Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल
























































Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस्

कथा:
सम्बन्ध

-इन्दिरा चोङबाङ

आज शनिवार बिदाको दिन भएकोले ड्युटी जानु परेन । विवाह गरेको आज १५ दिन वितेछ तर मैले सोनुलाई खबर गर्नै विर्षेको । सोनुलाई नदेखेको पनि एक वर्ष वितिसक्यो । पोहोर साल म र प्रिया काठमाडौं जाँदा सोनुसँग भेट भएको थियो । उनी भन्दै थिई 'तिमीहरुको विवाहमा त जसरी भएपनि बोलाउ है ल'। मैलै प्रत्तिउत्तरमा भनेको थिए 'तिमी नै बेस्ट फ्रेन्ड भएपछि नबोलाउने त कुरै भएन नी तिमीलाई नबोलाएर कसलाई बोलाउने' ।

उनी काठमाडौंमै बस्छिन् सुन्छु निक्कै व्यस्त छिन् अरे । कस्ति भइन् होला सोनु मोटी, दुब्ली या गोरी यस्तै कौतुहलताले ठाँउ लिन्छ मेरो मनमा । साँझ पर्न आँटेको छ, अहिले नै फोन गरे भने सायद सोनुसँग भेट हुन्छ होला । म दौडिएर फोनरुममा पुग्छु अनि सोनुलाई फोन थिच्छु । उताबाट जवाफ आँउछ 'हेलो कसलाई खोज्नुभाको' प्रतिउत्तरमा म 'सोनु होला ?' 'सोनु त बाथरुम गएकी छे पाँच मिनेटपछि गर्नुहोस न है ।'

म सोनुको इन्तजारमा फोनको नजिकै बसेर घडी हेर्दै पाँच मिनेट बिताउने तरखरमा लाग्छु तर किन किन यो मन मान्दैन त्यसैले घरिघरि मिसकल दिँदै बसिरहन्छु । मिसकल दिनेक्रममा थाहै नपाइ दश मिनेट पो बितिसकेछ अब भने मेरो मन ढुकढुक गर्न थाल्छ । यतिका समयपछि फोन गर्दा सोनुले के सोच्ली तै पनि सामर्थ्य जुटाएर रिडायल गर्छु, उताबाट जवाफ आँउछ 'हेलो निरज तिमी कताबाट यतिलामो समयपछि मलाई त लागेको थियो तिमीले भुलिसक्यौ ।' 'ओहो सोनु आफ्नो साथीलाई पनि कसैले त्यति चाँडो भुल्छ र भुल्ने भए त किन फोन गर्ने थिएँ नी फेरि म तिमीजति निष्ठुरी त कहाँ छु र सोनु ।' मेरो बोलि नसकिदै बोलिन् सोनु 'ए हो र खुशी लाग्यो तिमीले सम्झेकोमा अनि तिमी त व्यस्त छौ भनेर पो त मैले फोन नगरेकी । अनि भनन प्रियाको खबर के छ नी?' 'तिमीलाई सम्झनै नसक्ने गरि त कहाँ व्यस्त छु र सोनु अँ तिमीलाई यही कुरा सुनाउँ भनेर हामीले त बिहे गर्यौ नि ।' मेरो कुरा सुनेर सोनु केही अक्मकिए झै गरिन् 'बधाई छ नयाँ दाम्पत्य जीवनको शुरुवात गरेकोमा ।' उनी अक्मकिएकोले म झस्किए मलाई त्यो दिनको याद आयो जुन दिन सोनुले पनि मलाई यही कुरा सुनाएकी थिई ।

