Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल


Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस्



यात्रा संस्मरण:
न्यूयोर्क यात्राको एक दिन-१
यसरी हराइन्‌ सोल्‍टिनी न्यूयोर्क शहरमा

साँझको नौ बजिसकेको थियो । हामी हिडेर निक्कै थाकी सकेका थियौं । एकातिर नेपाल र अमेरिकाको समय फरक परेकोले पनि हामी समस्यामा थियौं अर्कोतिर जहाजको लामो यात्राको थकाईपनि थियो । त्यही दिन चन्दा आफ्नो साँस्कृतिक भेषभुषामा गरगहना सहित सजिएकी थिइन् । त्यसैले त्यो विरानो ठाउँमा त्यति अबेर साँझमा कसैले लुट्ला कि भन्ने अर्को चिन्ताले सताउन थाल्यो ।

आदिवासी जनजाति सम्बन्धि संयुक्त राष्ट्र संघीय स्थायी मन्‍चको सातौं बैठकमा भाग लिन जाने जुन अवसर मिल्यो त्यसले साथी चन्दा र मलाई अत्यन्तै हर्षित बनायो । त्यही अवसरमा हामी पहिलो पटक अमेरिका जान पाउने भयौं । नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिेबेश यिनै नयाँ चिजहरुको अनुभूति लिने यो अवसरमा खुशी नहुने कुरै भएन ।

हामीलाई मिटिङमा भाग लिएर धेरै नयाँ कुरा जानौंला विश्वका आदिवासी जनजातिहरुसंग भेटेर आ-आफ्नो देशको अनुभव साटासाट गरौंला भन्ने प्रवल इच्छा त थियो नै त्यसका साथै अमेरिकामा नेपालीहरुको जीवन शैली कस्तो होला ? उनीहरु के काम गर्दा होलान् ? आदिजस्ता विभिन्न प्रश्नहरु हामीभित्र उब्जिएका थिए । त्यसको सही उत्तर पाउनलाई हामी हतारिएका थियौं । यिनै उत्साह र उमंगका साथ हामीले नेपालमा आफूले पुरा गर्दै आएको जिम्मेवारीलाई केही समयको लाग थाती राखेर न्यूयोर्क यात्रामा हुईकियौं ।

बैंकक देखिको १७ घण्टे लामो यात्रामा पनि हाम्रो सोचाईको दायराहरु यिनै कुराहरुमा सिमित थिए । त्यतिमात्र होइन जहाजबाट देखिने रमाइला दृश्यहरुसँग भलाकुसारी गर्दैं हामी नयाँ सपनामा लिन भयौं ।

चन्दा र मेरो सिट टाढा-टाढा परेपनि टाढैबाट हातको इशाराले हाइ हेल्लो भइरह्यो । मेरो यात्राको सहयात्री थिए- अमेरिकन नागरिक ग्रेइ इमरिक । ६० वर्षे बृद्द इमरिक फरसाइला थिए । ती बृद्दका कारण मैले त्यतिलामो यात्रामा थकाईको अनुभव गर्न पाइन । आजभन्दा ३५ वर्ष अघि उनी नेपाल आएका रहेछन् त्यसैले म नेपाली भन्ने वितिकै उनले ती दिनहरुको अनुभव मसँग 'सेयर' गर्न थाले । त्यो लामो यात्रामा ती बृद्दले मलाई धेरै नयाँ कुराहरु बुझने अनुभव दिए।

हामी एकोहोरिएर न्यूयोर्क यात्रामा पुग्ने सपनामा हराइरहे पनि हामीमा एक किसिमको त्रास कायमै थियो । यो यात्रा हाम्रो लागि प्रथम त थियो नै, पुगेर कहाँ बस्ने, के गर्ने भन्ने सवालमा भने अनभिज्ञ थियौं । मैले नगेन्द्र दाई र बिनोद लिम्बू दाईलाई इमेलबाट आउँदैँ छुँ त भनेकी थिएँ तर उहाँहरुसँग मेरो कुनै प्रत्यक्ष चिनजान थिएन त्यसैले उहाँहरु के कस्तो हुनुहुन्छ ? मलाई पिकअप गर्न आउनुहुन्छ कि हुन्न भन्ने विभिन्न प्रश्नहरु आइरहेका थिए ।

