|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
१० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरेरै छाड्ने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
५६ हजार मेगावाट
विद्युत उत्पादन गर्ने योजना काठमाण्डौं, December 8, 2008- जलस्रोतमन्त्री विष्णु पौडेलले १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादनको आधार तयार गर्न सरकार गम्भीरताका साथ लागेको दावी गरेका छन् । अरुण तेस्रो, माथिल्लो कर्णालीलगायतका ठूला जलविद्युत आयोजना निर्माणका लािग द्रूत गतिमा काम अगाडि बढिसकेको उल्लेख गर्दै मन्त्री पौडेलले पश्चेश्वर परियोजनाको डिपिआर (development planning review/report) निर्माणका लागि सकारात्मक उपलब्धिहरु हासिल भएकाले लक्ष्य पूरा हुने निश्चित भएकोपनि बताएका छन् । '१० वर्षमा दश हजार विद्युत उत्पादन हुनेमा कसैले शंका नगरे हुन्छ' मन्त्री पौडेलले आइतबार राजधानीमा आयोजित कार्यक्रममा दावीका साथ भने 'सरकार जलविद्युत निर्माणका लागि आधार तयार गर्न कम्मर कसेर लागेको छ ।' जलविद्युत् उत्पादनका लागि चाल्नुपर्ने कदमबारे प्रतिवेदन तयार गर्न पूर्व जलस्रोतसचिव सोमनाथ पौडेलको संयोजकत्वमा समिति गठन भएको र त्यसले ४५ दिनभित्र प्रतिवेदन बुझाउने खुलाशापनि उनले गरे । जलविद्युत उत्पादनमा राजनीतिक सहमति स्थापित हुदै गएकाले आफू निकै आशावादी भएको बताएका मन्त्री पौडेलले अरुण तेस्रोमा स्थानीय तहबाट विरोधका स्वरहरु सुनिएपनि जनता सचेत भई सहयोग गर्नलाग्ने आशा व्यक्त गरेका छन् । अरुण तेस्रोमा नेपालले २१.९ प्रतिशत उत्पादित विद्युत निःशुल्क पाउने भएकाले ठगिएको भन्न नमिल्ने उनको जिकिर छ । नेपालले अन्य जलविद्युत परियोजनाभन्दा अधिकतम लाभ लिन पाउने परियोजनामा अवरोध सृजना नगर्न आग्रह समेत गर्दै मन्त्री पौडेलले सरकारले शान्ति सुरक्षा सुदृढ गरेरै भएपनि जलविद्युत आयोजना निर्माण गराएरै छाड्ने अठोट समेत सार्वजनिक गरे । पन्चेश्वर परियोजनाको डिपिआर तयार गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको खुलासा गर्दै उनले 'रेगुलेटिङ ड्याम रुपालीगडीमा राख्नेबारे सहमतिको नजिक पुगिएको, विद्युतगृह राख्ने स्थानबारे पनि सहमति नजिक पुगिएको खुलासापनि गरे । लाभ मूल्यांकनमा पनि सहमति नजिक पुगिएको बताऊदै मन्त्री पौडेलले ५६ हजार मेगावाट विद्युत उत्पादनको महत्वाकांक्षी योजनाको डिपिआर छिट्टै तयार हुने दाबी समेत गरे । 'लोडसेडिङलाई कम गराउन सरकार गम्भीरताका साथ लागेको छ' पौडेलले बताए 'विद्युत चोरीगर्नेहरुविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुदैछ र चोरीको सूचना दिनेलाई अधिकतम पुरस्कारको घोषणा पनि गर्दैछ ।' २५ प्रतिशत विद्युत चुहावटमा १५ प्रतिशत प्राविधिक र ८ प्रतिशत चुहावटका कारण हुने बताऊदै चुहावट रोक्न हरसम्भव प्रयास थालिएको उनको कथन थियो । जलविद्युत् परियोजनाहरु पूर्ण क्षमतामा सन्चालन नभएको बताऊदै यसमा सुधारका लागि प्रकि्रया चालिएको बताएका मन्त्रीले मध्य मस्र्याङदी परियोजना पूरा गरी छिट्टै विद्युत् संचालन थालिने बताएका छन् । यसैहप्ता मध्य मस्र्याङ्दी परियोजनाको उद्घाटन भई सो परियोजनाबाट थप विजुली उत्पादन हुदैछ । उनका अनुसार कुल ७५० मेगावाट विद्युतको माग भएकोमा ४ सय २० मात्र आपूर्ति रहेको भारतबाट आयात गरिदैको विद्युत प्रसारण लाइन अवरुह हुदा समस्या आएकाले समाधानका लागि काम अगाडि बढाइएकोपनि उनले बताए । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||