Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपालमा १३,१५५ अपराध, ५,६६६ जघन्य अपराधका घटनाहरु
उपत्यका भित्र ४७ स्थानहरुमा CCTV क्यामेरा जडान गरियो

काठमाण्डौं, December 3, 2008- नेपाल प्रहरीका महानिरीक्षक हेमबहादुर गुरुङले मुम्बई हमलापछि अपराधीहरु सिमा क्षेत्रमा आउन सक्ने सम्भावालाई मध्येनजर गर्दै प्रहरीले सतर्कता अपनाएको जानकारी दिएका छन्।

अपराध नियन्त्रण तथा शान्ती सुरक्षालाई प्रभावकारी बनाउने उद्धेश्यले मंसिर १८ गते प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमा उनले सो जानकारी दिएका हुन् । कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङले सरकारको सफलता र असफलताको मापन सुरक्षालाई हेरेर गर्ने गरिएको बताए ।

महानिरिक्षक गुरुङले शान्ती सुरक्षा स्थापनामा सबैको सहकार्य जरुरी रहेको धारणा राखे । उनले अब नेपाल प्रहरी वललाई नेपाल प्रहरी सेवामा बदल्नु आवश्यक रहेको भन्दै यसमा सबैको सहयोगको खाँचो औल्याए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता विनोद िसंहले प्रेस र पुलिससंगै मिलेर काम गर्नु पर्ने धारणा राखे । प्रवक्ता िसंहले विगतमा कतिपय घटनाहरु लुकाएर राख्ने चलन भएपनि अब लुकाएर नराख्ने उल्लेख गरे ।

यसैबीच प्रहरीले एक निती तथा कार्यक्रम सार्वजनिक गर्दै सार्वजनिक एवं हातहतियारका मुद्धाहरु संख्यात्मक रुपमा वृद्धि भैरहेको जनाएको छ । विवरण अनुसार आर्थिक बर्ष ०६४-०६५ मा १३ हजार १ सय ५५ वटा अपराधका घटनाहरु भएका छन् । त्यस्तै जघन्य अपराधका घटनामा पनि वृद्धि भएरहेको प्रहरीले जनाएको छ । गत आर्थिक बर्षमा ४ हजार ७ सय ६६ जघन्य अपराध भएकोमा यस बर्षमा ५ हजार ६ सय ६६ पुगेको छ ।

यस्ता घटनाहरु नियन्त्रण गर्न प्रहरी जनशक्ति सक्षम भएपनि उपकरणको अभाव रहेको प्रहरीको गुनासो छ । प्रहरीको मनोबल उच्च राख्दै आगामी दिनमा विभिन्न अभियानहरु चलाइने र यसक्रममा उपत्यका भित्र ४७ स्थानहरुमा सि सि टिभि क्यामेरा जडान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच केहि समय अघि हत्या गरिएका ताहाचलका २ बालक रितेश रौनियार र आषिश मानन्धरको हत्या सम्बन्धी विवरण छिट्टै सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

-Santa Bagam in Kathmandu





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®