सोनु र मेरो भेट महेन्द्र बहुमुखी क्यामपस धरानमा बि.ए. पढ्दा भएको थियो । हामी एउटै क्लासमा पढे पनि मित्रताको गाँठो भने अन्तिमवर्षमा पुग्दामात्र शुरु भयो । कारण क्याम्पसबाट शैक्षिक भ्रमणका लागि इण्डिया जाने अवसर मिलेको थियो । धेरै साथीको बीचमा सायद हाम्रो सोचाइ र विचार मिलेकोले होला हामी नजिकियौ । नैनितालको बोटिङ हाम्रो लागि माध्यम बन्यो किनकि हामी एउटै बोटमा परेका थियौं । भ्रमणबाट फर्केपछिका क्यापसका दिनहरु झनै रमाइलो भयो । हामी अलिकति ब्रेक भयो कि चिया खाने बाहानामा बाहिर निस्कन्थ्यौं र भ्रमणको रमाइला कुराहरु गर्दै मरिमरि हास्थ्यौं । यसरी हास्न र रमाउनमा अन्य साथीहरु पनि हामीलाई साथ दिइरहन्थे । सोनु र मेरो मित्रता निकै बढेर होला कुनैदिन सोनु क्याम्पस आइन भने मलाई एक्लो महशुस हन्थ्यो त्यसैले म हत्त न पत्त फोन गरिहाल्थें अनि सोनुपनि कुनैदिन म गइन भने त्यसैगरि फोन गरिहाल्थिन्‌ ।

यसरी नै हाम्रो रमरणीय यात्रा चलिरहेको थियो । थाहै नपाई समयले त डाँडाँ काटिसकेछ । हाम्रो क्याम्पसको अन्तिमदिन पनि हामीसामु टुप्लुक्क आइसकेछ । अन्तिम वर्षको परिक्षापछि हाम्रो छुट्ने दिन आयो । हामी त टाढा टाढाबाट अध्ययनका लागि आएका थियौ । त्यसैले पढाइसकेपछि हामीले आफ्नो गन्तब्य लाग्नै पर्ने थियो । मेरो घर जान मलाई एकदिनमात्र लाग्थ्यो त्यो पनि गाडीबाट तर सोनुको गाँउभने निक्कै टाढा थियो हिडेर पनि तीन दिनमामात्र पुगिने । विछोडको पीडाले हामीलाई सताइरहेको थियो ।

हुनपनि यो अवस्मरणीय मिलन पछिको अनिश्चितकालिन बिछोडको बेदनामा हामी डुबुल्किरहेका थियौं किनकि अब हामीलाई थाहा थिएन हाम्रो भेट कहिले हुन्छ भन्ने । सोनु भन्दै थिइ 'निरज नविर्ष है ल म कहाँ फोन नभएपनि चिठी त पठाउ है ।' जबाफमा मैले भनेको थिएँ 'चिन्ता नलेउ सोनु तिम्रो गाँउ जति टाढा भएपनि म तिमीलाई भेट्न आइहाल्छु नि है ।' प्रतिउत्तरमा उनले टाउको हल्लाएकी थिइ । आँखाभित्र ढलपल ढलपल आँसु देखिइरहेको थियो तैपनि उनले लुकाउने प्रयास गर्दै थिई । म पनि भित्रभित्रै विछोडको पीडाले छटपटिरहेको थिएँ। बेदनाहरु भेल बन्न खोजेपनि आफैलाई सम्हाल्ने कोशिश गरिरहें त्यसैले मैले केही पनि भन्न सकिन सोनुलाई त्यो विदाइको अन्तिम क्षणमा । अन्त्यमा एकअर्कालाई कहिल्यै नभुल्ने बाचाका साथ हामी आआफ्नो गन्तब्यतिर लाग्यौं ।