अप्रिल १८ तारिखका दिन न्यूयोर्कको जोन अफ केनेडीमा पुग्यौं । आफ्ना सामानहरु लिएर बाहिर निस्केपछि बिनोद दाईलाई फोन गरें । दाइसँग सम्पर्क भयो तर मैले गलत information दिएको रहेछु उहाँले बेलुकीको सात बजेमात्र आउने हो भन्ने सोचेर काममा जानुभएछ । तैपनि एकघण्टापछि लिन आउँछु भन्नुभयो । हामी एयरपोर्ट बाहिर सामान राखेर दाइको प्रतिक्षामा बस्यौं । एक घण्टा होइन दुई घण्टा वित्यो तर दाई आउनु भएन । लक्की शेर्पा पनि एकछिनपछि बाहिर निस्किन् । एक्काशी त्यो नयाँ ठाउँमा चिनेको मान्छे भेट्दा खुशी लाग्यो तर उहाँ होटलमा जाने भनेर हिडिहाल्नुभयो हामी भने फेरि दाईको प्रतिक्षामा बस्न थाल्यौं।

तीन घण्टापछि बल्ल दाई आउनुभयो । निकै व्यस्त हुनुहुँदोरहेछ, काम गर्ने अफिस नजिक भएकोले आउनुपाउनुभएछ, त्यो थाहा पाएपछि दाइप्रति हामी धेरै आभारी भयौं । सामान गाडीमा लगाएर हामी दाइसँग कुरा गदै अघि बढ्यौं । नाताले उहाँ मेरो आफ्नै फुपूको छोरा हुनुहुँदो रहेछ, त्यसपछि भने मेरो अर्को खुशी थपियो । दाइकै सहयोगले चन्दा पनि आफन्तकहाँ पुगिन् ।

अप्रिल १९ तारिखदेखि हाम्रो मिटिङ सुरु भयो । हामी दुबैजना नयाँ भएकोले कसरी यूएन विल्डिङसम्म जाने भन्ने चिन्ता कायमै थियो । दाइ बिनोदले हाम्रॊ लागि धेरै ठाउँ फोन गरेपछि एकजना अर्को दाइले हामीलाई पुर्याउने कुरा पक्का भयो । दाइले नै हामीलाई देश लिम्बूसँग भेट गराउनु भयो । अबभने हामी खुशीमात्र थिएनौं नयाँ ठाउँमा आइपर्ने चुनौतिहरु पनि सामाना गर्न तयार थियौं ।

मेनहाटन शहरमा जब पुग्यौं त्यहाँका अग्ला अग्ला विल्डिङको टुप्पोसम्म नियाँल्दा हामीलाई िरंगटा लागेको अनुभूति भयो । त्यो नयाँ ठाउँमा चुपचाप हामी दाइ देशको पछिपछि हास्दैँ हास्दैँ लागिरह्यौं । मिटिङ हल पत्ता लागेपछि उहाँ फर्किनुभयो । काममा जानुपर्ने भएकोले हामीलाई केही परेमा फोन गर्न र फोन गर्न चाहिने 'कोइन'हरु दिएर उहाँ लाग्नुभयो ।

मिटिङ सकेपछि कसरी फर्कने भन्ने अर्को चिन्ता थियो । ट्रेनसम्म पुग्नको लागि लक्की दिदीले साथ दिएपछि हामी आफ्नो बासस्थानतिर हुइकिँयौं । मेरो बसाईभन्दा चन्दाकोमा पुग्न केही सजिलो थियो । निक्कै थकाइ लागेकोले मैले त्योदिन चन्दाकहाँ नै बस्ने निधो गरें । दिदी पद्मा र दाई लभ बुढामगरको अतिथी संस्कार देखेर छक्क परें । त्यति व्यस्तताको बाबजुद पनि उहाँहरु हामीभनेपछि हुरुक्कै हुने नेपाली दिदी दाईको यो सद्भाव देखेर भित्रभित्रै हामी दंग पर्यौं । भोलिपल्ट बेलुका बिनोद दाई फेरि मलाई लिन आउनुभयो। यसरी नै सारो परेको बेलामा दाइलाई बोलाउनाले दिनहरु सहजरुपमै अघि बढ्न थाल्यो ।

