१५ जिल्लाका प्रजिअहरुको दुखेसो: द्धन्द्धपिडितलाई राहत बितरण गर्न
जनशक्तिको अभाव
नेपालगंज, 15 Feb, 09- मध्यपश्चिम क्षेत्रका प्रमुख जिल्ला
अधिकारीहरुले द्धन्द्धपिडितलाई राहत बितरण तथा अन्य अत्यावश्यक कार्यका
लागि जनशक्ति अभाव रहेको बताएका छन् ।
शान्ति तथा पुननिर्माण मन्त्रालयले सनिबार नेपालगंजमा आयोजना गरेको
अन्तरकृयामा सहभागि शान्ति मन्त्रि जनार्दन शर्मा र मन्त्रालयका सचिव माधब
प्रसाद घिमिरे समक्ष प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा जनशक्ति अभाव
रहेको बताएका हुन् ।
प्रजिअहरुले द्धन्द्धपिडित तथा शहिद परिवारका नाममा आएको रकम स्पष्ट
कानुनको अभावमा बितरण गर्न समस्या उत्पन्न हुने धारणा राखेका छन् ।
द्धन्द्धपिडितलाइृ राहत बितरण गर्नेक्रममा लगत संकलनका लागि जनशक्ति अभाव
रहेको, प्रयाप्त श्रोतको अभावमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकिएको
गुनासो प्रजिअहरुले मन्त्रि र सचिव समक्ष राखेका थिए ।
अन्तरकृयामा सहभागि मन्त्रि जनार्दन शर्मा र सचिव माधबप्रसाद घिमिरेले
जिल्ला तहमा देखिएका समस्या छिट्टै समाधान गरने बताउदै स्थानियस्तरमा
सक्नेजति कार्य गर्न प्रजिअहरुलाइृ निर्देशन दिनु भएको छ ।
अन्तरकृयामा क्षेत्रिय प्रशासक बिनोद ज्ञवाली सहित पन्ध्रै जिल्लाका
प्रजिअको सहभागिता रहेको छ ।