Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Miss Anita Thapa Magar paying homage to Nepal's 1st martyr Lakhan Thapa. Photos: Lab K.

न्यू योर्क, 1 Mar, 09- लाङ्घाली परिवार यूएसएले १३२ औं प्रथम शहिद लखन थापा मगर स्मृति दिवस तथा २७ औ मगर दिवस न्यूयोर्कस्थित मुस्ताड० थकाली किचेन रेष्टरेन्टमा मनायो ।

कार्यक्रममा उपस्थित मगर बन्धुहरुलाई स्वागत गर्दै संस्थाका सहसचिव मानबहादुर रानामगरले शहिद लखन थापा मगर स्मृति दिवसको वारेमा प्रकाश पार्दै भन्नु भयो 'क्याप्टेन लखन थापामगर त्यस्ता व्यक्तित्व हुन्‌ जसले जहाँनिय राणा शासनको विरोधमा सांगठनिक रुपमा विद्रोहको संखघोस गरेका थिए जसको कारण उनलाई राणा शासकहरुले क्याप्चर गरी मृत्य दण्ड दिएका थिए । तर विडम्वनाका साथ भन्नु पर्छ कि २००७ सालमा आएको प्रजातन्त्र, २०१७ सालमा आएको निर्दलिय पंचायती व्यवस्था, २०४६ सालको जनआन्दोलन पश्चात आएको संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र र दोस्रो जनआन्दोलनबाट प्राप्त भएको संघीय गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि उनलाई प्रथम शहीद घोषणा नगर्नु राज्य पक्षले उनीमाथि मात्र नभएर इतिहासलाई पनि अन्याय गरेको छ । यो भन्दा अरु विडम्वना के हन सक्छ ? उनलाई नेपाल सरकारले तुरुन्त प्रथम शहीद घोषणा गरोस"

कार्यक्रमको प्रमुख अतिथि इन्दिरा रानामगर जो अशोका फेलो तथा प्रिजनर्स एसिष्टेन्ट नेपालका अध्यक्ष पनि हनुहुन्छ, ले मगर भाषामा मीठो गीत गाएर उपस्थित सवैलाई आश्चार्यचकित पार्नु भएको थियो । श्रीमति रानामगरले नेपालको सामाजिक क्षेत्रमा अमूल्य योगदान दिए वापत संस्थाको तर्फबाट अध्यक्ष महेन्द्र कु थापामगरले प्रसंशापत्र, फूलको गुच्छा र खादा लगाएर सम्मान गर्नु भएको थियो भने दोस्रा उपाध्यक्ष राजेश थापा मगरले संस्थाका साँस्कृतिक विभागको तर्फबाट २००६, २००७ र २००८ मा आयोजना गरेको साँस्कृतिक कार्यक्रमको dvd उपहार स्वरुप प्रदान गर्नु भएको थियो ।
 

The guests and organizers at the event in New York. Photos: Lab K.

आफू सम्मानित गरेकोमा रानामगरले लाड०्घाली परिवार यूएसएलाई धन्यवाद दिदै आफ्नो जन्मभूमिबाट यति टाढा आएर अति व्यस्त जीवनशैलीको बाबजुत पनि नेपालका ऐतिहाँसिक व्यक्तित्व शहिद कप्टान लखन थापामगर स्मिृति दिवस तथा आफ्नो मातृभाषा संस्कृति र परम्पराको संरक्षण र सम्वद्दन गर्न कतिवद हुदै मगर दिवस मनाउँदै आउँनु भएको र यस वर्षको उक्त दिवसमा यहाँका मगर दाजुभाइ दिदीवहिनीहरुका साथ आफूले पनि मनाउँन पाँउदा अति आनन्दको अनभूति भइरहेको छ' भन्नु भयो।


The image of Nepal's 1st martyr Lakhan Thapa at the memorial day in New York.

कार्यक्रमको शुरुवात शहिद लखन थापामगरको नाममा एक मिनेट मौन धारणा गर्दै उहाँको फोटोमा खादा चढाएर गरिएको थियो । कार्यक्रमको अवधिभर मगरभाषाका लोकगीहरु बजाइएको थियो जसले न्यूयोर्क जस्तो व्यस्त शहरमा नभै नेपालको मगरवस्तीमा पुर्याएको आभास दिलाउथ्यो ।


Indira Ranamagar and Mahendra K. Thapa Magar, President, Langhali Association USA.

विभिन्न राज्यहरुबाट आउनुभएका मगरहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सहसचिव मानबहादर राना मगरले गर्न भएको थियो भने सभापतित्व संस्थाका अध्यक्ष महेन्द्र कु थापामगरले गर्नु भएको थियो ।

स्मरनिय रहोस, शहिद लखन थापामगर स्मृति दिवस फागुनको २ गते र मगर दिवस फागनको १५ गते मनाइन्छ । मात्र करिव दुई हप्ताको बीचमा यी दुवै महोत्वपूर्ण दिवसहरु पर्ने भएकोले यस संस्थाले अमेरिकामा गत वर्षदेखि औपचारिक रुपमा यी दुवै दिवसहरुलाई संयुक्त रुपमा एकै दिन कार्यक्रमको आयोजना गर्दै मनाउँदै आइरहेको छ ।

-Lab K. Budhamagar in New York. (Lab K. Budhamagar is the General Secretary of Langhali Association USA.)


Man Bahadur Rana Magar, Joint Secretary of Langhali Association USA, Inc welcoming the participants.


On behalf of Cultural Dept. Rajesh Thapa Magar offering Langhali Dohori Sanjh DVDs of 2006, 2007 and 2008 to Indira Rana Magar.


Indira Rana Magar, Ashoka Fellow and Chairperson of Prisoners Assistance Nepal being honored by Lt. Mahendra K Thapa Magar, President of Langhali Association USA.




Singer & 2nd VP, Langhali Association, Rajesh Thapa Magar and his wife Priya Thapa Magar.


Professional Boxer Devendra Thapa Magar. Photos: Lab K.


Khom Bahadur Thapa Magar, Joint Treasurer of Langhali Association USA, Inc


Ujjal Thapa Magar, Student and Active Member of Association.


Photos: Lab K.

Read our related news:
अमेरिकामा प्रथम शहीदलाई यसरी सम्झियो
Related our news and photo features:

न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्‍कृतिक सांझ (37 photos)
न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्‍कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज
Special: न्यूयोर्कका नेपाली महिलाहरुले यसरी मनाए अन्तर्राष्ट्रिय नारी दिवस
Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए



न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै
» Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन
» Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA
» संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने
  संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने

» तपाईंलाई नयाँ नेपालको संबिधान लेख्‍न दिइयो भने के लेख्‍नु होला?

Archive» Drafting Nepal's new constitution yourself.  Photo: Nepal Gov. seal & Illustration: eEyeCam

» Special: २७ नेपाली संस्‍थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुट (46 Photos)
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®