एक महिनापछि सोनुको चिठी आयो उनी त्यहीको विद्यालयमा पढाउन थालिछिन् । म भने घरमा आमा विरामी हुनुभएकोले खासै केही नगरी दिन विताउँदै थिएँ । मैले पनि हत्तन पत्त सोनुको चिठीको जवाफ लेखिहालें । यसरी नै हामीबीच पत्राचारको क्रम जारी भयो । सोनु यति भावुक थिइ कि चिठी पढ्दा मलाई आफै कता कता हराए झै लाग्थ्यो उनले हाम्रो यात्राको बारेमा मात्र होइन एउटी प्रेमिकाले भन्दा बढी भावुक भएर लेख्थिन् । उनको चिठी पढेपछि म पनि त्यसरी नै भावुक हुन थालेछु मेरो लेखाई पनि त्यस्तै हुनथाल्यो । हाम्रो लेखाई र सोचाईबाट लाग्थ्यो हाम्रो सम्बन्ध मित्रतामा मात्र सीमित छैन अब तर मैले सोनुलाई कहिलै पनि तिमीलाई माया गर्छु भन्ने आँट नै गर्न सकिन । तर मलाई लाग्छ उनले मेरो लेखाई र भावबाटनै बुझेको हुनुपर्छ म उनलाई असाध्य माया गर्छु । मैले पनि बुझेको थिए सोनु मलाई चाहान्छे उनी र म बीचको सम्बन्ध मित्रतामा मात्र काफी छैन । सायद उनलाई पनि सामाजिक संस्कारले बाँधेर होला मलाई सिधै आफ्नो मनको कुरा भन्न सकेकी थिइनन् । मैले नभने पनि उनले नभने पनि हामी भावनात्मकरुपबाट अत्यन्त नजिक भइसकेका थियौं किनकि हाम्रो भावनाहरु त्यतातिरै मोडिसकेको थियो । यद्यपि यसले समाजले देख्दै आएको प्रेमको आकार भने ग्रहण गरिसकेको थिएन ।

हाम्रो मित्रता बगिरह्यो धाराप्रवाह हुने पत्राचारले हामी त्यति टाढा छौं भन्ने भाव नै भएन हामीलाई । एकदिन साँझको खानापछि आमाले मलाई बोलाउनुभयो। म आमाको कोठामा पुगें आमा बोल्नुभयो 'छोरा निरज ! अब त तँ पनि ठुलो भइसकिस् बाबु मैले त तेरो लागि केटी पनि खोजिसकेकी छु तेरो विवाहको लागि ।' आमाको कुराले म झस्किएँ मलाई त्यतिबेलै झट्ट सोनुको याद आयो आफैलाई सम्हाल्दै सोधे 'को केटी आमा ?' "प्रिया हो छोरा तेरो लागि त्यही केटीलाई बुहारी बनाउने निधो गरें, मलाई बिश्वास छ छोरा तैले मेरो भावनालाई लत्याउने छैनस् ।' म आमाको कुरा सुनेर दुविधामा परें एकातिर मैले सोनुलाई आफ्नो हृदयमा सजाए पनि भन्न सकेको थिइन तिमीलाई म चाहान्छु, तिमीसँग म जीवन बिताउन चाहन्छु भनेर । फेरि अर्कातिर म कसरी आमालाई चोट पुर्याउँ । म घोरिएको देखेर आमाले फेरि सोध्नुभयो 'भन् छोरा तँ प्रियासँग विहा गर्न राजी छस होइन ?' म के गरुँ, एकातिर सोनु अर्कातिर क्यान्‍सर रोगको शिकार भएर दुइवर्षसम्म मात्र बाँच्ने मेरी आमाको सपना, म धर्मसंकटमा परे । म मेरी सोनुलाई पनि गुमाउन चाहान्न थिएँ भने मेरो कारणले मेरी आमाको बाँच्ने दिन पनि छोट्टयाउन चाहान्न थिएँ । अन्तिममा मैलै साहस बटुलेर भने 'हुन्छ आमा म प्रियासँग विहा गर्ने छु ।' मुटुभरि पीडा बोकेर पनि आमाको खुशीको लागि मैले सोनुलाई गुमाउनै पर्यो धन्य प्रभु मैले सोनुलाई बाचा त दिएको थिइन । प्रिया मेरी सोल्टिनी थिई पहिलेदेखि नै मलाई मन पराउथि तर मेरो ध्यान त्यतातिर जान सकेको थिएन ।

