|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
'अब अर्को हप्तामा माओवादी सत्तामा' १ सय १९ औं विश्व मजदुर दिवसको काठमाडौं झलक निलम्बित राजा ज्ञानेन्द्रले नारायणहिटी छाड्नुपर्ने माग गर्दै दरवार मार्गबाट शहीद मन्चतर्फ अघि बढेको माओवादी सम्बद्ध मजदुरको एक जुलुश Photo: Sitaram Baral काठमाडौं, May 1, 2008-'नारायणहिटी खाली गर राष्ट्रपति आउँदैछ' भन्ने नारा लगाउँदै माओवादी निकट मजदुर संगठनको नेतृत्वमा काठमाडौंका लाखौं मजदुरहरु सडकमा ओर्लेका छन् । उनीहरुको अर्को नारा छ- 'अब अर्को हप्तामा माओवादी सत्तामा' १ सय १९ औं विश्व मजदुर दिवसको उपलक्ष्यमा मजदुर संगठनहरुद्धारा आयोजित जुलुसहरु र झण्डाहरुले विहीबार काठमाडौं रङ्गिएको छ । माओवादीमात्र होइन नेपाली कांग्रेस, नेकपा एमाले र अन्य पार्टी निकट मजदुर संगठनलेपनि सभा तथा जुलुशका साथ मजदुर दिवस मनाई रहेका छन् । सबैभन्दा उल्लेखनीय प्रदर्शन माओवादीले गरेको छ । हजारौंको संख्यामा रहेका दर्जनौ जुलुशहरु माओवादी मजदुर संगठनको झण्डामुनि बसेर शहीद मन्चतिर अगाडि बढिरहेका छन् । उनीहरुले मजदुर र किसानको सत्ता स्थापना गरिनुपर्ने र त्यसको नेतृत्व माओवादीले गर्नुपर्ने माग गरेका छन् । माओवादी मजदुर संगठनको जुलुशमा विपन्न बर्गका मानिसहरुको ठूलो उपस्थिति देखिएको छ । स्वयम्भू बौद्ध-जोरपाटीजस्ता मजदुर बहुल क्षेत्रबाट सबैभन्दा ठूलो संख्यामा मजदुरहरु अँएका छन् । दरवारमार्ग हुँदै आएका जुलुशहरुले नारायणहिटी खाली गर्न राजा ज्ञानेन्द्रलाई चेतावनी दिइरहेका छन् । माओवादी मजदुरहरुको सभालाई माओवादी अध्यक्षले सम्बोधन गर्दैछन् । चुनावमा विजय हासिल गरेपछि अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने यो सबैभन्दा ठूलो सभा हॊ । उनले सभामार्फत् महत्वपूर्ण घोषणा गर्ने ठानिएको छ । केही टेलिभिजन च्यानलहरुले प्रचण्डको सम्बोधनको प्रत्यक्ष प्रशारण गर्ने तैयारी गर्दैछन् । नेकपा एमाले सम्बद्ध मजदुर संगठनलेपनि काठमाडौंको डिल्लीबजारबाट जुलुश निकाली बानेश्वरतर्फ लागेको छ । एमालेको मजदुर जुलुशमा शिक्षक कर्मचारीलगायत पेशाकर्मीको उपस्थिति बढि देखिन्छ । उनीहरुले लोकतान्त्रिक गणतन्त्र स्थापनाको नारा लगाएका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®