|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal & New York: नेपाली खबरहरु |
||
|
सबैको ध्यान संबिधान सभाको चुनावतिर १३८ राष्ट्रिय र २८ अन्तरराष्ट्रिय संस्थाहरुका झन्डै १ लाख पर्यबेक्षकहरु खटिने Members of National Election Monitaring Alliance (NEMA) in Gulmi. Photo courtesy: Khadgabir Thapa Magar न्यूयोर्क, काठमाडौं, April 8, 2008-सरकारले झन्डै तीन अर्ब रुपैयाँ खर्च गरेर नेपाल कै ईतिहासमा पहिलो पटक हुन लागेको संबिधान सभाको चुनावको अनुगमन गर्न राष्ट्रिय र अन्तरराष्ट्रिय गरी १६६ संघ-संस्थाहरुले झन्डै १ लाख पर्यबेक्षकहरु परिचालन गर्न गैरहेका छन्। यती धेरै संघ-संस्था र पर्यबेक्षकहरु खटाइन लागेको पनि यो पहिलो घटना हो। उता निर्वाचन आयोगले २ लाख ४० हजार निर्वाचन अधिकृतहरु ७५ वटै जिल्लाका २० हजार ८८८ निर्वाचन केन्द्रहरुमा पठाइ सकेको छ भने सरकारले संविधान सभा निर्वाचनको लागि सशस्त्र जनपद र म्यादी गरी एक लाख ३५ हजार प्रहरीको दफ्फालाई देश भरका सबै निर्वाचन केन्द्रहरुमा निर्वाचनको एक दुई दिन अघीसम्म पुग्ने गरी पठाइ सकिएको छ। निर्वाचन आयोगकाअनुसार निर्वाचन पर्यबेक्षणका लागि राष्ट्रिय स्तरमा ४३ वटा संस्था र जिल्ला स्तरमा ९५ वटा संस्थाहरुलाई स्विकृती दिइएकोछ भने अन्तरराष्ट्रिय स्तरमा २८ वटा संस्थाहरुले मान्यता पाएका छन्। जस मध्ये अन्तरराष्ट्रिय तर्फ अमेरिकि पूर्व राष्ट्रपती तथा नोबेला शान्ती पुरस्कारद्वारा सम्मानित जिम्मी कार्टर Carter Center अन्तर्गत २० राष्ट्रका ६० पर्यबेक्षकहरुको टोली नेतृत्व गर्दै हिजै काठमाडौं ओर्ली सकेका छन् भने Asian Network for Free Elections (ANFREL) ले आफ्ना ९० जना प्रतिनिधिहरु खटाउने छ। यसका अलावा अन्य अन्तराष्ट्रिय संघ संस्थाहरुमा Forum Asia, Universal Human Rights Network, The Asia Foundation, European Union, The National Democratic Institute for International Affairs (NDI) (Wash. DC, USA), The Researchers (Pakistan), Unraggiodiluce (Italy) , South Asia Foundation, US Embassy, International Foundation for Election System (IFES), (USA), The International Crisis Group (Crisis Group), (USA), South Asia Forum for Fair Election (India), The Socialist International (UK), South Asia Partnership (SAP), (Nepal), Canadian Embassy, British Embassy, French Embassy, Malaysian Embassy, Japanese Embassy, Finland Embassy, Royal Norwegian Embassy, Australian Embassy, Bangladesh Embassy, Royal Thai Embassy, Tevel b'Tzedek (Israel), Coordinating Council for Human Rights in Bangladesh छन्। Regional Coordinators of National Election Monitaring Alliance (NEMA) in Gulmi. Khadgabir Thapa Magar (right), coordinator for Gulmi-1. यता राष्ट्रिय स्तरमा १४ वटा गैर सरकारी संस्थाहरु आबद्ध रहेको 'राष्ट्रिय निर्वाचन अनुगमन सञ्जाल (नेमा)' ले २० हजार पर्यबेक्षकहरुको टोली बनाएको छ भने अर्को ठुलो संस्था 'राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)' ले १४ हजार पर्यबेक्षकहरु परिक्षालन गर्ने जनाएको छ। त्यसैगरी, लोकतन्त्र र निर्वाचन सञ्जाल, नेपाल (DEAN) ले १२ हजार स्वयम सेवीहरुलाई निर्वाचन मा सकृय बनाउने बताएको छ। यसक्रममा The United Nations Mission in Nepal (UNMIN) ले निर्वाचन अनुगमन गर्न भनेर गठन गरेको उच्च स्तरिय ५ सदस्सिय निर्वाचन परामर्श समिती र त्यस अन्तर्गतका ७५ वटै जिल्लामा खटाइने निर्वाचन सल्लाहकारहरुको पनि उल्लेख गर्नु मुनाशिव छ। निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएका अन्य राष्ट्रिय संस्थाहरुको नामावली यस प्रकार छ: मतदाता संघ, नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, मानवअधिकार तथा शान्ति प्रतिष्ठान (माशप्र) नेपाल, लोकतान्त्रिक प्रेश क्लब, राष्ट्रिय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्र, नेपाल वार एशोसियसन, नेपाल अपाङ्ग तथा असहाय सशक्तीकरण केन्द्र, आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिईओसी), संविधानसभा निर्वाचन पर्यवेक्षण संयुक्त मञ्च, संविधानसभा निर्वाचन पर्यवेक्षण संयुक्त मञ्च, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स), शान्ति स्वतन्त्रता र विकासका लागि प्रयास, इलाम विकास परिषद्, प्रजातान्त्रिक बिचार समाज, महिला तथा वातावरण परिषद्, अधिकार संरक्षण तथा अनुसन्धान केन्द्र नेपाल, मानव अधिकार शिक्षा रेडियो श्रोता क्लव राष्ट्रिय समिति (रिलेक-नेपाल), राष्ट्रिय दलित महासंघ-नेपाल, सामुदायिक विकास तथा सरोकार केन्द्र, न्यूज क्लव अफ नेपाल, मानव अधिकार तथा सञ्चार अभियान, समावेशी जागरण अभियान छन्। त्यसैगरी, राष्ट्रिय निर्वाचन पर्यवेक्षणका लागि महिला आयाम (नयाँ आयाम), मानवीय तथा पूर्वाधार विकास केन्द्र, सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी (पिपिसीसी), सामुदायिक विकास तथा चेतना केन्द्र (कोडाक-नेपाल), राष्ट्रिय श्रम तथा जनचेतना अभियान नेपाल, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ-नेपाल, फ्रेण्डस सर्भिस काउन्सिल नेपाल, कर्न्र्सन नेपाल (बालबालिका तथा वातावरण सरोकार), एकीकृत सामुदायिक विकास अभियान, ग्रामीण विकास सरोकार केन्द्र, मानव अधिकार, वातावरण तथा सुशासनका लागि कानूनी अभियान, संविधान सभा सफलता सरोकार समूह, अंकूर-नेट, मधेशी दलित विकास महासंघ, नेपाल बुद्धिजीवी परिषद्, महिला विकास स्वरोजगार प्रशिक्षण केन्द्र, मानव अधिकार संरक्षण तथा शान्तिका लागि साझा अभियान (सिएचआरपी-नेपाल) छन्। -Pradeep Thapa Magar. Comments? 551-358-7726 |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®