मिटिङको तेस्रो दिनको दिन विहानै दाइले मलाई गाडीमा ज्याक्सन हाइटसम्म पुर्याउनुभयो त्यो दिन रेजिस्टेशनको दिन भएकोले चाँडै पुग्नु थियो । त्यसैले चन्दासँग त्यही भेटेर हामी मेनहाटन हुइँकियौं । बेलुकी फर्कदा दाइलाई सँधै कति दुख दिने भन्ने सोचले त्यो दिनचाँहि आफै बाटो पत्ता लगाउनका लागि आफै जाउँ आज मेरेामा भनेर चन्दालाई अनुरोध गरें । उनले पनि मेरो कुरामा सहमति जनाइन् । सोही बमोजिम हामी ज्याक्सन हाइटमा ओर्लिएर 'भि' ट्रेनमा चढ्यौं । अभाग्यबश् हामी त उल्टोदिशातिर लागेछौं । केही पर पुगेर फेरि अर्को ट्रेनमा चढ्यौं । त्यसपछि दिएको निर्देशन अनुसार ग्रान्ड एभिन्यूमा उत्रियौं । त्यहाँबाट दाइको घरतिर लाग्यौं ।

हामी ट्रेनबाट निस्किदा साँझको आठ बजेको थियो । त्यहाँबाट दाइकोमा पुग्नलाई पाँच दश मिनेटमात्र लाग्थ्यो तर हामी त्यतिको समयमा त्यो ठाउँ पुगेनौं । लगभग आधा घन्टा हिडिसकेपछि पनि सही ठेगानामा पुग्न नसकेपछि भने हामीलाई केही शंका लाग्न थाल्यो । हामी हराएछौं भन्ने केहीछिनमा पक्का भयो तैपनि हामीले साहस बटुलेर फेरि पनि ५७ एभिन्यू ५७ रोडको ठेगाना खोज्न छाडेनौं । ५७ रोडमा त पुग्यौं त्यसपछि सरासर अघि बढेको तर सही ठाउँ अझ पनि पत्ता लाग्न सकेन । हामीलाई अर्को समस्या भनेको फोनको थियो । नेपालमा जस्तो सजिलो कम्यूनिकेशन सेन्टर कही थिएन । सार्वजनिक ठाउँमा 'कोइन' लगाएर फोन गर्नुपर्ने फोनमा हाम्रो धेरै 'कोइन' त्यतिकै गायब भयो । हामी फोन गर्नपनि असफल भयौं । बल्लबल्ल एकपटक फोन लाग्यो तर अभाग्यबश् फोन उठेन ।

दाइको घर पुग्नु अघि एउटा ठूलो ओभर हेड ब्रिज आउँथ्यो त्यसैले हामी ओभर हेड ब्रिज देख्नासाथ केही खुशी हुँदै त्यतातिर लाग्यौं तर त्यहाँ पुगेपछि पनि सही ठाउँ पत्ता लाग्न सकेन । साँझको नौ बजिसकेको थियो । हामी हिडेर निक्कै थाकी सकेका थियौं । एकातिर नेपाल र अमेरिकाको समय फरक परेकोले पनि हामी समस्यामा थियौं अर्कोतिर जहाजको लामो यात्राको थकाईपनि थियो । त्यही दिन चन्दा आफ्नो साँस्कृतिक भेषभुषामा गरगहना सहित सजिएकी थिइन् । त्यसैले त्यो विरानो ठाउँमा त्यति अबेर साँझमा कसैले लुट्ला कि भन्ने अर्को चिन्ताले सताउन थाल्यो। त्यतिबेला भने हाम्रो खुशीहरु टाढा टाढा छितिजिए, हामीलाई पीडा बाहेक केही भएन । चन्दाले आफु बसेकै ठाउँमा फर्कन अनुरोध गरिन् मैले स्वीकृती जनाएँ तर अभाग्यबश् हामीले 'सव वे' फेला पार्न सकेनौं ।

यताउता भौतारिदा भौतारिदा हामी धेरै थकित भइसक्यौं । त्यसपछि हामी ट्याक्शीको खोजिमा भौतारियौं । ट्याक्सी पनि त्यतिबेला पाएनौं । चन्दा थकित मुद्रामा पेटीमा थचक्क बसिन् । मैले भने ट्याक्सी खोज्ने प्रयास जारी राखें । साँझको साढे नौ बजेको थियो अझै ट्याक्शी पाउन सकेको थिइन । त्यतिबेला एकजना बाटो हिड्‍ने मान्छेलाई अनुरोध गरेर फोन मागें । भाउजुको सेल फोनमा फोन उठेन । दाइको घरमा फोन गरेको पनि फोन उठेन । हामी झन् हतास भयौं । त्यतिबेला दाइको सेल फोनमा गर्ने बुद्दी भने आएन । हामी त्यस ठाउँमा हराएका थाहा पाएर त्यो मान्छेले हामीलाई निक्कै सहानुभुति जगायो । ठेगाना हेर्न माग्यो तर उसले पनि पत्ता लगाउन सकेन । त्यसपछि इन्तरनेटबाट पत्ता लगाइदिन्छु भनेर उ अघि बढ्यो र हामीलाई पनि सँगै जान अनुरोध गर्यो । हामी चुपचाप पछि लाग्यौं । केहीपर पुगेपछि हामीलाई बाहिर राखेर त्यो मान्छे घरभित्र छिर्यो । हामी त्यो मान्छेको प्रतिक्षा गर्दै बाहिर बस्यौं ।