मैले आमाको प्रस्ताव स्वीकारें भन्ने कुरा प्रियाले थाहा पाएर होली मसँग उनी नजिकिन थालीन्‌ । म भने भित्रभित्रै जलिरहेको थिएँ । अन्तिममा यथार्थ ममापनि लागु भयो मेरो र प्रियाबिच सुमधुर सम्बन्ध शुरु भयो । एकदिन मैले सोनुको चिठी पाएँ, रजिष्ट्ररी रहेछ हत्त न पत्त खोलेर पढें । चिठीमा लेखिएको थियो 'निरज वास्तबमा हामी साथीसाथी भन्दाभन्दै निकै अघि नै बढिसकेछौं कि क्या हो मैले त तिमीलाई आफ्नो हृदयमा विराजमान गराइसकेछु । घरबाट विवाहको कुरा चल्न थाल्यो मैले आफुलाई सम्हाल्न सकिन र यो मनको कुरा तिमीलाई लेखिहालेकी ।' चिठी पढिसकेपछि म निकै भाबुक भए । निको हुँदै गरेको घाउ फेरि बल्झिएर आलो बन्यो । अतीतका दिनहरु मेरो मनसपटलमा वर्तमान बनेर सताइरह्यो । आखिर सहनु नै त पर्दो रहेछ मैले जस्तोसुकै पीडा र व्यथा पनि मेरो आमाको सपना साकार पार्नलाई सहिनै बसे तर अफसोच मैले सोनुलाई केहीपनि लेख्न सकिन । म विवश बनें मेरो दिमाग नै खाली भए झै लाग्यो ।

दिनहरु बितिरहे, एकदिन बिहान चिया खाँदै गर्दा फोन आयो । म हत्त न पत्त रिसिभ गर्न गएँ, फोन सोनुको रहेछ मलिन स्वरमा सोनु बोल्दै थिइ 'निरज तिमीले मेरो चिठी पाएनौ ?' प्रत्तिउत्तरमा भने 'छैन त' 'बहाना नबनाउ मेरो त यही सत्रगते विहे हुँदैछ जसरी भए पनि आँउ है मैले सदरमुकामबाट फोन गरेकी ।' यति सुनेपछि मसँग बोल्ने कुनै सामर्थ्य नै भएन । म बोल्न सकिन । आँखाबाट भेल बनेर बेदनाहरु थोपा थोपा गर्दै झर्न थालेछ मलाई त्यो क्षण सपना झै लाग्यो । म नबोलेकोले उनले सोचेछिन् फोनको गढबढी त्यसैले उनी हेलो हेलो गर्दे फोन राखिन् । 'तिमीलाई के थाहा सोनु तिमीले सोचेभन्दा बढी तिमीलाई माया गर्थें' भनेर मनमनै यही कुरा दोहोर्याउँदै फोन राखें । हुनत म उनीसँग बिहे गर्न सक्दिन थिएँ तरपनि आफूले हृदयमा सजाएको व्यक्तिलाई पराइ भएको सहन सकेन यो मनले । त्यसैले अन्जानमै यस्तो भयो ।

ओहो म त फोनमा पो कुरा गरिरहेछु त । सोनु झस्किएकीले म त अतीतमा पो पुगिसकेछु । म निकैबेर चुप रहेकोले सोनु बोलिन् 'अरे निरज के भयो ?' 'ए म त तिमीले भुल्यौ जस्तो लागेर पो हाम्रो क्याम्पसे जीवन सोच्न थालेछु अनि तिमी त फोनपनि गर्दिनौ बिर्शिसक्यौ कि क्या हो ।' प्रतिउत्तरमा सोनुले भनिन्‌- 'हृदयमा सजाएको मान्छेलाई फोन गर्दैमा मात्र सम्झिएको बुझिदैन नी तिमी जहाँ भएपनि मेरो मनको एक कुनामा तिमी छौ भने फोनै गरिरहनुपर्ने आवश्यकता छ र' उनको जवाफ सुनेर लाग्यो 'कति महान् छिन्‌ सोनु, साच्चिनै प्रेम भनेको कसैलाई पाउनु मात्र होइन यो त कैयन् दुरी टाढा रहेपनि जस्तोसुकै परिस्थितिमा पनि सधै मनको एक कुनामा धड्किरहनु पर्छ। वास्तबमा हाम्रो मित्रताको सम्बन्ध यतिमै सिमित भएपनि यो सधै अमर छ सोनु ।' मैले ठट्टाको पारामा भने 'यतिले मात्र प्रमाण पुगेन नी!" समाप्त

-Indira Chongbang, Sanghu, Taplejung, current address: Kathmandu

Photo: eEyeCam

Published date: May 1, 2008. Published by www.usnepalonline.com

Copyrights and acknowledgements:
All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस्

 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®