सरकारको पहिलो सय दिन: सत्तावालालाई हाइ,
प्रतिपक्षलाई नाइ
काठमाण्डौं, November
25, 2008-
गणतन्त्र पछिको पहिलो सरकारले मंगलबार सय दिन पुरा गरेको छ । सय
दिनसम्म सरकारलाई काम गर्न दिईने र त्यस पछि कामको मूल्यांकन गर्ने
अन्तर्राष्ट्रिय परिपाटी छ।
संविधान सभामा प्रतिनिधित्व गर्ने २५ दल मध्ये २१ दलको समर्थनसहित दुई
तिहाई सभासद्को मतबाट माओवादीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'को
नेतृत्वमा सरकार बनेको हो ।
यसबीचमा सरकारले धेरै राम्रा काम गरेको दावी गरेपनि प्रतिपक्षी दलहरुले भने
नीति कार्यक्रममा मात्रै राम्रा कुरा लेखेको तर व्यवहारमा काम नगरेको
बताएका छन् ।
प्रमुख प्रतिपक्षी काँग्रेसका उपसभापति प्रकाशमान िसंहले कानुनको शासन
चलाउनुको साटो माओवादीले पन्चायतकालीन शासन चलाएको आरोप लगाउनुभयो ।
अर्को प्रतिपक्षी दल तराई मधेस लोकतान्त्रिक पार्टिका नेता हृदयेश
त्रिपाठीले संविधान बनाउने मुख्य काममा सरकारले अहिलेसम्म ध्यान नदिएकोले
खास केही काम भएको मान्न नमिल्ने बताउनु भयो ।
यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले नेपाली
जनतालाई झुक्काएर एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस अर्घाखाँचीले गरेको कार्यक्रममा माओवादीले सहमति र
समझदारीको राजनीति छोडेको बताउँदै काँग्रेस रहेसम्म माओवादीलाई
जनगणतन्त्रको सपना नदेख्न पौडेलले आग्रह पनि गर्नुभयो ।