|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|
||
|
कविता: मसित प्रेम नगरे हुन्छ -उषा शेरचन तिम्रो मनको संकुचित आकाशभित्र -मेरो प्रेमको बिशालता अटाउनै सकेन तिम्रो अहंकारको क्षितिजभित्र -मेरो प्रेमको लहरा फैलनै सकेन खिया लागेका तिम्रा सोचाइहरु -प्रदुषित भएर जताततै -ह्वास्स ह्वास्स गनाइरहन्छ सुगा रटाइका तिम्रा पुनरास्वरहरु -काँडे झार भएर जताततै -च्वास्स च्वास्स बिझाइरहन्छ प्रेम खेल जस्तो लागे पनि यो कुनै खेल होइन प्रेम बन्धन जस्तो लागे पनि यो कुनै बन्धन होइन काँचो मासु कोपर्नेहरुले प्रेमको मर्म जानेका हुँदैनन् सिनो माथि झुम्मिनेहरुले प्रेमको अर्थ बुझेका हुँदैनन् प्रेम पूजा हो प्रेम आराधना हो प्रेम आस्था हो प्रेम विश्वाश हो प्रेम तपस्या हो प्रेम बलिदान हो र समग्रमा प्रेम समर्पण हो प्रेममा नि:स्वार्थका अबिरल धाराहरु बगिरहनु पर्छ प्रेममा निश्चलताका अबिराम खोलाहरु बगिरहनु पर्छ प्रेममा सुन्दरताका अनुपाम ताजहरु उठिरहनु पर्छ प्रेममा समर्पनका अखण्ड ज्योतिहरु बलिरहनु पर्छ प्रेम आकाश जस्तै बिशाल हुन्छ प्रेम क्षितिज जस्तै फैलिएको हुन्छ प्रेम धरती जस्तै महान् हुन्छ प्रेममा किनबेचको सवालै हुँदैन प्रेममा नाफा र घाटा पनि सोचिदैन प्रेममा मौकाको फाईदा कदापि उठाइदैन सही अर्थमा प्रेम अमृत हुन सक्छ गलत अर्थमा प्रेम बिष पनि हुन सक्छ मेरो प्रेमलाई तिमीले -गलत अर्थमा परिभाषित गर्न खोज्दैछौ भने मेरो प्रेमलाई तिमीले -मात्र सम्झौताको नाम दिन चाहन्छौ भने भो अब तिमीले मसित प्रेम नगरे हुन्छ भो अब तिमीले मसित प्रेम नमागे हुन्छ। गुन्जन, बर्ष ५, अंक ३, भदौ, २०५८ (सर्बकालीन पीडा र जागृतिको शन्खघोष, पृ. ६३-६५), २०६२ बाट -Usha Sherchan, Pokhara उषा शेरचन सयौ कबिता, मुक्त्तक, गीतहरुकी लेखिका परिचित कबयित्री हुन्। Published date: May 1, 2008. Published by www.usnepalonline.com Copyrights and acknowledgements: All literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details. Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस्
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®