केहीछिनमा त्यो मान्छे बाहिर आयो तर अभाग्यबश उसको इन्टरनेटमा समस्या भएकोले पत्ता लगाउन सकेन रहेछ । त्यसपछि उसको साथीलाई त्यो ठेगाना पत्ता लगाउनका लागि उसले फोनबाटै अनुरोध गर्यो । दुईजना केटी हराएको छ भन्नेवित्तिकै उताबाट कस्तो केटी, कतिको उमेरको आदिजस्ता प्रश्नहरु आउन थाल्यो । त्यो मान्छेले त्यस्तो समयमा केही प्रश्न नसोध्न र ठेगाना मात्र पत्ता लगाउन अनुरोध गर्यो । हामीभने अमेरिका जस्तो देशमा पनि केटी र केटा भन्ने वित्तिकै मान्छेको सोचाई त्यति साँघुरो हुँदोरहेछ भन्ने बुझेर छक्क पर्यौं । त्यो मान्छेले ठेगाना पत्ता लाइसकेपछि हामीलाई त्यो ठाउँ नजिकै भएकोले ट्याक्शी प्रयोग नगर्न सल्लाह दियो । सोही बमोजिम हामी त्यो मान्छेले दिएको डाइरेक्शन अनुसार अघि बढ्यौं । अलि पर पुगेपछि ट्याक्शी भेटियो, रातको १० बजिसकेकोले नजिकभएपनि ट्याक्शीमै जान उपयुक्त ठान्यौं । ट्याक्शी लिएर घर पुग्यौं ।

घर पुग्दामात्र थाहा भयो भाउजुले मलाई चाबी दिनुभएको थियो, दाइ विनोदले त्यो दिन चाबी बिर्षनुभएछ, भतिज पारुहाङ त्यो दिन फुटबल खेल्नको लागि धेरै टाढा गएको रहेछ । त्यसैले उहाँहरु पनि चाबीको अभावमा दुई घण्टा बाहिर नै बिताउनुभएछ त्यसैले घरको फोन नउठेको रहेछ । हामी धेरै थाकेका थियौं । साथी चन्दा खाना नखाई बेडमा पल्टिन्‌ , म भने खाना खान लागें । खाना खाइसकेपछि म पनि बेडमा लडें ।

त्यतिबेला एउटा फोन आयो दाइले रिसिभ गर्नुभयो । त्यो मान्छेको फोन ररेछ उसले हामी पुग्यौं कि पुगेनौं भनेर फोन गरेको रहेछ दाइले आइपुग्यो भनेपछि त्यो मान्छेले फोन राख्यो । नयाँ ठाउँमा नचिनेको मान्छेले गरेको त्यो सहयोगप्रति हामी धेरै आभारी भयौं । हामी आतेशमा थियौं त्यसैले त्यो मान्छे चिनियाँ हो भन्नेसम्म थाहा भयो अरु कुरो केही थाहा छैन । हामी पुग्यौं कि पुगेनौं भन्नेसम्म त्यो मान्छेलाई चिन्ता लागेछ । त्यो मान्छेको हामीलाई केही थाहा नभएपनि हामी त्यस नयाँ ठाउँमा त्यस्तो समयमा उसले गरेको सहयोग प्रति धेरै आभारी छौं । न्यूयोर्क यात्राको एक दिन घटेको घटना सँधै मलाई ताजा भएर आइरहनेछ । यसघटनामा नाम थाहा नभएको त्यो सहयोगी मान्छे पनि मेरो मनसपटलमा नाँचिरहन्छ ।

Indira Chongbang and Chanda Pun Magar. Photos: eEyeCam

अरु सन्दर्भ कि सम्पादक, प्रकाशक इन्दिरा चोङबाङको न्यूयोर्क शहर घुम्दाको यात्रा संस्मरण क्रमश: प्रकासित हुने छ।

-Indira Chongbang, Kathmandu

Published date: May 14, 2008. Published by www.usnepalonline.com

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस्






तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®