प्रतिशत आरक्षण यथावत राख्ने सहमति भएको छ । प्रधानमन्त्री निवास
बालुवाटारमा पुस २२ गते बसेको वैठकले यस्तो सहमती गरेको हो ।
विगतमा १५ प्रतिशत आरक्षण पाउँदै आएका दलित समुदायले गणतान्त्रिक सरकारको
पालामा झन ९ प्रतिशतमा झर्नु परेको भन्दै दलित जनजाति पार्टी लगायत अन्य
साना पार्टी तथा स्वतन्त्र सभासदहरुले सदनमा विरोध गर्दै आएका थिए ।
व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको शिक्षा विधेयकमा दलितलाई ९
प्रतिशत मात्र आरक्षण दिने उल्लेख गरिएको थियो ।