|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सरकारले नसम्झे पनि नेपालका प्रथम शहिद लखन थापाको १३२ औ स्मृति दिबस![]() Photo: Geban सुर्खेत, 13, 09- सरकारले नसम्झे पनि नेपालका प्रथम शहिद लखन थापालाई सुर्खेतस्थित मगरहरुले धुमधानका १३२ औ दिबस मनाएका छन् । लखन थापा र मगरहरुको पहिचान एउटै भएको भन्दै नेपाल मगर संघ सुर्खेतले फागुन २ लाई आफ्नै तरिकाले मनाएका छन् । लखन थापालाई प्रथम शहिद घोषणा गर्न माग गर्दै आजदेखि लखन थापा स्मृति कप फुटबल प्रतियोगिता शुरु गरेको छ । जिल्ला फुटबल संघ सुर्खेतको प्राबिधिक सहयोगमा सन्चालन हुने प्रतियोगितामा ८ टीम सहभागि रहेको छ । नेपाल मगर संघ सुर्खेतका काबा अध्यक्ष यश बहादुर दर्लामीमगरले राज्यले लखन थापालाई शहिद घोषणा गरि शहिदको सम्मान दिन नसकि शहिदको अपमान गरेको आरोप लगाउनु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा गुमीचुली क्लबले बुद्ध पथ क्लबलाई ० का विरुद्ध २ गोलले पराजित गरेको छ । खेल सुरु भएको पहिलो मिनेटमा प्रदिप रानामगरले पहिलो गोल गर्नु भएको हो । खेलको पहिलो हापको अन्तीम समयमा मान बहादुर रानामगरले दोस्रो गोल गर्नु भएको छ । कार्यक्रम ए बि सी क्लबका अध्यक्ष जीतबहादुर सारुमगरको सभापतित्वमा भएको हो । यसैबिच, पूर्ण समानुपातिक समाबेश नभएसम्म संविधान लेखन प्रकि्रयाको औचित्य नहुने शुक्रबार वीरेन्द्रनगर आयोजित सहभागिले बताएका छन् । |
|
|
Nepal's first martyr Lakhan Thapa Magar. Photo courtesy: Laaphaa Cultural magazine (Painting by Tekbir Mukhiya) १३२ औ लखन थापा स्मृति दिवसको अवसर पारेर आयोजित नेपाल मगर विद्यार्थी संघ सुर्खेतले आयोजना गरेको अन्तरकि्रयका सहभागिहरुले यस्तो बताएका हुन् । अन्तरकि्रयाका प्रमुख अतिथि यश बहादुर दर्लामीमगरले संबिधान लेखन प्रकि्रयामा सम्पूर्ण पिछडिएका वर्ग भाषा रितिरिवाजको जर्गेना गर्नु पर्ने आजको आवश्यकता भएको बताउनु भएको छ । ![]() Photo: Geban नेपाल मगर संघ सुर्खेतका सदस्य हरिबहादुर थापामगरले जब सम्म जातिवादी मुद्वाहरुले प्रश्रय पाइरहन्छ तबसम्म नया संविधानको पनि औचित्य नहुने बताउदै यस्को अत्यका लागि सबैलाई सम्मान अधिकारको प्रतिवद्धता गर्नु हुनु पर्ने बताउनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ सुर्खेतका अध्यक्ष नन्द बहादुर गेलाङमगरले लखन थापाको व्यक्तित्व र योगदानको चर्चा गर्दै लखन थापाको अवस्था नै मगरहरुको अवस्थाको भएको बताउनु भएको छ । ![]() Photo: Geban डम्मर गरन्जामगरको सभापतित्वमा भएको अन्तरकि्रयामा शिक्षा क्याम्पसका सह प्राध्यापक हरि बहादुर थापा, झक्कड पुलामी लगायतले बोल्नु भएको थियो। आजै नेपाल मगर विद्यार्थी संघ सुर्खेतले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा लखन थापालाई पहिलो सहिद घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । -Geban Mijhar in Surkhet |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||