Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

तराईमा आन्दोलनरत १४ सशस्त्र संगठनहरुले साझा मोर्चा बनाए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकारद्वारा वार्ताका लागि आव्हान

काठमाडौँ, October 3, 2008- सरकारले तराईमा आन्दोलनरत सशस्त्र र निशस्त्र समूहलाई वार्ताका लागि आव्हान गरेको छ । असोज १७ गते बसेको मन्त्री परिषदको वैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुसँग वार्ता गर्नको लागि सरकारले शान्ति तथा पुनरनिर्माण मन्त्री जनार्दन शर्मा 'प्रभाकार'को संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको छ । समितिका सदस्यहरुमा शिक्षा मन्त्री रेणुकुमारी यादव र स्थानीय विकास मन्त्री रामचन्द्र झा रहेका छन् ।

यसैवीच तराई्रमा हिंसात्मक संघर्ष गरिरहेका विभिन्न १४ वटा भूमिगत संगठनहरुले भारतको विहार राज्यमा एक सातादेखि जारी बैठकमा साझा मोर्चा बनाउने र सरकारसँग सशर्त वार्ता गर्ने लगायत १५ बुँदे सहमति गरेका छन् ।

एक हप्तादेखि भारतको विहारस्थित कटिहारमा बसेको गोप्य वैठक १५ बुँदै सहमति सहित गएराति सम्पन्न भएको बैठकस्थलबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा 'रणवीर' समूहका महासचिव विवश विद्रोहीले अज्ञात स्थलबाट टेलिफोन मार्फत जानकारी गराएका हुन्‌ ।

त्यहाँ संघर्षरत १४ वटै भूमिगत संगठनबीच कार्यगत एकता गर्ने मूल एजेण्डामा बैठकमा गम्भीर छलफल भएपनि सहमति जुट्न नसक्दा तत्कालका लागि संयुक्त मोर्चा बनाई अघि बढ्न भूमिगत संगठनहरु तयार भएको बताइएको छ ।
सबै संगठन हाँक्न सक्ने साझा नेता छान्ने विषयमा तीन दिनदेखि बैठकमा चर्को विवाद उत्पन्न भएपछि तत्कालका लागि मोर्चाबन्दी मात्रै गर्ने सहमति भएको हो । संयुक्त सशस्त्र मोर्चाको संयोजकमा 'सन्देश' उपनामका मनेजर महतो र उपसंयोजकमा विबश विद्रोहीलाई मनोनित गरिएको छ ।

भूमिगत संगठनहरुको एकीकरण गर्ने लक्ष्यका साथ गठित संयुक्त सशस्त्र मोर्चाले आउँदो एक महिना भित्र विशेष सम्मेलन गरी तराईका सबै सशस्त्र संगठनहरुलाई पार्टीगत रुपमा एकिकरण गर्ने जिम्मेबारी पाएको उपसंयोजक विद्रोहीले जनाएका छन् ।

उनीहरुले हिन्दुहरुको पर्व वडा दशैंलाई ध्यान दिँर्दै असोज २० गतेदेखि कार्तिक ५ गतेसम्म १५ दिन युद्धविरामको घोषणा पनि गरेका छन् । युद्धविरामको अवधिमा कुनै किसिमको फौजी कारवाही नगर्ने र यसै अवधिमा सरकारले वार्ताको लागि आह्वान गरे जिम्मेवारी पाएका नेताहरु सरकारसँग वार्तामा बस्ने बुँदामा पनि हस्ताक्षर भएको छ ।

यसैगरी मोर्चाका संयोजक सन्देशले आफ्ना केही सर्त सरकारले पूरा गरे मात्र वार्तामा बस्ने टेलिफोनमा बताउनुभएको छ । तर १५ बुँदे सहमतिमा वार्तालाई ट्याक्टिसका रुपमा उपयोग गर्नेसमेत सहमति भएको स्रोतले जनाएको छ । स्रोतको भनाइलाई पुष्टि गर्दै संयोजक सन्देशले टेलिफोनमा भन्नुभयो - मोर्चामा रहेका अधिकांश नेताहरुले एकपटक वार्तामा वसेर पनि हेरौन भनेका छन् आह्वान भए वार्तामा पनि बस्छौं ।
  यसैवीच आजको मन्त्री परिषदको वैठकले ५० प्रतिशत सजाय पुरा गरेका तथा ७० वर्ष उमेर पुगेका ३ सय ७२ कैदी रिहा गर्ने निर्णय गरेको छ । राजनीतिका आस्थाका बन्दीहरुको मुद्दा फिर्ता लिएर उनीहरुलाई पनि रिहा गरिने सरकारका प्रवक्ता कृष्णबहादुर महराले वैठक पछि जानकारी गराए । यसको लागि गृह र कानुन मन्त्रालयलाई आवश्यक कारवाही अगाडि बढाउनेछ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®