Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नयाँ नेपाल: १४ प्रदेश र ८ सय जिल्लाको प्रस्ताव आयो



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Minister Gopal Kirati at the press conference. Photos: Santa

काठमाण्डौं, November 22, 2008- संस्कृति तथा राज्य पुनरसंरचना मन्त्री गोपाल किरातीले राज्य पुनरसंरचनाको प्रारम्भिक खाका सार्वजनिक गरेका छन् ।

मन्त्री किरातीले मंसिर ७ गते मन्त्री निवास पुल्चोकमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक नयाँ नेपालको सो खाकामा १४ प्रदेश र ८ सय जिल्लाको प्रस्ताव गरेका छन्।

प्रस्तावअनुसार केन्द्र सरकार, स्वायत्त राज्य सरकार र स्थनीय वा जिल्ला सरकार गरी तीन तहका संरचना रहने छन् । अहिलेको अंचल, जिल्ला, नगरपालिका र गाविसको सट्टा ८ सय जिल्ला कायम गर्न सके प्रशासनिक खर्चमा कमी आउने उनको दाबी छ । यसको लागि नासू सरहको कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी तथा प्रहरी निरीक्षक 'इनीस्पेक्टर'लाई जिल्ला प्रहरी प्रमुख बनाउन सकिने प्रश्ताव गरिएको छ ।

विद्यमान ३ देखि १५ गाविस/नगरपालिका मिलाएर एउटा जिल्ला बनाउन सकिने हुनाले यसो गर्दा राज्य र जनतावीचको पहुँच निकट हुने किरातीले बताए । ८ सय जिल्लाको नयाँ नेपाल भनेको ८ सय बजार वा औद्योगिक शहर, ८ सय आधुनिक अस्पताल, ८ सय विश्वविद्यालय र ८ सय भव्य कम्युनहरुको अवधारणा हुने मन्त्री किराँतीको दावी छ।

माओवादीले ल्याएको ११ राज्य समिति तथा २ उपराज्य समितिको प्रश्तावमा मन्त्री किरातीले शेर्पा राज्य समिति थप गर्न तथा दुई उपराज्य समितिलाई पनि राज्य समिति मान्न सकिने उल्लेख गरे ।

अहिले भएका ९ सय २७ स्थानीय निकायलाई कम गर्ने र अहिले भएका तीनदेखि १५ गाविस तथा नगरपालिकालाई मिलाएर एउटा जिल्ला बनाउने प्रस्तावमा उल्लेख छ ।

किराँतीले तयार पारेको प्रस्ताव अनुसार स्थानीय जिल्ला वा वडाहरुको सीमाङ्कन गर्दा कुनै एक जाति वा भाषिक समुदायको बहुमत कायम गरिने छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग स्विकृति लिएरै आफूले सो प्रश्ताव ल्याएको बताएका किरातीले चार वटा विकास परिषदकोसमेत परिकल्पना गरेका छन् । जसअनुसार किरात, कोचिला, लिम्बुवान र शेर्पाहिमाली राज्य मिलाएर कोशी विकास परिषद, ताम्सालिङ, नेवा र तमुवान राज्य मिलाएर गण्डकी विकास परिषद, मगरात, डोटी, खसान र थरुवान राज्य मिलाएर कर्णाली विकास परिषद तथा अवध, भोजपुरा र मिथिला राज्य मिलाएर तराई मधेश विकास परिषद बनाउन सकिने उल्लेख गरिएको छ ।

-Santa Bagam & Khagendra Makhim in Kathmandu
 

Minister Gopal Kirati at the press conference. Photos: Santa


   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®